दमक, ३ साउन । भट्टराई कुल बंश प्रतिष्ठान बशिष्ठ आश्रम दमक ४ झापाको केन्द्रिय कार्यालयमा कार्यरत कार्यालय सचिब दिपेन्द्र भट्टराईको ईच्छामरण प्रकरणमा बिभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति प्रतिष्ठानले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रतिष्ठानको केन्द्रिय कार्यालय दमक ४ मा शनिबार बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिष्ठानले यस बिषयमा सम्प्रेषित समाचारप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । प्रतिष्ठानले एक प्रेस बिज्ञप्ती समेत जारी गरि सरोकारवाला पक्षलाई बेवास्था गरिएको समेत उल्लेख गरेको छ । पत्रकार सम्मेलनमा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष दुर्गा प्रसाद भट्टराईले बिभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारको खण्डन समेत गर्नुभएको छ ।
पत्रकार सम्मेलनका क्रममा अध्यक्ष भट्टराईले यस अघि प्रकाशित समाचारबाट भ्रममा नपर्न र सचेत रहन पनि सबैलाई आग्रह गर्नुभएको छ । पत्रकार सम्मेलनमा जारी गरिएको बिज्ञप्तीमा मृतकले लेखेको सुसाईड नोट समेत सार्वजनिक गरिएको थियो । प्रतिष्ठानले सार्वजनिक गरेको सुसाईड नोटमा “मेरो भन्नु केहि छैन घरायसी समस्या आयो मैले मिलाउन सकिन अल बिदा सबैमा” । भनेर लेखिएको पाईएको छ ।








