नेपाल चीन औद्योगीक पार्क निर्माण अलपत्र

सिलान्यास भएको ५ वर्ष भयो तर काम ……? भिडियो रिपोर्ट

यो र त्यो भन्ने बाहना भन्दा पनि अव यहाँ काम देखिन पर्छ । कामले परिणाम दिन सक्नु पर्छ । औद्योगीक पार्क निर्माणको जतिसक्दो चाँडो सुरु गरि यस क्षेत्रमा देखिएको रोजगारको अपेक्षा पुरा गराउन लाग्नै पर्छ ।

दमक, ३ भदौ । आर्थिक विकासको लागि औधोगिक र्पूर्वधार समृद्ध नेपाल , सुखी नेपालिको आधार भन्ने विचारको साथ प्रधानमन्त्री केपी र्शमा ओलिले २०७७ फागुन १६ गते आइतबार दमकमा नेपाल–चीन मैत्री औधोगीक र्पाकको शिल्यान्यास गर्नु भएको थियो ।

 

 

सिलान्यस भएर निरन्तर काम भएको थियो भने यती बेला यस क्षेत्रमा ठुला ठुला मल्टि नेशलनका उद्योगहरु स्थापना भइसक्थे । हजारौले प्रत्यक्ष रोजगारी र लाखौ स्वरोजगार बन्न सक्ने थीए । तर यो महत्वकाङक्षी योजना सिलान्यास गर्दा जस्तो थियो अहिले पनि उस्तै छ । अर्को कुनै एउटा पनि इटा यहाँ राख्न सकिएकै छैन ।

चिनको ल्हासा ईकोनोमिक एण्ड टेक्नोलाजिकल डिभलप्मेन्ट जोन जीङग—फिङग जोइन्ट क्रियशन कन्सट्रक्सन प्रोजेक्ट डिभलप्मेन्ट लिमिटेडको लगानीमा हुने चीन—नेपाल मैत्री औधोगीक र्पाकको काम अहिले सम्म अघी बढ्न नसकेपछि यस क्षेत्रका नागरिकहरुमा निरासा बढ्न थालेको छ ।

 

आफ्‌नो ठाउँमा उद्योग कलकारखाना स्थापना हुन्छ भनेर स्थानीयबासीन्दाले आफुले उपयोग गरिरहेको जमिन सरकारलाई सस्तो मुल्यमा दिए पनि । उद्योग बनेपछि रोजगार पाइन्छ । काम खोज्दै विदेश जानुपर्ने बाध्यताको अन्त्य हुन्छ । बाँकी रहेको जमिनको मुल्य बढ्छ र यस क्षेत्रमा विकासका अन्य पूर्वाधार पनि आउँछन् भन्ने अपेक्षा आम नागरिकमा थियो । तर यो अपेक्षामा अहिले भने तुसारो लाग्न थालेको छ । कुनैबेला आशा र अपेक्षा देखिने यस क्षेत्रका नागरिकमा अहिले निरासा र सपना देखाउने प्रति उपेक्षा बढ्न थालीरहेको छ ।

यद्यपी अझै केहि आशाका अनुहार यहाँ भेट्न सकिन्छ । वा औद्योगीक पार्क बनि पो हाल्छ कि भन्ने लाग्नै नछोडेको चाहि छैन । किनकी यस क्षेत्रमा बेला बेलामा चीनका विभिन्न तहका मानीसहरु आउँछन् । हेर्छन । घुम्छन् । गाउलेसग गफ गर्छन । केहि महिना अघी मात्रै चीनका राजदुत सहितको टोलीले पनि यहाँ निरिक्षण गरेको थियो ।

 

सिलान्यास भएको ठाउँमा इटाहरु नथपीएका भएपनि यसखाले गतिविधिले नागरिकको आशालाई जगाइ राखेको छ । दमक १० सेतुमारीकी पदम कुमारी विक औद्योगीक पार्क बनीदिए छोराछोरीले काम पाउने थीए कि भन्ने आशा राखीरहनु भएको छ ।

 

