नेतृत्वमा आंसीक फेरबेदल

मेचि सहकारीले अव सहकारी स्कुल र पानी उद्योग सञ्चान गर्ने

सदस्यहरुलाई उत्पादनमा जोड्दै, आर्थीक पारदर्शीता कायम राखेर सस्थालाई नयाँ गतीमा लैजाने गरि काम गर्ने योजना

दमक, २८, साउन । नेपालमै पहिलो पटक सहकारी आवास बनाएर देशभरी चर्चा कमाएको दमकको मेचि बहुउद्धेस्य सहकारी सस्था लि. को सञ्चालकहरु फेरवदल भएका छन । अध्यक्षमा नारायण भट्टराईनै दोहोरीनु भएको छ भने केहि पदाधीकारी र सदस्यहरु फेरीनु भएको छ ।

 

 

झापामा सहकारीहरु राम्रैसग फस्टाएका छन् । सहकारीमा राम्रो मलजल पाउने झापामा मेची सहकारीले पनि राम्रै उत्पादन दिइरहेको छ । अर्थात सदस्यहरुको मन जीत्न नयाँ नयाँ काम र कार्यक्रम सार्वजनिक गर्ने गरेको छ । पछिल्लो पटक आफ्‌ना घर बिहिन शेयर सदस्यहरुलाई घर किन्न सहज हुने गरि सहकारी आवास बनाएर केहि केहि विवाद भएपनि धेरैचाहि सकरात्मक चर्चा कमाएको मेची बहुउद्धेस्य सहकारी सस्थाले आफ्‌ना केहि नयाँ योजना पनि सार्वजनिक गरेको छ ।

 

 

अहिले सस्थाको सञ्चालकहरुमा केहि फेरबदल भएको छ । र अधिकांश पुरानै अनुहार आएपनि सस्थामा लामो समय देखी रहेर निगरानी गरिरहेका, सहकारी सम्बन्धी अध्ययन गरिरहेकाहरुनै नेतृत्वमा आउनु भएको छ । जसमध्ये सचिव पदमा फेरी पनि नयाँ कार्यकालमालागी समेत सर्वसम्मत्त चयन भएर आउनु भएका राजेन्द दाहाल सस्थाले आफ्‌ना सदस्यहरुलाई जन्म देखि मृत्यु सम्मका अवस्थामा निरिन्तर सेवा गरिरहेको र सुविधा प्रदान गरिरहेको बताउनु हुन्छ ।

 

 

सहकारी आवासको सफलता पछि अव सहकारी विद्यालय नयाँ ड्रीम प्रोजेक्ट गर्ने योजनामा रहेको पनि उहाँले उज्यालो खवरसगको संवादमा सुनाउनु भयो । यती मात्रै नभएर मेची जल उद्योग समेत सञ्चालनको अन्तिम तयारी भएको उहाँले जानकारी दिनुभयो । यी लक्ष्य पुरा गर्न वर्तमान सञ्चालक समिती सक्षम रहेको उहाँको दावि छ ।

 

 

सहकारीहरुमा अहिले आम सर्वसाधारणको विस्वास घट्दो छ । तर मेचि सहकारी आफ्‌ना सदस्यहरुलाइ खुट्टा नडगमगाउन आग्रह मात्रै गर्दैन त्यहि अनुसारको आर्थीक, तथा सामाजीक काम पनि गरिरहेको सस्थाको नेतृत्व गर्न फेरी अध्यक्ष बन्नु भएका नारायण भट्टराईको भनाई छ । सदस्यहरुलाई उत्पादनमा जोड्दै, आर्थीक पारदर्शीता कायम राखेर सस्थालाई नयाँ गतीमा लैजाने गरि काम गर्ने योजना रहेको उहाँले सुनाउनु भयो ।

 

 

सहकारी आफ्‌नै अभियान हो । तर यसमा स्वार्थी समुहको हावी भयो भने अभियानलाईनै बदनाम बनाइदिन सक्छन । अहिले नेपालमा भएको यहीनै हो । एउटा बिराउने शाखा पिरोल्ने भन्ने उखानका कारण अहिले सहकारीहरु प्रतिको बिस्वास घटिरहदा दमकको मेची सहकारी सस्था अडीग भएर सदस्य समर्पीत भइरहेको देख्न सकिन्छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही