काँकडभिट्टाबाट पेट्रोलियम पदार्थ आयात

दमक,११ भदौ । चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट एक अर्ब ५० करोड १३ लाख ६५ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको पाइएको छ ।

 

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आर्थीक वर्ष २०८१ ÷८२ को सोही अवधिको तुलनामा पाँच करोड २२ लाख अर्थात् तीन दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा वृद्धि भएको हो । आयातमा सामान्य वृद्धि भएसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पनि ११ दशमलव ८० प्रतिशत अर्थात् ७ करोड ९१ लाख ५३ हजारले बढेको हुमागाइले बताउनुभयो ।

 

पेट्रोलियम पदार्थ आयातबाट ७४ करोड ८३ लाख ३२ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा ७७ करोड तीन लाखको आठ हजार ९०४ किलोलिटर पेट्रोल आयात भएको थियो भने ४४ करोड ११ लाखको चार हजार ६७६ किलोलिटर डिजेल आयात भएको पाइएको छ ।

 

त्यसैगरी, २० करोड तीन लाखको एक हजार ९३३ मेट्रिक टन एलपी ग्यास, सात करोड तीन लाखको ७ सय ९२ किलोलिटर एटीएफ र एक करोड १३ लाख मूल्यको एक सय २८ किलोलिटर मट्टितेल आयात भएको पाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि

हुम्लामा धामीले कम्मरमै भाँचे फलामको डण्डा

हुम्ला,१० कार्तीक । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा आयोजित धार्मिक तथा सांस्कृतिक कार्यक्रममा पार्कीबाडा मष्टाका धामीले सोटा (फलामको डण्डा) भाँचेर आफ्नो शक्ति

विराटनगरलाई ८ रनले हराउँदै चितवन विजयी

काठमाडौं ,१० कार्तीक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको

बालेन सरकारविरुद्ध मधेसकेन्द्रित दलहरूको आन्दोलन तयारी

काठमाडौँ,१० असोज । दसैँ, तिहार र छठ जस्ता ठूला चाडपर्व सकिएलगत्तै मधेसकेन्द्रित दलहरुले बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध आन्दोलनको तयारी थालेका छन्। संविधान र संघीयताको रक्षा

दसैँ अवधिमा देशभर भएका सवारी दुर्घटनामा १२४ जनाको मृत्यु, झण्डै तीन हजार घाइते

काठमाडौँ , कार्तिक १०। दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ ।प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा

पुर्ख्यौली पेसा धान्न रातको अँध्यारोमा जीवन जोखिम : गाउँघरमा फेरी फुक्नेहरूको गुनासो

बिर्तामोड , कार्तिक १०। कात्तिक महिना सुरु भएसँगै गाउँघरमा जोगीहरु फेरी फुक्दै हिड्न थालेका छन् । चैत र कात्तिक महिनामा फेरी फुक्ने जोगीहरु दुई महिनापछि

इजरायलमा संसदीय निर्वाचन : मतदान केन्द्रहरूमा नेतान्याहुविरुद्ध चर्को असन्तुष्टि र शान्तिको माग

एजेन्सी , कार्तिक १०। इजरायलमा मंगलबार संसदका लागि निर्वाचन हुँदैछ । १२० सिटका निर्वाचन सुरु भएको हो । मतदान केन्द्रहरू खुलेसँगै विभिन्न उमेर समूहका मतदाताहरूले