काठमाडौँ — प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्ने बित्तिकै एमालेका सांसदहरु कुर्सीबाट उठेर रोस्टम नजिक पुगेका थिए ।
उनीहरुले नाराबाजी गर्दै बैठकमा अवरुद्ध गरिरहेका छन् । सभामुख सापकोटाले नाराबाजीमा उत्रिएका सांसदहरुलाई संसद् अवरोध नगर्न आग्रह गरेका थिए । उनले अवरोध अन्त्य गरेर सभा सञ्चालन गर्न सहयोग गर्न समेत अनुरोध गरेका थिए ।
एमालेले सभामुख सापकोटोको भूमिकामाथि प्रश्न उठाउँदै संसद् अवरुद्ध गर्दै आइरहेको छ । सभामुख सापकोटाले पदीय मर्यदा विपरीत आफ्नो पार्टी फुटाउन मुख्य भूमिका खेलेको भन्दै एमालले उनको भूमिकामाथि प्रश्न उठाउँदै राजीनामाको माग गर्दै आइरहेको छ ।