पथरी शनिश्चरे ८ को अर्को फरक काम

छोरीको हातमा बचत खाता : वडाबाट मासिक पाँचसय जम्मा हुने

पथरी, ३ भदौ / वडावासीका लागि फरक र प्रभावकारी काम गरेर ख्याति कमाउँदै आएको मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले फेरि अर्को फरक कामको योजना अघि सारेको छ ।

 

‘सामाजिक सुरक्षामा नयाँ क्रान्ती : ‘सक्षम छोरी’ कार्यक्रम अन्तर्गत वडाभित्र स्थायीरुपमा बसोबास गर्ने माझी, चौधरी/थारू, धिमाल, मुसहर, दनुवार, भुजेल, राजवंशी, सन्थाललगायतका सीमान्तकृत परिवारमा छोरीहरुका लागि मासिक ५ सय रुपैयाँ वडाले वचत गरिदिने भएको छ । सहिद, बेपत्ता तथा घाइते योद्धाहरुको परिवारको हकमा यो सुविधा स्वतः लागू हुनेछ ।

 

भविष्यमा पढाइ खर्च स्वरुप वडाले मासिक ५ सय रुपैयाँ बचत गरिदिने र त्यसमा छोरीका अभिभावकले अनिवार्य २०० रुपैयाँ थप गर्नुपर्ने योजना बनाइएको वडाअध्यक्ष नवीन कार्कीले जनाउनु भयो । ‘आर्थिक विपन्न तथा सीमान्तकृत परिवारमा जन्मने छोरीहरुलाई विद्यालय शिक्षा लिन सहज हुनेछ । शिक्षा लिनबाट बन्चित हुन नपरोस् भन्ने हाम्रो लक्ष्य हो ।’– उहाँले प्रष्ट्याउनु भयो ।

 

 

बचत गरिएको रकम पाँच बर्षसम्म निकाल्न पाइने छैन । पाँच बर्षमा ४२ हजार रकम जम्मा हुनेछ । त्यसमा बैंकको ब्याज समेत थप हुनेछ । दलित समुदायका बालबालिकालाई नेपाल सरकारले नै भत्ता प्रदान गर्ने भएको हुँदा दोहोरो सुविधा दिन असमर्थ भएको पनि वडाध्यक्ष कार्कीले स्पष्ट पार्नुभयो ।

नेपालमै फरक कार्यक्रम ‘वडादेखि ढोकासम्म’
वडाले वडावासीको सुविधाका लागि ०८० सालबाट कागजपत्र होमडेलिभरी गर्नेगरी नेपालमै फरकखाले कार्यक्रम ‘वडादेखि ढोकासम्म’ निरन्तर संचालन गर्ने क्रम अघि बढाएर नेपालमै फरक कामको रुपमा चर्चा कमाएको छ ।

बच्चा जन्मेको ३५ दिनभित्र वडा कार्यलयमा म्यासेन्जर, इमेल, वाट्सएप आदिबाट खबर भएको खण्डमा वडाले जन्मदर्ता लगायतको कागजात घरैमा लगिदिने गरिएको छ । कार्यक्रमलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउनका लागि अब वडा नम्बर ८ भित्र जन्मने बालबालिकाहरुलाई चिनो स्वरुप फोटो सहितको फ्रेम उपहार जन्मदर्तासँगै होमडेलिभरी कार्य अघि बढेको छ ।

 

‘सुत्केरी आमाहरु वडामा आउनु पर्दैन, हामी तपाईंको घरमा आउछौं’ भन्दै गाउँमा सम्बन्धित सबैजनालाई यसखाले सुविधाको उपभोग गर्नका लागि खबर पुर्याउन वडाले अपिल गर्दै आएको छ ।

 

 

 

जन्मेको ३५ दिनभित्रमा जन्मदर्ता, मृत्यु भएको ३५ दिनभित्रमा मृत्युदर्ता, जन्मप्रमाणित, मृत्युप्रमाणित, अस्थायी/स्थायी बसोबास प्रमाणित, आर्थिक बिपन्न नागरिक सिफारिस, ६८ वर्ष पूरा भएपछि राज्यले दिने ज्येष्ठ नागरिक भत्ता कार्ड, अपांगता परिचयपत्र सिफारिस, दीर्घरोगी सिफारिस वडा कार्यालयबाट होमडेलिभरी हुने गरेको छ । यसका साथै रातो र निलो कार्ड भएका अपांगता भएका व्यक्तिहरुको सबैप्रकारको सिफारिस वा प्रमाणित, ७५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुको सबैप्रकारको सिफारिस वा प्रमाणित कागजात पनि वडामै घर घरमै पुर्‍याउने गरेको छ ।

 

वडाध्यक्ष मेरो साथी, जनतासँग जनप्रतिनिधिलगायतका वडामा अन्य पनि प्रभावकारी कार्यक्रम सञ्चालन छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका