पथरी शनिश्चरे ८ को अर्को फरक काम

छोरीको हातमा बचत खाता : वडाबाट मासिक पाँचसय जम्मा हुने

पथरी, ३ भदौ / वडावासीका लागि फरक र प्रभावकारी काम गरेर ख्याति कमाउँदै आएको मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले फेरि अर्को फरक कामको योजना अघि सारेको छ ।

 

‘सामाजिक सुरक्षामा नयाँ क्रान्ती : ‘सक्षम छोरी’ कार्यक्रम अन्तर्गत वडाभित्र स्थायीरुपमा बसोबास गर्ने माझी, चौधरी/थारू, धिमाल, मुसहर, दनुवार, भुजेल, राजवंशी, सन्थाललगायतका सीमान्तकृत परिवारमा छोरीहरुका लागि मासिक ५ सय रुपैयाँ वडाले वचत गरिदिने भएको छ । सहिद, बेपत्ता तथा घाइते योद्धाहरुको परिवारको हकमा यो सुविधा स्वतः लागू हुनेछ ।

 

भविष्यमा पढाइ खर्च स्वरुप वडाले मासिक ५ सय रुपैयाँ बचत गरिदिने र त्यसमा छोरीका अभिभावकले अनिवार्य २०० रुपैयाँ थप गर्नुपर्ने योजना बनाइएको वडाअध्यक्ष नवीन कार्कीले जनाउनु भयो । ‘आर्थिक विपन्न तथा सीमान्तकृत परिवारमा जन्मने छोरीहरुलाई विद्यालय शिक्षा लिन सहज हुनेछ । शिक्षा लिनबाट बन्चित हुन नपरोस् भन्ने हाम्रो लक्ष्य हो ।’– उहाँले प्रष्ट्याउनु भयो ।

 

 

बचत गरिएको रकम पाँच बर्षसम्म निकाल्न पाइने छैन । पाँच बर्षमा ४२ हजार रकम जम्मा हुनेछ । त्यसमा बैंकको ब्याज समेत थप हुनेछ । दलित समुदायका बालबालिकालाई नेपाल सरकारले नै भत्ता प्रदान गर्ने भएको हुँदा दोहोरो सुविधा दिन असमर्थ भएको पनि वडाध्यक्ष कार्कीले स्पष्ट पार्नुभयो ।

नेपालमै फरक कार्यक्रम ‘वडादेखि ढोकासम्म’
वडाले वडावासीको सुविधाका लागि ०८० सालबाट कागजपत्र होमडेलिभरी गर्नेगरी नेपालमै फरकखाले कार्यक्रम ‘वडादेखि ढोकासम्म’ निरन्तर संचालन गर्ने क्रम अघि बढाएर नेपालमै फरक कामको रुपमा चर्चा कमाएको छ ।

बच्चा जन्मेको ३५ दिनभित्र वडा कार्यलयमा म्यासेन्जर, इमेल, वाट्सएप आदिबाट खबर भएको खण्डमा वडाले जन्मदर्ता लगायतको कागजात घरैमा लगिदिने गरिएको छ । कार्यक्रमलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउनका लागि अब वडा नम्बर ८ भित्र जन्मने बालबालिकाहरुलाई चिनो स्वरुप फोटो सहितको फ्रेम उपहार जन्मदर्तासँगै होमडेलिभरी कार्य अघि बढेको छ ।

 

‘सुत्केरी आमाहरु वडामा आउनु पर्दैन, हामी तपाईंको घरमा आउछौं’ भन्दै गाउँमा सम्बन्धित सबैजनालाई यसखाले सुविधाको उपभोग गर्नका लागि खबर पुर्याउन वडाले अपिल गर्दै आएको छ ।

 

 

 

जन्मेको ३५ दिनभित्रमा जन्मदर्ता, मृत्यु भएको ३५ दिनभित्रमा मृत्युदर्ता, जन्मप्रमाणित, मृत्युप्रमाणित, अस्थायी/स्थायी बसोबास प्रमाणित, आर्थिक बिपन्न नागरिक सिफारिस, ६८ वर्ष पूरा भएपछि राज्यले दिने ज्येष्ठ नागरिक भत्ता कार्ड, अपांगता परिचयपत्र सिफारिस, दीर्घरोगी सिफारिस वडा कार्यालयबाट होमडेलिभरी हुने गरेको छ । यसका साथै रातो र निलो कार्ड भएका अपांगता भएका व्यक्तिहरुको सबैप्रकारको सिफारिस वा प्रमाणित, ७५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुको सबैप्रकारको सिफारिस वा प्रमाणित कागजात पनि वडामै घर घरमै पुर्‍याउने गरेको छ ।

 

वडाध्यक्ष मेरो साथी, जनतासँग जनप्रतिनिधिलगायतका वडामा अन्य पनि प्रभावकारी कार्यक्रम सञ्चालन छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चीनतर्फ ताल फुटेको सूचना, सुरक्षित रहन रसुवाका सीडीओको आग्रह

१२ भदौ, काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी

झापामा बढ्दै जापानी इन्सेफलाइटिस, मेचीनगर बन्यो संक्रमणको ‘हटस्पट’

झापा, भदौ १२ । ६ जनाको मृत्यु भइसकेको झापामा जापानिज इन्सेफ्लाइटिस९जेई० को थप एकजना संक्रमित देखिएका छन् ।मेचीनगर ६ प्रगति टोलकी ६६ वर्षीया महिलामा बुधवार

बाढीपीडितको पीडामा झापा एकजुट, राहतका लागि धमाधम सहयोग जुट्दै

झापा , भदौ १२ । झापाबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई सहयोग पठाउने कार्य सुरु भएको छ । स्थानीय तह, सामाजिक संघ संस्था,

सरकारको निर्देशन : १३ भदौदेखि विश्वविद्यालयका सबै परीक्षा स्थगित

१२ भदौ, काठमाडौं । प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा

पोखरामा बाढीका १०२ शव : शवगृह भरिएपछि व्यवस्थापनमा समस्या

पोखरा,१२ भदौ। रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएका मध्ये १०२ वटा शव कास्की ल्याइएको छ।तनहुँ, नवलपुर, धादिङ र गोरखा लगायत विभिन्न जिल्लामा फेला परेका ती शवहरूलाई

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार