मोती जयन्ती बिशेष

पुस्तक विमोचन र रचना वाचन

साहित्य कला सङ्गमले १६०ओैं मोती जयन्ती अवसर पारेर साहित्यकार शान्त प्रसाद भट्टराईका दुई कृतिको बिमोचन र नियमित रचना वाचन कार्यक्रम एक भव्य समारोहका बिच सम्पन्न गरेको छ ।

दमक, भदौ ७ । साहित्य कला सङ्गमले १६०ओैं मोती जयन्तीको अवसर पारेर साहित्यकार शान्त प्रसाद भट्टराईका दुई कृतिको विमोचन र नियमित रचना वाचन कार्यक्रम एक भव्य समारोहका बिच सम्पन्न गरेको छ ।

साहित्यकार भट्टराईका दुई कृतिहरु  त्रिरत्न ज्ञान मञ्च धार्मिक सङ्ग्रह र दृष्टि एक सिर्जना अनेक कविता सङ्ग्रहको बिमोचन प्रमुख अतिथि प्राध्यापक डा. कमलप्रसाद वस्ती,बरिष्ठ साहित्यकार तथा प्रतिभा निकेतनका संस्थापक अध्यक्ष खेमलाल पोख्रल,दमक प्रज्ञा परिषदका पुर्व अध्यक्ष हेमनाथ अधिकारी ,साहित्यकला सङ्गमका पूर्व अध्यक्ष नरपति पाण्डे, सङ्गमका वर्तमान अध्यक्ष विष्णु न्यौपानेले संयुक्त रुपमा विमोचन गरेका थिए ।

विमोचन भएका कृति त्रिरत्न ज्ञान मञ्चको साहित्यकार हेमनाथ अधिकारीले र दृष्टि एक सिर्जना अनेक कृतिको साहित्यकार गोपालप्रसाद दहालले समीक्षात्मक टिप्पणी गर्नुभयो । यसका साथै साहित्य कला सङ्गम दमकले सञ्चालन गर्दै आएको सिर्जनशील रचना वाचन कार्यक्रमको चौवन्नौ सृङ्खला पनि सोही कार्यक्रममा सम्पन्न भएको छ ।

दमक –५ स्थित दिपिनी आधारभुत विद्यालयको सभाहलमा भएको कार्यक्रममा दुई दर्जन भन्दा बढी  साहित्यकारहरुले रचना वाचन गरेका थिए । रचना वाचन गर्नेहरुमासाहित्य कला सङ्ग,दमकका उपाध्यक्ष यादवप्रसाद अधिकारी ,कोषाध्यक्ष ओमप्रसाद खनाल, साहित्यकारहरु आचार्य प्रभा, केशव आचार्य, इन्द्रप्रसाद धिमिरे ,अम्बिका प्रसाद सापकोटा , बिरेन्द्र खडका, मेघनाथ बन्धु, बिवेक दुलाल क्षेत्री, गोपाल दहाल, जीवनहरि शर्मा, किशोर खनाल, डिल्लीराम निरौला,टंक पाठक, यादवप्रसाद नेपाल ,शारदा निरौला ,दिलिप राई सगर ,हिमाल सुब्बा गुराश, रेनुका पोख्रल,खड्ग बहादुर खड्का, उर्मिला ओली, पुण्य प्रसाद ढकाल रहनु भएको छ ।

साहित्यकला सङ्गमका सल्लाहकार समेत रहेका शैक्षिक व्यक्तित्व प्राध्यापक डा. कमल प्रसाद वस्तीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा साहित्य कला सङ्गमका पूर्व अध्यक्ष नरपति पाण्डे ,प्रतिभा निकेतनका पुर्व अध्यक्ष खेमलाल पोख्रेल,बर्तमान अध्यक्ष कमलप्रसाद भट्टराई, साहित्यकारहरु जीवनहरि शर्मा, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष इन्द्रप्रसाद घिमिरेको बिशिष्ठ आतिथ्यता रहेको थियो ।

साहित्यकला सङ्गमका उपाध्यक्ष बिन्दु दहाल मुकदर्शकले मोतीराम भट्टको साहित्यिक योगदानको चर्चा गर्दै स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम साहित्य कला सङ्गमका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन साहित्य कला सङ्गमका कोषाध्यक्ष ओमप्रसाद खनालले गर्नु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विपद् व्यवस्थापन प्रभावकारी नभएको कांग्रेसको आरोप

काठमाडौं ,१५ भदौ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद् प्रभावित क्षेत्रमा राहत वितरण तथा उद्धार र व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको भन्दै सरकारलाई थप

धनगढी उपमहानगरपालिकाद्वारा बाढी प्रभावितलाई ४१ लाख रुपैयाँ आर्थिक सहयोग

धनगढी ,१५ भदौ ।धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित भएकालाई ४१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा

रसुवा बाढी प्रभावितका लागि कर्णालीका कांग्रेस–एमाले सांसदले ३ लाख ७५ हजार दिने निर्णय

सुर्खेत,१५ भदौ । रसुवाको बाढी प्रभावित क्षेत्रका लागि कर्णाली प्रदेश सभाका नेपाली कांग्रेस र नेकपा एमालेका सांसदले आर्थिक सहयोग गर्ने भएका छन्। दुवै दलको संसदीय

विनाशकारी बाढीको पीडा भारतसम्म , गण्डक नदीमा भेटिन थाले शव

रसुवा,१५ भदौ । पाँच दिनअघि रसुवामा आएको विनाशकारी बाढीको पीडा भारतसम्म पुगेको छ । भीषण बाढीले बगाएर बेपत्ता भएका मानिसमध्ये केही जनाको शव भारततर्फको गण्डक

५१ दिनपछि आंशिक खुल्यो मेची राजमार्गको माईखोला–राजदुवाली खण्ड

इलाम ,१५ भदौ। लामो समयदेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत इलामको माइखोला–राजदुवाली सडकखण्ड सोमबार बिहानदेखि सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय इलामले पहिलो चरणमा साना तथा

 बाढीपीडितलाई सफारी चालकको एक दिनको कमाइ

दमक,१५ भदौ ।विपद्को पीडामा परेकाहरूलाई सहयोग गर्न ठूलो रकम नै चाहिन्छ भन्ने छैन। आफ्नो श्रमबाट कमाएको एक दिनको आम्दानी पनि कसैका लागि ठूलो सहारा बन्न