राप्रपाद्धारा नेताहरुको सम्पत्ति शुद्धीकरण गर्न माग

दमक,२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २०४६ सालपछि सत्तामा पुगेका उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ज्ञापनपत्र बुझाएको छ।

पार्टीले लामो समयदेखि एजेन्डा बनाउँदै आएको यो विषयलाई शुक्रबार औपचारिक रूपमा विभागमा दर्ता गराएको हो।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार हरिहरभवनस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुगेर विभागका महानिर्देशक सुमन दाहाललाई ज्ञापनपत्र बुझाएको प्रवक्ता मोहन श्रेष्ठले बताउनु भयो ।
यसअघि शुक्रबारने राप्रपाले भ्रष्टाचारको छानबिन माग गर्दै अख्तिायरमा पनि ज्ञापनपत्र बुझाएको थियो । देशमा फैलिँदो सबैखाले भ्रष्टाचारको छानबिन र कडा कारबाहीको माग गर्दै शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ज्ञापनपत्र बुझाएको छ । राजधानीमा प्रदर्शनसहित राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा ज्ञापनपत्र बुझाएको हो ।

अख्तियार प्रमुख आयुक्तलाई सम्बोधन गर्दै बुझाइएको ज्ञापनपत्रमा राप्रपाले नेपालमा भ्रष्टाचार महामारीका रूपमा फैलिएको उल्लेख गर्दै भ्रष्टाचारको विरुद्ध ठोस र निष्पक्ष कदम चाल्न माग गरेको छ।
ज्ञापनपत्रमा भनिएको छ, ‘केन्द्र, प्रदेश र स्थानीय तहबीच नै भ्रष्टाचारका लागि प्रतिस्पर्धा चलिरहेको देखिन्छ। अहिले भ्रष्टाचार कहाँ छ भनेर खोज्नु परेन, कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ।’

राप्रपाले विगतमा चर्चामा आएका सुडान घोटाला, ललिता निवास, वाइड बडी विमान खरिद, ओम्नी समूहसँगको स्वास्थ्य सामग्री खरिद, एनसेल कर छलीलगायतका ठुला भ्रष्टाचार प्रकरणमा प्रभावकारी अनुसन्धान नहुँदा आयोगको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको बताएको छ।

ज्ञापनपत्रमा, ‘राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता बिना यस्ता ठुला भ्रष्टाचारहरू कर्मचारी संयन्त्रबाट मात्र हुन सक्दैन। भ्रष्टाचारको मूल जरो नै राजनीतिक तह हो, त्यसैले राजनीतिक नेतृत्वलाई छानबिन र कारबाहीको दायरामा ल्याउनुपर्छ भर्ने भनिएको छ।

राप्रपाले हालैको नक्कली भुटानी शरणार्थी काण्ड, सहकारी ठगी प्रकरण, निर्माण सामग्रीको मूल्यवृद्धि, भिजिट भिसा दुरुपयोग र मन्त्रीहरूको अडियो प्रकरणजस्ता घटनाले नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा बदनाम बनाएको आरोप लगाएको छ।

ज्ञापनपत्रमार्फत पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मणिपाल मेडिकल कलेज, चिनियाँ विमान खरिद, कृषि अनुदान दुरुपयोगलगायतका ठुला काण्डमा भइरहेको ढिलासुस्तीप्रति पनि गम्भीर ध्यानाकर्षण गराइएको छ।

राप्रपाले सबै नयाँ तथा पुराना भ्रष्टाचार प्रकरणमा पुनः र व्यापक छानबिन गर्न र दोषी राजनीतिक नेतृत्वलाई उन्मुक्ति नदिन आयोगसँग माग गरेको बताइएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।