दमक,९ भदौ । हरितालिका तीज भन्नेबित्तिकै रातो साडीमा सजिएर परिवार र साथीहरूसँग रमाइलो गर्ने चाड भनेर धेरैले बुझ्छन्। तर सबै महिलाले यसरी मनाउन पाउँछन् त? आफ्नो पेशागत जिम्मेवारीमा निरन्तर व्यस्त हुने महिलाहरूले भने डिउटीमै तीज मनाउनुपर्ने अवस्था हुन्छ ।
दमक नगर प्रहरी जवान निशा धिमाल तिजको विशेष छुटी नभए पनि दमक नगरपालिकाभरिका इलाका प्रहरी, प्रशासन र ट्राफिक कार्यालयका महिला कर्मचारीहरूले मिलेर मनाएको तिजमा सहभागी घरमा जस्तो खुसी लागेको अनुभब सुनाउनुहुन्छ ।
महिलाहरुको माहान चाड तिज २÷३ दिन मनाँउने हुँदा घरमा गएर रमाइलो गर्न नपाए पनि हस्पिटलमा मनाउदा खुसी लागेको दमक अस्पतालकी दन्त विशेषज्ञ डाक्टर मिरा सिंह बताउनुभयो ।
प्रहरी,डाक्टर मात्र नभएर दमक अस्पताल ओपीडी इन्चार्ज ईश्वरी अधिकारीको पनि उस्तै अनुभब छ । हस्पिटलबाट तिज विशेष भनेर छुटी नहुने तर अस्पतालकै कर्मचारीसंग मनाईने तिजले रमाइलो हुने धारणा राख्नुभयो ।
यसरी प्रहरीदेखि डाक्टर र स्वास्थ्यकर्मीहरूसम्म, सबैले आफ्नो जिम्मेवारीसँगै परम्परा पनि जोगाइरहेका छन्। व्यस्त जीवनमा घरभन्दा बाहिर वा डिउटीकै बीचमा तीज मनाउँदा पनि महिलाहरूले परिवारसँगै मनाए जस्तै खुशी र आत्मसन्तुष्टि पाएका छन्।।









