धनीपुर्जाको आशामाथि तुषारापात

दमक १ को नमुना बस्तीको अधुरो सपना

दमक,४ साउन / झापाको दमकमा केही वर्षअघि सुकुम्बासीहरुलाई व्यवस्थित बसोबास गराउने भन्दै वडा नम्बर १ मा नमुना बस्ती निर्माण गरियो । बस्ती निर्माण भएसँगै केही परिवारलाई त्यँहा स्थानान्तरण पनि गरियो ।

 

बस्ती हेर्दा सुन्दर देखिन्छ तर सो बस्तीमा बसोबास गरिरहेकाहरुको पीडा भने कम छैन । उनहरुले घर त पाए तर समय बित्दै जाँदा यस अघिका आश्वासन भने आश्वासनमै सीमित भए । अर्थात, जग्गाको लालपुर्जा पाउने आशा बोकेका उनीहरु अहिले निराश छन् ।

 

 

त्यँहा बसोबास गर्नेहरुको मुहारमा बाहिरी हाँसो छ तर, भित्र भने उनीहरुमा पीडै पीडा छ । नमूना बस्तीमा बिगत ६ बर्षदेखि बसोबास गरिरहनुभएकी कमला रणपहेँलीलाई घर पाएकोमा खुसी त लागेकै छ तर, त्यो भन्दा बढी दुःख चाँहि सरकारले त्यसबेला दिएको आश्वासन सम्झदा लाग्ने गरेको छ । त्यहाँ स्थानान्तरण भएर आउँदा घरसँगै घर भएको स्थानको लालपुर्जा पनि पाइँने आश्वासन उहाँलाई पनि बाँढिएको थियो । तर, व्यवहारमा भने त्यो भएन । अहिलेपनि उहाँ र उहाँजस्तै सो बस्तीमा बसेकाहरु निराश रहेको उहाँ सुनाउनुहुन्छ ।

कमला रणपहेली मात्र होइन सोहि ठाँउ बस्ने माया दासको निराशा पनि उस्तै छ । धनीपुर्जा पाउने आशा बोकेर बसेपनि अहिलेसम्म जग्गाको निस्सा समेत नपाउँदा आफुहरु दुखी रहेको उहाँको पनि गुुनासो छ ।

 

नेपालको संविधानमै गाँस, बास र कपास आधारभूत आवश्यकता परिपूर्ति गरिने कुरा उल्लेख गरेको छ । तर, अहिलेपनि नेपालमा आफ्नो आधारभूत आवश्यकता पुरा गर्न नसक्नेहरु समस्यामै छन् । झुप्रा तथा टिनका घर र पोखिएका सपना मात्रै होइन, दमकसहित अन्यत्रका नमूना बस्तीभित्र पनि इच्छाशक्ती छ, श्रमशक्ती छ र सामाजिक रुपान्तरणको संभाबना पनि उनीहरुले बोकेका छन् । राज्यका तीनै तहका सरकारले पनि यदि उनीहरुलाई साथ दिने हो भने दमकको मात्र होइन अन्यत्रका यस्ता नमूना बस्ती साच्चैको नमूना बन्न सक्छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वन फँडानी र अतिक्रमण रोक्न सकिएला?

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ

इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु

सुनसरी ,५ असोज । सुनसरीको इटहरी उपमहानगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमबार इटहरी–१० संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा मेसिन चलाउने

झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

काठमाडौँ ,५ असोज। झापाका सबै स्थानीय तहमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु भएको छ। अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई