दमकका गल्ली र बजारमा फैलिएको छ एक नयाँ स्वाद — कफी

दमक,३ साउन । एक समय चिया पसलमै सीमित हुन्थ्यो युवाहरुको भेटघाट र गफगाफ । तर अहिले, दमकका गल्ली र बजारमा फैलिएको छ एक नयाँ स्वाद — कफी । चाहे कामको थकान मेट्ने बहाना होस् वा साथीहरुसँग समय बिताउँने स्थान, कफी सपहरू युवादेखि वृद्धसम्मको रोजाइ बन्दै गएका छन् ।

व्यवसायको शिलशिलामा कफीमै आफ्नो भविष्य देखेर झापा बिर्तामोडका राम तिवारीले दमकमा आएर कफि व्यवसाय सुरु गर्नुभयो । थर्ड होम कफि सप नाम दिएर उहाँले कफी व्यवसाय सञ्चालन गरिरहनुभएको छ । आफु आईटि क्षेत्रको बिद्यार्थी भएपनि एक दशक भन्दा बढि समय बैदेशिक रोजगारीमा रहदा कफी व्यवसायको अनुभब बटुलेपछि दमकमा कफ व्यवसाय सुरु गरेको उहाँको भनाइ छ ।

राम तिवारी मात्र होईन, दमककै अर्का कफी व्यवसायी बिमल तामाङ पछिल्लो समयमा कफी संस्कृती एकदमै बढेकोले व्यावसाय पनि राम्रो भईरहेको बताउनुहुन्छ । नेपालमा कफी व्यवसायको राम्रो संभाबना देखेपछि उहाँले पनि दमकमा माई क्याफे नाम दिएर कफि व्यवसाय सञ्चालन गरिरहनुभएको छ ।

कफी सप सञ्चालनले युवाहरूलाई रोजगारी सिर्जना मात्र होइन, उद्यमशीलताको प्रेरणासमेत दिएको छ । कफीमा स्वाद मात्र होइन, त्यसको स्रोतप्रति पनि ग्राहक चासो राख्न थालेका छन । केही कफी सपहरूले अब स्थानीय नेपाली अर्गानिक कफी (जस्तै इलाम वा गुल्मीबाट आएको) प्रयोग गर्न थालेका छन । यसले स्वदेशी उत्पादनको प्रवर्धनसँगै उपभोक्तामा सचेतना पनि ल्याइरहेको बताउनुहुन्छ दमक बहुमुखी क्याम्पसका प्राध्यापक प्रभात शिवाकोटी । अहिलेका पुस्तामा कफि कल्चरको बिकास भएको उहाँको भनाइ छ ।

दमकमा १५ देखि २० वटा सम्मको संख्यामा दर्ता गरेर यस्ता क्याफेहरु सञ्चालनमा रहेको बताँउनु हुन्छ दमक नगरपालिकाको राजश्व शाखाका प्रमुख डम्बर राज बराल । धेरै लगानि गरि सञ्चालन भएको क बर्ग र थोरै लगानीमा सुरु भएकालाई ख बर्ग गरि क्याफेलाइ दुई बर्गमा बर्गिकरण गरिएको छ । आर्थिक ऐन अनुसार बार्षिक रुपमा क वर्गले ७००० र ख बर्गले ५००० औषतमा कर तिर्ने गरेको बरालले जानकारी दिनुभयो ।

 

कफी संस्कृतिको विस्तारले दमकको शहरी स्वरूपलाई नयाँ आयाम दिएको छ । स्वादको आनन्दसँगै जीवनशैलीमा आएको परिवर्तन, युवा जमातको चेतनास्तरमा भएको बृद्धि र उद्यमशीलतामा देखिएको उछालले यो क्रम भविष्यमा अझ विस्तार हुने देखिन्छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वन फँडानी र अतिक्रमण रोक्न सकिएला?

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ

इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु

सुनसरी ,५ असोज । सुनसरीको इटहरी उपमहानगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमबार इटहरी–१० संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा मेसिन चलाउने

झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

काठमाडौँ ,५ असोज। झापाका सबै स्थानीय तहमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु भएको छ। अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई