गर्मीमा ‘मेक अप’ छालाको सुरक्षा र सौन्दर्य जोगाउने उपाय

दमक, १० साउन । मेकअप भनेको अनुहारलाई सौन्दर्यपूर्ण देखाउने कला हो ,अहिलेको आधुनीक समयमा जसले व्यक्तिको रूपरंगलाई थप आकर्षक बनाउन सहयोग गर्छ । यसको प्रयोग दैनिक जीवनमा विशेषत महिलाहरुले गर्ने र्गछन् । मेक अप केवल सुन्दरता मात्र होइन, आत्मविश्वासको प्रतीक पनि हो ,तर मौसमसँग मेल खाने तरिकाको प्रयोग गर्नु धेरै आवश्यक छ। सौन्दर्य विशेषज्ञहरूले गर्मी महिनामा मेकअप टिकाउने तरिकाबारेमा सुझाव दिएका छन् ।

अहिलेको आधुनिक समयमा बाल बच्चा देखी वृद्धा सम्म सबैलाइ मेकपको आवश्यक पर्ने र मनपराउने गर्छन् ।गर्मीको समयमा पसिना धेरै आँउने भएकोले वाटर प्रुफ मेकअप गर्न सकिने बताँउनु हुन्छ पार्लर क्षेत्रमा सकृय व्यूटिसियन तथा कृषा ब्युटी पार्लर दमक ५की सञ्चालीका कृष्ण कुमारी पोखरेल । गर्मीको समयमा आफनो छालालाई सुरक्षीत गर्न सन ब्लक ,क्लिजीङ ,फेसियल साथै होम क्येर अपनाउन सकिन्छ । गर्मीको समयमा मेकअप सुरक्षीत राख्न आफनो छाला अनुसारको मेकअप प्रोडक्ट प्रयोग गर्न उहाँ सुझाव दिनुहुन्छ ।

कृष्ण कुमारी मात्र होइन याक्युम्बा ढाका एण्ड पार्लरकी सञ्चालीका सरिता खापुङको पनि गर्मिको समयमा मेकप नजाओस भनेर वाटार प्रुफ मेकअप गर्न सल्लाह दिनु हुन्छ। आफनो छाला सुरक्षीत गर्न दैनिक रुपमा आफनो स्कीन अनुसार टोनर, सिरम, मस्टराइजर, प्राइमर आदि चाँही अनिवार्य रुपमा प्रयोग गर्न सकिने र गर्मीको समयमा मेकप सुरक्षीत राख्न सेटीङ स्प्रे लगाउन पनि सल्लाह दिनु हुन्छ ।

 

दमकमै रहेको अर्को ग्लोरि ब्युटी पार्लर एण्ड एकेडेमी तथा द ब्युटी वल्डमा लामो समय देखी काम गर्दै आँउनु भएकी आर्जु थापा भन्नु हुन्छ, गर्मीको समयमा वाटार पुर्व मेकअप गर्दा मेकप बिग्रदैन । साथै मेकअप गर्दा आफनो छाला सुरक्षीत राख्न धेरै उपाय अपनाउन सकिन्छ । उहाँले मस्टराइजर प्रइमर र सेटीङ स्पे्र लगाउदा छालामा समस्या नआँउने बताँउनु भयो ।

 

गर्मीको मौसममा सौन्दर्य संरक्षण चुनौतीपूर्ण भए पनि, सही तरिका अपनाएर मेकअपलाइ लामो समयसम्म टिकाउन सकिन्छ । गर्मी मौसमको समयसँगै मेकअप गर्न मनपराउनेहरूले मेकअपको शैली पनि परिर्वतन गर्न उतिनै आवश्यक हुन्छ। गर्मीमा हल्का, टिकाउ र छालालाई सहज हुने मेकअप गर्न धेरै आवश्यक र्पछ । गर्मीको समयलाई सामना गर्दै सौन्दर्य र स्वास्थ्य दुवैलाई सन्तुलनमा राख्न आजैदेखि सचेत बन्न आवश्यक र्पदछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वन फँडानी र अतिक्रमण रोक्न सकिएला?

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ

इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु

सुनसरी ,५ असोज । सुनसरीको इटहरी उपमहानगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमबार इटहरी–१० संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा मेसिन चलाउने

झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

काठमाडौँ ,५ असोज। झापाका सबै स्थानीय तहमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु भएको छ। अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई