अव त अति भयो

दमक उवासंको गतिविधि प्रती व्यवसायीको निराशापुर्ण प्रतिक्रिया , भन्छन राजनीति हावी भयो अब आशा छैन

व्यावसायीक हकहितका लागि स्थापना गरिएको संघले अहिले राजनीतिलाई प्राथमिकता दिएको र वास्तविक व्यावसायीक मुद्दा ओझेलमा परेको व्यवसायीको साझा धारणा छ ।

दमक| ३१ साउन|   निजी क्षेत्रको केन्द्रीय प्रतिनिधि संस्था उद्योग वाणिज्य सङ्घको निर्वाचन नजिकिँदै जाँदा दमकमा यसको बहस र चर्चा तीव्र बनेको छ ।

औपचारिक ?पमा मिति तय नभए पनि एक प्यानलले उम्मेदवारी घोषणा गरिसकेको छ भने अन्य संभावित उम्मेदवारह? सामाजिक सञ्जालमार्फत सक्रिय हुन थालेका छन् ।उद्योग वाणिज्य सङ्घले विगतदेखि नै उद्योग–व्यवसायको संरक्षण, प्रवद्र्धन र नीतिगत पैरवी गर्ने भन्दै आएको भए पनि दमकका अधिकांश व्यवसायी भने संघले व्यावसायीको वास्तविक आवाज र समस्या उठाउन नसकेको गुनासो गर्छन् ।

 

 

व्यापारको वर्तमान अवस्था खस्किँदो छ । व्यापारीमा निराशा बढिरहेको छ । यस्तो अबस्थामा दमक उद्योग वाणिज्य संघको उम्मेदवार बन्नेले व्यापार कसरी चलायमान बनाउने भन्ने योजना ल्याउन आवश्यक देख्नु हुन्छ दमकमा सुवेदी किराना पसलका सञ्चालक प्रेम नारायण सुवेदी । उहाँ भन्नुहुन्छ अहिले व्यापार त निकै चुनौतीपूर्ण छ । कसरी सुधार गरेर अघि बढ्न सकिन्छ भन्ने ज्ञान र मार्ग निर्देशन दिन सक्ने खालका सक्षम उम्मेदवार आवश्यक छ

 

 

 

यस्तै, विगतदेखि नै व्यवसाय क्षेत्रमै क्रियाशील अपेक्षा शुज सेन्टरका सञ्चालक इन्द्रमणि बस्नेतले संघलाई व्यापारको हकहित भन्दा पनि राजनीति गर्ने थलोका रूपमा प्रयोग गरिएको आरोप लगाउनुहुन्छ । संघ राजनीतिक दलका नेताहरूले आफ्नो प्रभाव जमाउने स्थल मात्रै बनेको भन्दै उहाले व्यावसायीका समस्या समाधान त परै जाओस्, उनीहरूको आवाजसमेत सुन्ने प्रयास नभएको गुनासो पोख्नुहुन्छ ।

 

 

 

सिग्देल डिपार्टमेन्ट स्टोरका सञ्चालक लोकनाथ सिग्देल पनि संघका हालका गतिविधिप्रति निराश देखिनुहुन्छ ।उद्योग वाणिज्य सङ्घ त सबै व्यावसायीको साझा छाता संगठन हो । तर यहाँ त केवल राजनैतिक घेराबन्दी मात्रै भइरहेको उहाले आभास गर्नु भएको छ ।अबको निर्वाचनमा स्वच्छ छवि भएका, व्यापारीका पीडा बुझेर व्यवसाय प्रवद्र्धन गर्ने उम्मेदवार विजयी हुनुपर्छ भन्ने उहाको धारणा छ ।

 

 

 

व्यावसायीक हकहितका लागि स्थापना गरिएको संघले अहिले राजनीतिलाई प्राथमिकता दिएको र वास्तविक व्यावसायीक मुद्दा ओझेलमा परेको व्यवसायीको साझा धारणा छ ।

त्यसैले, यसपटक उद्योग वाणिज्य सङ्घको चुनाव केवल पदको होड होइन, व्यावसायीक भविष्यको निर्णायक अवसरका रूपमा हेरिएको छ । व्यवसायीहरू स्वच्छ छवि, स्पष्ट योजना र व्यावसाय प्रवद्र्धनमा समर्पित नेतृत्वको अपेक्षासहित संघमा नयाँ परिवर्तन चाहिरहेका छन् ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पथरी शनिश्चरेमा ‘विद्यार्थीसँग साहित्य’ अभियान

पथरी, ७ असोज / मानिसहरुलाई सृजनशील बनाउने माध्यमका रुपमा रहेको साहित्य र कलाको थप प्रवद्र्धन गर्न विद्यालयका विद्यार्थीहरुमा त्यस सम्बन्धि प्रशिक्षणात्मक सिकाईका लागि मोरङको पथरी

दमक–७ को वडा अध्यक्ष बन्ने चिरन न्यौपानेको आकांक्षा, १५ बुँदे विकास योजना सार्वजनिक

पशुहाटलाई व्यवस्थित, सफा, सुरक्षित र आधुनिक कृषि तथा पशु व्यापार केन्द्रका रूपमा विकास गर्ने

मकै, जौ र गहुँ खोज्दै हिँड्नुपर्ने बाध्यता हटाउँदै दिब्यदृष्टिको जमरा प्याकेज

झापा , असोज ७।  झापाको कमल–६ मा रहेको दिब्यदृष्टि पूजा सामग्री उद्योगले यस वर्षको बडादशैँका लागि जमरा राख्न आवश्यक मकै, जौ र गहुँ मिश्रित बीउ

विपद्मा बालबालिकाको सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकता दिन विज्ञहरूको जोड

दमक, ७ असोज । विपद् तथा जोखिमको समयमा बालबालिकाको अधिकार र संरक्षण सुनिश्चित गर्न बालमैत्री स्थानीय शासनको आवश्यकता झनै बढ्ने सरोकारवालाहरूले बताउनुभएको छ । जागृति बाल तथा

भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने: मन्त्री वाग्ले

काठमाडौं,७ असोज । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भुक्तानी तथा फछ्र्यौटसम्बन्धी कानुनलाई समयअनुकूल बनाउन विधेयक ल्याइएको बताउनु भयो । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा