विकासमा बेथिती

७ करोडको लगानीमा बनेको दमकको शहीद वनवाटिका अलपत्र

राज्य र स्थानीय निकायले गम्भीरता देखाएमा, यहाँको वन र संरचनालाई पर्यटकीय गन्तव्यको रुपमा पुनर्जीवित गर्न सम्भव

दमक, ९ साउन । दमक नगरपालिका–२ मा रहेको हम्से दुम्से सामुदायिक वनभित्र करोडौँको लगानीमा निर्माण गरिएको वनवाटिका अहिले लागूपदार्थ दुर्व्यसनीहरूको ‘सेफ जोन’ बनेको छ। राज्यको ७ करोडभन्दा बढी बजेट खर्चेर बनाइएको संरचना संरक्षणको अभावमा भत्किन थालेको छ भने पोखरी कासघारीले पुरिएको छ। गुरु योजना भने फाइलमै गुम्सिएको छ।

 

बेलडाँगी पुग्नु अघि देखिने आकर्षक गेटबाट प्रवेश गर्दा टायल बिछ्याइएको बाटोले वनवाटिकाको सुरुआत हुन्छ। आकर्षक संरचना, कंक्रीट बाटो, पर्खाल र गेटसहितको पूर्वाधारले आशा जगाउँछ — तर केही मिटर अघि बढेपछि ती सबै सपना भत्किन्छन्। डिलमुनि खनिएको भव्य पोखरी अहिले पानीविहीन छ, कासघारीले पुरिएको छ। संरचना प्रयोगमा नआएको वर्षौं बित्दा भत्किन थालेको छ — कतै इँटा उखेलेका छन्, कतै प्लास्टर झरेका छन्।

 

वनवाटिकाको यो दुर्दशामाथि प्रश्न उठिरहेको छ — किन र कसरी यस्तो भयो?

गुरु योजना हरायो, लागूपदार्थ प्रयोगकर्ताको ‘सेफ जोन’ देखिएको

दमक नगरपालिकाले यो क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजनासहित वार्षिक कार्यक्रममै समावेश गर्दै आएको हो। तर, कार्यान्वयन शून्य छ। स्थानीयको भनाइ छ — “पर्यटक होइन, लागूपदार्थ सेवनकर्ता सुरक्षित रूपमा आउने गन्तव्य बनेको छ यहाँ।”

 

 

राज्यको करोडौं लगानीका संरचना बेवारिसे बनेको, प्रयोग नभएको, संरक्षणको कुनै पहल नभएको देखिँदा भ्रष्टाचारको आंशका झनै बलियो हुन्छ। “संरचना बनाउने, छाड्ने, फेरि मर्मतको नाममा बजेट खपत गर्ने — यो चक्र भने स्थायी देखिन्छ,” स्थानीय एक अगुवाले भने।

समन्वयनै भएन : वन समिति

हम्से दुम्से सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष चन्द्र प्रसाद गुरागाईं वनसँग कुनै समन्वय नगरी निर्माण भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुहुन्छ। “हामीले यो क्षेत्रलाई पर्यटनसँग जोडेर अगाडि बढाउने योजना बनाएका छौँ। पाँचौँ संशोधनमा यसलाई प्राथमिकतामा राखेका छौँ। जो सँग संस्था वा समूहले सञ्चालन गर्न चाहन्छ, हामी तयार छौँ,” उहाँले भन्नुभयो।

 

तर दमक नगरपालिका भने फरक धारणा राख्छ। नगरको योजना शाखा इन्जिनियर अनन्त सेनेहाङका अनुसार संरचना सामुदायिक वनकै माग र प्रस्तावमा बनेका हुन्। “वनकै योजना अनुसार नगर र अन्य निकायबाट बजेट ल्याएर बनाइएको हो,” उनले बताए।

विकासको नाममा लापरबाही?

 

करीब ५ हेक्टर क्षेत्रफल ओगटिएको यो वनवाटिका दमकका लागि सम्भावनायुक्त गन्तव्य हो। तर नेतृत्व तहको ध्यान अभाव, उपयोग योजना नहुनु र समन्वयको चरम अभावले यसलाई बिस्तारै ‘खण्डहर पार्क’ मा परिणत गर्दैछ।

 

दमकका बासिन्दा अहिले पनि घुम्न बाहिरी पार्क, डुल्न टाढाका ठाउँ खोज्न बाध्य छन्। आफ्‌नै नगरभित्र रहेको यस्तो सम्भावनायुक्त संरचना भने माटोमा मिल्ने अवस्थामा पुगिसकेको छ।

 

अब पनि राज्य र स्थानीय निकायले गम्भीरता देखाएमा, यहाँको वन र संरचनालाई पर्यटकीय गन्तव्यको रुपमा पुनर्जीवित गर्न सम्भव छ। तर यदि यथास्थितिकै निरन्तरता भयो भने, यो ७ करोडको लगानीसँगै एक थुप्रो अवसर पनि हराउनेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नर्सहरुमा नैरास्यता, देशभीत्र अवसर र सम्मान छैन अनी नविदेशीएर के गर्ने ?

दमक, १४ कार्तिक । नर्स स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्ड हुन्। अस्पतालमा बिरामीको हेरचाह, उपचारमा सहयोग, औषधि व्यवस्थापन लागायेत हरेक कार्यमा नर्सको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।

डुबान दमकको बसपार्क, यसले निकास पाउँदैन ?

दमक, १४ कार्तिक । दमक बसपार्क झापा जिल्लाको दमक नगरपालिकामा अवस्थित एक प्रमुख यातायात केन्द्र हो। यो बसपार्क पूर्वी नेपालका विभिन्न जिल्ला तथा प्रदेशहरूलाई जोड्ने

बिर्तामोडमा नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ

झापा,१४ कार्तिक । गोप्य सूचनाको आधारमा प्रहरीले बिर्तामोड नगरपालिका–४ पश्चिम बस स्ट्यान्ड छेउको एउटा डेरामा छापा मार्दै नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

नेपाललाई पायल्स फ्रि देश बनाउने अभियान चलाँउदै एन्जल फाउन्डेशन

दमक,१४ कार्तिक । नेपालमा रहेका अधिकांश मानिसहरु अहिले पायल्स,फिसर,फ्रिस्टुला जस्ता रोगहरुबाट ग्रषित छन् । यस खाले रोगहरु ढिला पत्ता लाग्ने र गोप्य ठाउँहरुमा हुने भएकाले

विद्युत आपूर्तिबन्दले उद्योग संकटमा, कोशीका मुख्यमन्त्री कार्कीको ध्यानकर्षण

  दमक, १३ कार्तिक । नेपाल विद्युत प्राधिकरणद्वारा विद्युत आपूर्ति बन्द गरिँदा कोशी प्रदेशका विभिन्न उद्योगहरू प्रभावित बनेका छन्। यसले स्थानीय रोजगारीदेखि समग्र अर्थतन्त्रमा असर

चक्रवात ‘मोन्था’ को प्रभाव : २ दिन सर्‍यो झापा महिला गोल्डकप

बिर्तामोड,  १४ कात्तिक । भोलि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ ।