दमक, १० साउन । दमकस्थित रतुवा नदीको किनारमा अहिले बृक्षरोपण गर्ने क्रम बढिरहेको छ । यहाँ गरिने बृक्षरोपणले नदी
तटिय क्षेत्रको माटो बलियो बनाउँछ र यस क्षेत्रको आकर्षण र वातावरण संरक्षणमा समेत मद्यत गर्छ भन्ने सोच राखिएको हुन्छ । तर यस क्षेत्रमा बृक्षरोपण गर्ने ठाउँको अभाव भएपछि हुर्कीसकेका विरुवाको छेउमै अन्य बिरुवाको बृक्षरोपण गरिएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत दमक र कमल जोड्ने रतुवा नदीको पुल । यो पुलको उत्तर तर्फ वार्ड नं सात पर्छ । रेडक्रस तथा दमक उद्योग वाणिज्य सघंको पछाडी पट्टिको रतुवा नदीको किनार अहिले आकर्षक बनेको छ । कुनैबेला यहाँ भूमिहिन तथा सुकुम्बासीहरुको बसोबास रहेको थियो । त्यसलाई व्यवस्थापन गरेर अहिले यहाँ सुरक्षीत तटबन्ध निर्माण गरिएको छ । यसरी बनाइएको तटबन्धको सिरानमा
लकिङ टायल लगाइएको छ । टायल लगाएर खाली रहेको छेउ छेउमा बृक्षरोपण निरन्तर हुने गरेको छ ।तर यहाँ गरिने बृक्षरोपणको व्यवस्थापन भने कसैले गरेको देखिदैन । केहि समय अघिमात्रै यही ठाउँमा होलसेल व्यवसायी संघ दमकले २ सय भन्दा बढि बृक्षरोपण गरेको थियो ।
शनिबार फेरी यही ठाउँमा रोटरी र रोट्र्याक क्लवको आयोजना तथा दमकका बिभिन्न सकृय सामाजिक संघस्थाहरुको संयूक्त समर्थन तथा उपस्थितीमा २ सय ४० वटा बृक्षरोपण गरियो । होलसेल व्यवसायी संघले यहाँ बृक्षरोपण गर्नुअघीपनि अन्य धेरै संघ सस्थाहरुले यस ठाउँमा बृक्षरोपण गरिसकेका थिए । जसको सुरक्षाका लागि तारजाली समेत लगाएर सुरक्षितसाथ राखिएको थियो ।
तर त्यो तारजालीमै टसाएर र भर्खरै अर्को सस्थाले गरेको बृक्षरोपण समेतलाई प्रभाव पार्ने गरि दमकमा बृक्षरोपण गरियो । यो कार्यक्रमको आयोजक रोटरी र रोट्रयाक भएपनि यसको सहयोगी सस्थहरुमा पहिलो पाईला नोपल, जीवनचक्र समाज , डिभिजन वन कार्यालय भिलझिले नर्सरी, दमक नगरपालिका वडानं ७ र दमक नगरपालिकाको कार्यालय रहेका थीए । औपचारीक कार्यक्रमको समापनमा बोल्दै रोटरी क्लव अफ दमकका अध्यक्ष केशव अग्रवालले यहाँ रोपीएका विरुवा रोप्ने मात्रै नभएर संरक्षणमा पनि लाग्ने प्रतिवद्धता जनाउनु भयो ।
रोटरी स्थापना भएको अहिले १२० वर्ष पुरा भएको छ । यसै सन्दर्भमा त्यसको ठीक दोव्वर २ सय ४० वटा बृक्षरोपण गरिएको गरिएको यस कार्यक्रमका संयोजक सन्दिप दिपु चापागाईले जानकारी दिनुभयो । कार्यक्रममा दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रमुख अतिथी रहनु भएको थियो भने कार्यक्रमको सञ्चालन रोटरीकी सचिव अम्बिका न्यौपाले गर्नु भएको थियो ।
कार्यक्रमा यसरी सहभागीता जनाइदिनु भएको भन्दै रोट्रयाक दमकमका अध्यक्ष दिवाकर पन्चकोटीले आभार व्यक्त गर्नु भएको थियो । आज रोटरीले देशभरबाट यही ढंगले बृक्षरोपण गरि ५० हजार भन्दा बढि बृक्षरोपण गरेको पनि जनाइएको छ ।










