नेल आर्टको महत्व र यसको सम्भावना के छ ?

दमक,४ भदौ । महिलाहरुलाई सौन्र्दयको लागि मेक–अप जति आवश्यक रहेको छ त्यति नै नङको सौन्दर्यता पनि आवश्यक हुन्छ । महिलाहरु अहिले पार्टीमा जाँदा होस या घरमै बस्दा पनि नेल एक्सटेन्सन गर्दछन् । र्पालर क्षेत्रमा सिप सिक्दा जति अवसरहरु मिल्छ त्यति नै नङ सम्बन्धी सिप सिक्दा पनि अवसरहरु मिल्दछ । महिलाहरुका लागि अहिले नेल आर्ट तथा नङ्गकेयर सेवा निक्कै आकर्षक बन्दै गएको छ । दमक बजारमा रहेको ग्लोरी ब्यूटी पालर एण्ड द ब्युटी बल्डले सौन्दर्य सेवासँगै नङ्ग अर्थात (नेल आर्ट) समेत सञ्चालन गर्दै युवा महिलाहरूलाई सीप सिपालु बनाउने काम गरिरहेको छ । नेल आर्टको महत्व र यसको सम्भावना के छ ?

नेल एक्सटेन्सन सम्बन्धी नेल र्आट सिकाईरहनु भएकी सन्ध्या मगर । यो सिप सिक्नेहरु स्वदेशमै पनि काम गर्न सक्ने र विदेश नै गएपनि राम्रो अवसर मिल्ने बताउनु हुन्छ । उहाँले हातमा सिप हुने हो भने यसबाट गरिखान सक्ने बन्न सकीने भएकोले आफ्नो क्षमता विकास गराउन आह्वान गर्नु हुन्छ ।

दमककी प्रश्ना भट्टराई अहिले कक्षा ११ मा अध्यनरत हुनुहुन्छ । उहाँ सौन्दर्य सम्बन्धीको सिप सिक्ने र आफु दक्ष भएपछि राम्रो ठाउँमा काम गर्ने योजनामा हुनुहुन्छ । उहाँ भन्नु हुन्छ ग्लोरी ब्यूटी पालर एण्ड द ब्युटी बल्डमा सिकेको सिपले मलाई पक्कै गरिखान सक्ने बनाउन सक्छ ।

नेल महिलाहरुको लागि सौन्र्दय हेरचाहा जति आवश्यक छ त्यसरि नै नेलको हेरचाहा पनि आवश्यक रहेको बताँउनु हुन्छ ग्लोरी ब्युटी र्पालर एण्ड द ब्युटी वल्डको सञ्चालिका गिता लिम्बु । नेल अहिले महिलाहरु धेरै महत्व दिने गर्दछन्। नेल एक्सटेनसन गरी सके पछि ५ महिना सम्म रहने गर्दछ । तर यसकालागी खास गरी तातो पानी ,भाँडा माज्दा ,गाडा कलर चलाँउदा चाहि विषेश ध्यान दिन आवश्यक रहेको लिम्बुको सुझाव छ । उहाँ भन्नु हुन्छ नङको सौन्दर्य सिक्नुस । पहिलो चरणमा बरु हामी आफै काम दिन सक्छौ । त्यसपछि तपाई आफ्नो क्षमता अनुसार देश विदेशमा गएर काम गर्न सक्ने योग्य बन्न सक्नु हुने छ ।

ग्लोरि ब्यूटी र्पालरले सौन्दर्य सेवासँगै नङ्ग प्रशिक्षण (नेल आर्ट) समेत सञ्चालन गर्दै युवा महिलाहरूलाई सीपमूलक दक्षता प्रदान गरिरहेको छ । ।स्थानिय यूवा महिलाहरुकालागि लागि रोजगारी र स्वरोजगारको राम्रो अवसरका रूपमा ग्लोरी ब्यूटी पालर एण्ड द ब्युटी वल्ड दमकमा लोकप्रिय बनिरहेको छ । यहाँ अन्य प्रशिक्षण केन्द्रको भन्दा सस्तो र सुपथ शुल्कमा समेत तालीम सिकाईने भएकोले समेत अर्को आकर्षण बढाइरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पथरी शनिश्चरेमा ‘विद्यार्थीसँग साहित्य’ अभियान

पथरी, ७ असोज / मानिसहरुलाई सृजनशील बनाउने माध्यमका रुपमा रहेको साहित्य र कलाको थप प्रवद्र्धन गर्न विद्यालयका विद्यार्थीहरुमा त्यस सम्बन्धि प्रशिक्षणात्मक सिकाईका लागि मोरङको पथरी

दमक–७ को वडा अध्यक्ष बन्ने चिरन न्यौपानेको आकांक्षा, १५ बुँदे विकास योजना सार्वजनिक

पशुहाटलाई व्यवस्थित, सफा, सुरक्षित र आधुनिक कृषि तथा पशु व्यापार केन्द्रका रूपमा विकास गर्ने

मकै, जौ र गहुँ खोज्दै हिँड्नुपर्ने बाध्यता हटाउँदै दिब्यदृष्टिको जमरा प्याकेज

झापा , असोज ७।  झापाको कमल–६ मा रहेको दिब्यदृष्टि पूजा सामग्री उद्योगले यस वर्षको बडादशैँका लागि जमरा राख्न आवश्यक मकै, जौ र गहुँ मिश्रित बीउ

विपद्मा बालबालिकाको सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकता दिन विज्ञहरूको जोड

दमक, ७ असोज । विपद् तथा जोखिमको समयमा बालबालिकाको अधिकार र संरक्षण सुनिश्चित गर्न बालमैत्री स्थानीय शासनको आवश्यकता झनै बढ्ने सरोकारवालाहरूले बताउनुभएको छ । जागृति बाल तथा

भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने: मन्त्री वाग्ले

काठमाडौं,७ असोज । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भुक्तानी तथा फछ्र्यौटसम्बन्धी कानुनलाई समयअनुकूल बनाउन विधेयक ल्याइएको बताउनु भयो । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा