कौसीमै हरियाली

कौसी खेतीले ल्यायो बजारमै हरित क्रान्ति

यस्ता साना तर स्वावलम्बी प्रयत्नहरूले आत्मनिर्भर जीवनशैलीलाई अझ मजबुत बनाइरहेको

दमक, १५ साउन | जहाँ इच्छा हुन्छ, त्यही बाटो खुल्छ भन्ने भनाइलाई दमक नगरपालिका–६ का स्थानीयवासीले आफ्नो जीवनशैलीमै उतारेका छन्। घरको कौसीलाई हरियालीले भरिएको उत्पादन केन्द्र बनाउँदै उनीहरूले देखाएका छन्—शहरी परिवेशमा पनि कृषि सम्भव छ, यदि इच्छा र सिप दुवै भए।

 

 

आर्थिक वर्ष २०८०/८१ मा दमक नगरपालिका–६ वडाले आयोजना गरेको “कौसी खेती तालिम” आज नतिजामुखी बनेको छ। तालिममा सहभागी स्थानीयहरूले गमला, बोरा, प्लास्टिकका ड्रम, काठका बाकसहरूमा भिन्डी, करेला, टमाटर, पुदिना, कागती जस्ता तरकारी र फलफूल उत्पादन गरिरहेका छन्। यसरी घरको कौसीबाटै सुलभ, ताजा, रासायनिकमुक्त अन्नपात उत्पादन भइरहेको छ।

 

यहाको शान्तीनगर टोलका वेदबहादुर विष्ट पहिले देखि नै कौसीमा खेती गर्नुहुन्थ्यो । तर तालिमपछि उहाको सीपमा नयाँपन थपिएको छ। उहा भन्नू हुन्छ , “सानो परिवारका लागि त कौसीबाट फल्ने तरकारीले नै पुग्छ। बजार जानु परेन, ताजा पनि पाइन्छ।”उहाको कौसीमा भिन्डी, करेला, पुदिना, कागती जस्ता तरकारीले हरियाली फैलिएको छ। यस्ता साना तर स्वावलम्बी प्रयत्नहरूले आत्मनिर्भर जीवनशैलीलाई अझ मजबुत बनाइरहेको उहाँ सुनाउनुहुन्छ ।

 

 

 

यस्तै अर्का स्थानीय बलबहादुर थापा कौसी खेतीसँगै जैविक मल उत्पादन समेत गरिरहनुभएको छ । “मैले वातावरण प्रदूषण गराउने कुहिने फोहोरलाई प्रयोग गरेर मल बनाउँछु,” उहा भन्नुहुन्छ “त्यसैले मेरो कौसीमा ड्र्यागन फ्रुट, कागती, मुन्तला पनि राम्रै फलेको छ।”

 

 

कृषिमा फोहोरको पुन: प्रयोग गर्दै थापाले कौसी खेतीलाई नाफामूलक र वातावरणमैत्री दुवै बनाएर उदाहरणीय काम गर्नुभएको छ ।

 

 

 

वार्ड नं ६ पूर्णरूपमा शहरी क्षेत्र भएकाले यहाँ खुला जमिनमा खेती गर्ने सम्भावना कम छ। त्यसैले शहरीकृत भू–परिवेशमै पनि उत्पादन सम्भव होस् भनेर तालिम दिइएको वडा नं ६ का कार्यवाहक वार्ड अध्यक्ष कमल श्रेष्ठ बताउँनुहुन्छ । “हामीले यो वर्ष पनि कौसी खेतीको प्रवर्द्धनमा १ लाख रुपैयाँ बजेट छुट्याएका छौं,” श्रेष्ठले भन्नुभयो , “शहरी खेतीको नमूना हामी आफैँ बन्न सक्छौं भन्ने लक्ष्य राखेका छौं।”

 

 

यी उदाहरण हेरेर नै भन्न सकिन्छ कि कृषि केवल गाउँको कुरा होइन। सहरको सानो कौसी, बाल्कोनी वा छानो पनि हरियाली र आत्मनिर्भरताको सुन्दर थलो बन्न सक्छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बिर्तामोडमा न्वारानको भोज खाँदा दर्जनभन्दा बढी बिरामी

बिर्तामोड,१० भदौ । झापाको बिर्तामोड नगरपालिका–९ मा न्वारानको भोज खाएका ठूलो संख्याका स्थानीय बिरामी परेका छन्। स्थानीय रामकुमार श्रेष्ठको नातिनीको न्वारान भोजमा सहभागी भएका पाहुनाहरूमा

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने ५ जना पक्राउ

काठमाडौं,१० भदौ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा

ठूलो मानवीय क्षतिको आशंका, तटीय क्षेत्रमा उच्च सतर्क रहन अपिल

काठमाडौं , १० भदौ । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठुलो संख्यामा मानवीय क्षति

उच्च सतर्कता अपनाउन र उद्धारमा जुट्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं ,१० भदौ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले रसुवाको स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा भीषण बाढीका कारण गम्भीर क्षति पुगेको बताउनु भएको छ ।बुधबार

कृषि कर्जा र वित्तीय चेतनालाई किसान मैत्री बनाउन मन्त्री चौधरीको जोड

काठमाडौं , १० भदौ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कृषि कर्जाको पहुँच विस्तारसँगै किसानले बुझ्ने भाषामा वित्तीय तथा कृषि सम्बन्धी चेतना अभिवृद्धि