पर्यटनको पाटो

दमकको घुम्नै पर्ने इन्द्रेणी ताल , भिडियो रिपोर्ट

लकीङ टायल लगाएर आकर्षक फूलको बगैचा बनाइएको । आधुनीक फलैँचाले यहाँ घुम्न जानेहरुले आराम गर्न पाएका छन ।

 

दमक, २७ साउन ।   दमक–१० सानोबारहघरेमा रहेको प्रसिद्ध पर्यटकीय स्थल इन्द्रेणी ताल आफ्नो प्राकृतिक सुन्दरताका कारण यहाँ आउने दर्शकहरूको मन जित्दै आएको छ। यो ताललाई वरिपरि हरियालीले घेरिएको र शान्त वातावरणले भरिपूर्ण छ, जसले गर्दा स्थानीय तथा बाह्य पर्यटकलाई मनोरञ्जन र विश्रामको आनन्द दिदै आएको छ ।

 

 

अहिले इन्द्रेनि तालको संरक्षणमा ध्यान दिइँदै र यस क्षेत्रको विकासका लागि विभिन्न पहलहरू भइरहेको छ । पर्यटकहरूले यहाँ पानीको सौन्दर्य र प्रकृतिसँग नजिक हुन सक्ने अवसर पाइरहेका छन् । दमकमै यति राम्रो र्पयटकीय ठाँउ छ तर अझै पनि यसको पर्याप्त प्रचारनै हुन सकेको छैन ।

 

दमक ९ का पुष्प उपरकोटी दमक १० मा रहेको इन्द्रेणी तालमा घुमीरहेको अवस्थामा भेटिनु भयो । फोटो खिच्दै, साना भिडियो बनाउँदै इन्द्रेणी तालको सुन्दरतालाई आफ्‌नो मोवाईलमा कैद गरिरहनु भएको थियो । पहिला काँसघारी र आउनै डर लाग्ने यो ताल अहिले यती आकर्षक बनेको छ भन्ने उहाँलाई थाहै थीएन । यहाँ आउँदा निकै आनन्द भएको उहाँले आफ्‌नो अनुभव सुनाउनु भयो ।

 

तालमा अहिले सातै रङ्ग देखिने इन्द्रेणीको आकारको पुल बनाइएको छ । लकीङ टायल लगाएर आकर्षक फूलको बगैचा बनाइएको । आधुनीक फलैँचाले यहाँ घुम्न जानेहरुले आराम गर्न पाएका छन । वरीपरिको हरियाली वातावरण र चराचुरीङ्गीको चिरचिरले यहाँको वातावरण थप मनमहोक बनाइरहेको छ । यस्ता संरचना र सुन्दरता तालले बढाइरहेको छ । जसले गर्दा पर्यटकहरु आउने क्रम बढ्न थालेको तालको छेवैमा रेष्टुरेण्ड सञ्चालन गरिरहनु भएका सबिन तामाङ ।

 

 

मोटरबाट पानी तानेर पानी भरिएको हैन । यो प्राकृतीक पानी हो । यहाँ आफै पानी उम्रन्छ । तर पछिल्लो समय मानव अतिक्रमणमा पो पर्ने हो कि भन्ने चिन्ता चाहि यहाँका स्थानीयबासी छन् । त्यसैले यसको संरक्षण गर्दै यहाँ आवश्यक पर्ने अन्य संरचना निर्माण गर्न आवश्यक रहेको स्थानीयबासी रुद्र प्रसाद दाहालले बताउनु भयो ।

 

 

अहिले कृतिम संरचना भएका पर्यटकीय ठाउँमा मानीसहरु घुम्न भनेर गइरहेका छन् । तर यो त प्राकृतीक ठाउँ हो । तर यहाँ ताल मात्रै हेर्न आउने भन्दा पनि तालसगसगै हेर्न र आनन्द लिन सक्ने गरिका अन्य संरचनाको पनि विकास गर्न आवश्यक रहेको दमक १० स्थानीय अगुवा डिल्ली न्यौपानेको भनाई छ । यसमा यसको समिती, स्थानीयबासी, स्थानीय सरकार समेत एकै ठाउँ भएर लाग्न उहाँले सुझाव दिनु भएको छ ।

 

 

 

यहाँ सहजै पुग्ने बाटो बनेको छ । त्यो पनि कालोपत्रेनै छ । तर यहाँ पर्याप्त सरसफाई नभएको र सुरक्षाको अभाव हुने भन्दै पर्यटकहरु पुग्न आनाकानी गर्दथे । थर अहिले यसको रुप फेरीएको छ । नियमीत सरसफाई हुने गरेको छ । असम्बन्धीत र अरुलाइ हानी पुर्याउने गरिका समुहहरुको नियन्त्रण गरिएको छ । अहिले शान्त र सुन्दर बनाउने अभियान चलाइरहेकोले पर्यटकहरुको संख्या बृद्धि हुन सक्ने अपेक्षा राख्नु हुन्छ यस इन्द्रणी ताल व्यवस्थापन समितीका सदस्य प्रविण खरेल ।

 

 

प्रकृतिलाई प्रेम गर्ने, पर्यावरणको स्पर्ष चाहने र एकान्तमा रमाउनेकालागी इन्द्रेणी ताल उपयूक्त गन्तव्य बन्न सक्छ । तर यसमो महत्व र विषेशतालाई प्रभावकारी प्रचार गर्न भने आवश्यक छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वन फँडानी र अतिक्रमण रोक्न सकिएला?

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ

इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु

सुनसरी ,५ असोज । सुनसरीको इटहरी उपमहानगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमबार इटहरी–१० संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा मेसिन चलाउने

झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

काठमाडौँ ,५ असोज। झापाका सबै स्थानीय तहमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु भएको छ। अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई