घटनाबारे थपअनुसन्दान भईरहेको छ

धरानको जंगलमा जेब्रा  झोलामा पोको पारेको अवस्था मा पुरुषको दाहिने खुट्टा र टाउको फेला

 

 

धरान / बुधवार साँझ धरान–४ स्थित ९ किलोमिटर भन्ने स्थान (भेडेटार जाने बाटो) मा एकजना पुरुषको टाउको र खुट्टा बिकम पोजिसन ( कुँहिन थालेको ) अवस्थामा फेला परेको छ ।
जेब्रा झोलामा पोको पारेको अवस्थामा एक पुरुषको दाहिने खुट्टा र टाउको भाग अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी संजय सिंह थापाले जानकारी दिए । उनले भने‘ यो शव एक हप्ता जति पुरानो देखिन्छ । शरीरका अन्य भाग जंगली जनावरहरुले खाए भन्ने अवस्था पनि छैन् किनकी झोलाको भाग खुलेको पनि छ्रैन् यो योजनावद्ध ढगंले रिसिबी साध्न हत्या गरिएको हुनुपर्छ । ’

अनुसन्धानमा माहिर मानिने संघिय एकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालका अनुसार हाल यो शव टाउको भने चिनिने अवस्थामा छैन तर, टाउको फेला परेको छ त्यसलाई हामी सफा गछौ त्यसपछि मात्र शवको पहिचान खुल्छ । उनले भने यो घटनालाई सरसरि हेर्दा पुरुषको हत्या पछि बाच्नु सक्छ भन्ने उदेश्यका साथ उसको खुट्टा र टाउकोमा धारिलो बस्तु प्रहार गरिएको छ त्यसैले फेला परेको शवको भाग केही टुक्रिएको हो ।

रोडदेखि करिब ४७ फिट मुनी जेब्राभित्र भेटिएको खुट्टा र टाउकोले प्रहरीले घटना स्थान मुचुल्का गरी शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शव गृह ( मर्चरी ) पोष्टम्यार्टम गर्नु लगिएको बुझिएको छ । ‘ बुधबार ५ स्थानीयले सिस्नु टिप्नु जाँदा सिनु गन्हाए पछि सो घटनाबारे शव भेटियो भनेर प्रहरीलाई खबर पुगेको हो । दाहालका अनुसार उनका अनुसार टाउकोको प्रकृति हेर्दा ३५ वर्षको पुरुषजस्तो देखिएको छ । ५ दिन पुरानो शव हो । शरीर र अन्य भागको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । कसैले हत्या गरेर फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।

एसपी थापा, एसपी दाहाल र धरानका डिएसपी नरेन्द्र कुँवर सहितको टोली घटना स्थल अनुगमनमा पुगेको थियो । संघिय इकाई प्रहरी कार्यालय धरान केनाइन शाखाको लैला ट्याकर डग ‘लैला’ कुकुरको पनि प्रयोग गरिएको छ भने घटना स्थलमा घाम पानीले घटना स्थल नष्ट भएकाले कुनै प्रमाण कुकुरले फेला पार्नु नसकेको प्रहरीको निष्कर्ष छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले

मृत्यु भएका आठै जनाको पहिचान खुल्यो

रामेछाप,३० जेठ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा हिजो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय

ब्राजिल र मोरक्कोबीच आइतबार महाभिडन्त

काठमाडौं,३० जेठ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमने–सामने हुँदैछन् । न्यु