मुख्यमन्त्री कार्की र इजरायली राजदूतको भेटमा के के संवाद भयो ?

विराटनगर,११ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र महामहिम इजरायली राजदूत श्मुलिक आरि बास बीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा भेटघाट भएको छ । सो अवसरमा मुख्यमन्त्री कार्कीले नेपाल–ईजरायल बीचको ऐतिहासिक मित्रता रहेको चर्चा गर्दै यसलाई अझै गाढा बनाएर लैजानुपर्ने बताउनुभयो।

 

कृषि, श्रम रोजगार र स्वास्थ्य क्षेत्रमा मुख्य सहकार्य हुँदै आएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले नेपाली मुख्यतया कृषि र केयरगिभरमा इजरायलमा कार्यरत भएको र यसलाई अझै व्यवस्थित बनाउनुपर्ने बताउनुभयो।

 

नवप्रवर्तन र प्रविधि हस्तान्तरणमा इजरायलको अनुभव नेपालका लागि उपयोगी हुने चर्चा गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश पनि इजरायल सरकारसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो

 

इजरायलमा आधुनिक कृषि प्रविधिका माध्ययम बाट भएको प्रगतिको प्रशंसा गर्दै उहाँले कोशी प्रदेश पनि कृषि उत्पादनका लागी प्रचुर सम्भावना बोकेको प्रदेश भएकाले सहकार्यको लागि तयार रहेको बताउनुभयो। उहाँले कोशी प्रदेश सरकारले कृषिमा उद्यमशीलता विकास गर्नका लागी ब्याज अनुदान दिएर युवाहरुलाई कृषि पेशा अंगाल्न प्रेरित गरेको जानकारी दिनुभयो।

 

 

उहाँले कोशी प्रदेशका कृषकलाई शैक्षिक र व्यावहारिक तालिमको व्यवस्था गर्न सके कृषिका माध्ययम बाट प्रदेशको आर्थिक विकासमा योगदान विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपाली युवा बिपिन जोशीको रिहाईका लागि पहल गरिदिन पनि आग्रह गर्नुभयो। “कोशी प्रदेश सरकार महामहिम राजदूत मार्फत जोशीको रिहाईको लागि आग्रह गर्दछ, सो अवसरमा मुख्यमन्त्री कार्कीले भन्नुभयो।

मनमोहन प्राविधिक विश्वविद्ययालय, गौरादह कृषि क्याम्पस लगायत प्रदेशका कृषि क्याम्पसहरू सँग सहकार्य गरेर अगाडि बढ्नका लागि पनि मुख्यमन्त्री कार्कीले आग्रह गर्नुभयो। सो अवसरमा इजरायली राजदूत श्मुलिक आरि बासले नेपाल र इजरायलको सम्बन्ध अत्यन्तै पुरानो र गाढा भएको बताउनुभयो । उहाँले पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला को पालादेखि नेपाल र इजरायलको सम्बन्ध सुमधुर रहेको बताउनुभयो। केयर गिभर र एग्रिकल्चरको क्षेत्रमा काम गर्ने अवसरहरू इजरायलमा रहेको चर्चा गर्दै त्यसमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो। कृषि क्षेत्रमा काम गर्न र सहकार्य गर्न इजरायल सरकार तयार रहेको बताउँदै उहाँले कोशी प्रदेशमा पनि सम्भावना भएको क्षेत्रमा सहकार्य गर्ने बताउनुभयो। नेपालमा कृषि काम गर्ने ५० प्रतिशत भन्दा बढी भएपनि सो अनुसारको प्रगति नभएको र इजरायलमा थोरै जनसङ्ख्या कृषिमा काम गर्ने भएपनि उल्लेख्य प्रगति भएको उदाहरण दिँदै कृषि क्षेत्रमा अझै धेरै काम गर्नुपर्ने औल्याउनु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि

हुम्लामा धामीले कम्मरमै भाँचे फलामको डण्डा

हुम्ला,१० कार्तीक । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा आयोजित धार्मिक तथा सांस्कृतिक कार्यक्रममा पार्कीबाडा मष्टाका धामीले सोटा (फलामको डण्डा) भाँचेर आफ्नो शक्ति

विराटनगरलाई ८ रनले हराउँदै चितवन विजयी

काठमाडौं ,१० कार्तीक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको

बालेन सरकारविरुद्ध मधेसकेन्द्रित दलहरूको आन्दोलन तयारी

काठमाडौँ,१० असोज । दसैँ, तिहार र छठ जस्ता ठूला चाडपर्व सकिएलगत्तै मधेसकेन्द्रित दलहरुले बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध आन्दोलनको तयारी थालेका छन्। संविधान र संघीयताको रक्षा

दसैँ अवधिमा देशभर भएका सवारी दुर्घटनामा १२४ जनाको मृत्यु, झण्डै तीन हजार घाइते

काठमाडौँ , कार्तिक १०। दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ ।प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा

पुर्ख्यौली पेसा धान्न रातको अँध्यारोमा जीवन जोखिम : गाउँघरमा फेरी फुक्नेहरूको गुनासो

बिर्तामोड , कार्तिक १०। कात्तिक महिना सुरु भएसँगै गाउँघरमा जोगीहरु फेरी फुक्दै हिड्न थालेका छन् । चैत र कात्तिक महिनामा फेरी फुक्ने जोगीहरु दुई महिनापछि

इजरायलमा संसदीय निर्वाचन : मतदान केन्द्रहरूमा नेतान्याहुविरुद्ध चर्को असन्तुष्टि र शान्तिको माग

एजेन्सी , कार्तिक १०। इजरायलमा मंगलबार संसदका लागि निर्वाचन हुँदैछ । १२० सिटका निर्वाचन सुरु भएको हो । मतदान केन्द्रहरू खुलेसँगै विभिन्न उमेर समूहका मतदाताहरूले