विकासमा बेथिती

७ करोडको लगानीमा बनेको दमकको शहीद वनवाटिका अलपत्र

राज्य र स्थानीय निकायले गम्भीरता देखाएमा, यहाँको वन र संरचनालाई पर्यटकीय गन्तव्यको रुपमा पुनर्जीवित गर्न सम्भव

दमक, ९ साउन । दमक नगरपालिका–२ मा रहेको हम्से दुम्से सामुदायिक वनभित्र करोडौँको लगानीमा निर्माण गरिएको वनवाटिका अहिले लागूपदार्थ दुर्व्यसनीहरूको ‘सेफ जोन’ बनेको छ। राज्यको ७ करोडभन्दा बढी बजेट खर्चेर बनाइएको संरचना संरक्षणको अभावमा भत्किन थालेको छ भने पोखरी कासघारीले पुरिएको छ। गुरु योजना भने फाइलमै गुम्सिएको छ।

 

बेलडाँगी पुग्नु अघि देखिने आकर्षक गेटबाट प्रवेश गर्दा टायल बिछ्याइएको बाटोले वनवाटिकाको सुरुआत हुन्छ। आकर्षक संरचना, कंक्रीट बाटो, पर्खाल र गेटसहितको पूर्वाधारले आशा जगाउँछ — तर केही मिटर अघि बढेपछि ती सबै सपना भत्किन्छन्। डिलमुनि खनिएको भव्य पोखरी अहिले पानीविहीन छ, कासघारीले पुरिएको छ। संरचना प्रयोगमा नआएको वर्षौं बित्दा भत्किन थालेको छ — कतै इँटा उखेलेका छन्, कतै प्लास्टर झरेका छन्।

 

वनवाटिकाको यो दुर्दशामाथि प्रश्न उठिरहेको छ — किन र कसरी यस्तो भयो?

गुरु योजना हरायो, लागूपदार्थ प्रयोगकर्ताको ‘सेफ जोन’ देखिएको

दमक नगरपालिकाले यो क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजनासहित वार्षिक कार्यक्रममै समावेश गर्दै आएको हो। तर, कार्यान्वयन शून्य छ। स्थानीयको भनाइ छ — “पर्यटक होइन, लागूपदार्थ सेवनकर्ता सुरक्षित रूपमा आउने गन्तव्य बनेको छ यहाँ।”

 

 

राज्यको करोडौं लगानीका संरचना बेवारिसे बनेको, प्रयोग नभएको, संरक्षणको कुनै पहल नभएको देखिँदा भ्रष्टाचारको आंशका झनै बलियो हुन्छ। “संरचना बनाउने, छाड्ने, फेरि मर्मतको नाममा बजेट खपत गर्ने — यो चक्र भने स्थायी देखिन्छ,” स्थानीय एक अगुवाले भने।

समन्वयनै भएन : वन समिति

हम्से दुम्से सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष चन्द्र प्रसाद गुरागाईं वनसँग कुनै समन्वय नगरी निर्माण भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुहुन्छ। “हामीले यो क्षेत्रलाई पर्यटनसँग जोडेर अगाडि बढाउने योजना बनाएका छौँ। पाँचौँ संशोधनमा यसलाई प्राथमिकतामा राखेका छौँ। जो सँग संस्था वा समूहले सञ्चालन गर्न चाहन्छ, हामी तयार छौँ,” उहाँले भन्नुभयो।

 

तर दमक नगरपालिका भने फरक धारणा राख्छ। नगरको योजना शाखा इन्जिनियर अनन्त सेनेहाङका अनुसार संरचना सामुदायिक वनकै माग र प्रस्तावमा बनेका हुन्। “वनकै योजना अनुसार नगर र अन्य निकायबाट बजेट ल्याएर बनाइएको हो,” उनले बताए।

विकासको नाममा लापरबाही?

 

करीब ५ हेक्टर क्षेत्रफल ओगटिएको यो वनवाटिका दमकका लागि सम्भावनायुक्त गन्तव्य हो। तर नेतृत्व तहको ध्यान अभाव, उपयोग योजना नहुनु र समन्वयको चरम अभावले यसलाई बिस्तारै ‘खण्डहर पार्क’ मा परिणत गर्दैछ।

 

दमकका बासिन्दा अहिले पनि घुम्न बाहिरी पार्क, डुल्न टाढाका ठाउँ खोज्न बाध्य छन्। आफ्‌नै नगरभित्र रहेको यस्तो सम्भावनायुक्त संरचना भने माटोमा मिल्ने अवस्थामा पुगिसकेको छ।

 

अब पनि राज्य र स्थानीय निकायले गम्भीरता देखाएमा, यहाँको वन र संरचनालाई पर्यटकीय गन्तव्यको रुपमा पुनर्जीवित गर्न सम्भव छ। तर यदि यथास्थितिकै निरन्तरता भयो भने, यो ७ करोडको लगानीसँगै एक थुप्रो अवसर पनि हराउनेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,