चुनावका ताका खासगरी नेकपा एमालेले आफ्‌नो चुनावी घोषणमा यो परियोजनालाई पहिलो प्राथमिकतामा राख्दै आएको छ । यती मात्रै नभएर एमाले नेतृत्वको सरकार बन्दा ओद्योगीक पार्क निर्माणकालागी भनेर निती तथा कार्यक्रममा सम्वोधन पनि गरिन्छ । तर फेरी अर्को सरकार बन्छ । र फलानो सरकारले काटीहाल्यो भन्दै जनतालाई कन्भिन्स गरि रहिन्छ । र यहााँ नागरिकमा औद्योगीक पार्क बन्ने र आफ्‌नै ठाउँमा रोजगार बढ्छ भन्ने सपना सपना देखाइ रहिन्छ ।

 

 

यही ठाउँकी अर्की स्थानीबायसी भुमा अधिकारी भन्नु हुन्छ यस ठाउँमा पार्क बन्नु पर्छ । तर किन रोकीरहेको छ त्यसबारेमा पनि आम नागरिकलाई जानकारी चाहि गराइ रहन पनि माग गर्नु हुन्छ ।

 

यद्यपी यहाँ औद्योगीक पार्क खोल्ने र रोजगार सृजना गराउने भन्ने अभियानमा लागेकाहरु काम हुदै गरेको आश्वाशन दिन पनि पछि पर्दैन । नेपाल चीन औद्योगीक पार्कका अध्यक्ष गोविन्द थापा झापामा बन्ने भनीएको औद्योगीक पार्कको काम अघी बढिरहेको र अव केहि महिना भीत्रैमा निर्माणको काम सुरु हुने आश्वाशन दिनु हुन्छ ।

 

यो र त्यो भन्ने बाहना भन्दा पनि अव यहाँ काम देखिन पर्छ । कामले परिणाम दिन सक्नु पर्छ । औद्योगीक पार्क निर्माणको जतिसक्दो चाँडो सुरु गरि यस क्षेत्रमा देखिएको रोजगारको अपेक्षा पुरा गराउन लाग्नै पर्छ । आगामी निर्वाचनमा यस ठाउँमा औद्योगीक पार्क बन्दै छ भनेर भन्ने मात्रै होईन । औद्योगीक पार्क बन्यो भनेर देख्न पाइयोस भन्ने यस क्षेत्रका नागरिकको अपेक्षा रहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पथरी शनिश्चरेमा ‘विद्यार्थीसँग साहित्य’ अभियान

पथरी, ७ असोज / मानिसहरुलाई सृजनशील बनाउने माध्यमका रुपमा रहेको साहित्य र कलाको थप प्रवद्र्धन गर्न विद्यालयका विद्यार्थीहरुमा त्यस सम्बन्धि प्रशिक्षणात्मक सिकाईका लागि मोरङको पथरी

दमक–७ को वडा अध्यक्ष बन्ने चिरन न्यौपानेको आकांक्षा, १५ बुँदे विकास योजना सार्वजनिक

पशुहाटलाई व्यवस्थित, सफा, सुरक्षित र आधुनिक कृषि तथा पशु व्यापार केन्द्रका रूपमा विकास गर्ने

मकै, जौ र गहुँ खोज्दै हिँड्नुपर्ने बाध्यता हटाउँदै दिब्यदृष्टिको जमरा प्याकेज

झापा , असोज ७।  झापाको कमल–६ मा रहेको दिब्यदृष्टि पूजा सामग्री उद्योगले यस वर्षको बडादशैँका लागि जमरा राख्न आवश्यक मकै, जौ र गहुँ मिश्रित बीउ

विपद्मा बालबालिकाको सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकता दिन विज्ञहरूको जोड

दमक, ७ असोज । विपद् तथा जोखिमको समयमा बालबालिकाको अधिकार र संरक्षण सुनिश्चित गर्न बालमैत्री स्थानीय शासनको आवश्यकता झनै बढ्ने सरोकारवालाहरूले बताउनुभएको छ । जागृति बाल तथा

भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने: मन्त्री वाग्ले

काठमाडौं,७ असोज । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भुक्तानी तथा फछ्र्यौटसम्बन्धी कानुनलाई समयअनुकूल बनाउन विधेयक ल्याइएको बताउनु भयो । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा