प्रतिकिलो ११०० रुपैयाँ कायम

प्रतिकिलो १०० रुपैयाँले बढ्यो घिउको मूल्य

ghee

 

 

काठमाडौं । निजी क्षेत्रका दुग्ध प्रशोधन र बिक्री गर्ने डेरी उद्योगहरुले सबै प्रकारका दूध र दुग्धजन्य पदार्थको मूल्य वृद्धि गरेका छन् ।

गत शुक्रबार स्ट्याण्डर्ड दूधको मूल्य बढाउने घोषणा गरेका उनीहरुले कच्चा दूधको मूल्य बढेको भन्दै सबै दुग्ध पदार्थको मूल्य बढाएका हुन् ।

बढेको नयाँ मूल्यअनुसार विभिन्न प्रकारका प्रशोधित दूधको मूल्य लिटरमा कम्तीमा १० देखि बढीमा २० रुपैयाँसम्म बढेको छ भने पनिर, घिउ, दहीको उपभोक्ता मूल्य किलोमा ५० देखि १०० रुपैयाँसम्मले वृद्धि भएको डेरी उद्योग संघ र नेपाल डेर एसोसिएसनले जनाएका छन् ।

फागुन १ गतेदेखि स्ट्याण्डर्ड दूधको मूल्य लिटरमा ७६ बाट बढेर ८६ रुपैयाँ लिटर पुगेको छ । यस्तै गाईको दूधको मूल्य ९० रुपैयाँबाट बढेर १०४ रुपैयाँ पुर्‍याइएको छ भने खुल्ला प्याकेटको दूधको मूल्य लिटरमा २० रुपैयाँसम्मले वृद्धि गरिएको छ ।

गाई र भैंसीको भन्दै लिटरमा ९५ देखि एक सय रुपैयाँसम्ममा बिक्री हुने यस्तो दूधको मूल्य अहिले कम्तीमा ११५ देखि १२० रुपैयाँसम्म लिटरमा पुगेको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले जानकारी दिए ।

यस्तै दूधको मूल्यसँगै डेरी उद्योगहरुले दहीको मूल्य पनि लिटरमा १० रुपैयाँ बढाएका छन् । यसअघि लिटरमा १४० रुपैयाँमा पाइने पाउच दहीको मूल्य अब कम्तीमा १५० रुपैयाँ पुगेको छ । यस्तै कन्टेनर दहीको एका थरिको मूल्य लिटरमा १६५ र अर्को थरिको मूल्य १७० रुपैयाँ तोकिएको छ ।

निजी डेरी उद्योगहरुले कपमा पाइने दहीको मूल्य पनि ४० रुपैयाँ पुर्‍याएका छन् । पनिरको मूल्य किलोमा ८० रुपैयाँले बढाएर ८३० रुपैयाँ किलो पुर्‍याइएको छ भने घिउको मूल्य पनि किलोमा १०० रुपैयाँले बढाएर प्रतिकिलो ११०० रुपैयाँ कायम गरिएको छ ।

हेर्नुहोस् मूल्य सूचीः

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन