आधुनीक शहर बन्दै दमक, ‘रात्रीकालीन लक्षीत व्यवसायी भन्छन् प्रहरीले सुरक्षा दिन पर्यो ’

दमक, १६ भदौ । दमक शहरमा पछिल्लो समय रात्रीकालीन होटल र रेष्टुरेन्ट व्यवसायले गति लिएको छ । स्थानीय व्यवसायीहरूले शहरको व्यस्त सडक क्षेत्रमा विभिन्न रेस्टुरेन्ट र बार सञ्चालन गर्दै आएका छन् । रातको समयमा खानपान र मनोरञ्जन दुवैको सुविधा पाउन रात्रीकालिन होटल र रेष्टुरेन्टमा आँउने गर्द छन् ।

 

व्यावसाय रात्रीकालीन भएकोले ग्राहाकहरु राती मात्र आँउछन् तर प्रशासनले १० बजे देखी चलाँउन दिदैन । १० बजे पछाडि सटर बन्द गराउँदै प्रहरी सिटि फुक्दै आउँछन ।
रात्रीकालिन व्यावसायमा लगानी गर्नेहरुको गुनासो छ यसखालको व्यवसयामा प्रशाषनले सुरक्षा दिन नसक्नु कमजोरीपना हो । दमक चोकमा पलेटी रेष्टुरेन्ट एण्ड दोहोरी खाजा घरका सञ्चालक केदार सिवाकोटीले दमकलाई र्पयटन क्षेत्रमा समेत विकास गरिने भनेर भाषण गरिन्छ । तर त्यसलाई व्यवहारमा उतार्न हामीले लगानी गर्दा हामी माथी नै प्रशाषनको प्रहार हुन्छ । यस्तो अवस्थामा कसरी व्यापार गर्नु ? उहाँले प्रश्न गर्नु भयो । सुरक्षा दिएर यसखाले व्यवसाय चलायमान बनाइदिन उहाँले माग गर्नु भएको छ ।

 

दिनभरको कामले थकान भएको शरिर । काम सकेर एक छिन कुनै रेष्टुरेण्टमा गएर बसौ न भनौ होटल तथा रेष्टुरेण्डमा सिटि बजाउँदै प्रहरी आइपुग्ने । अनी कहि टाढाबाट दमक आइपुग्ने पाहुना । कोहि पाहुनाहरु घरमा बस्न अप्ठयारो हुने पनि हुन्छन । व्यवसायीक उद्धेश्यले आएका त्यसखालका व्यापारीलाई राती सुताउनु पर्यो भने कहाँ लैजाने ? सबै होटल १० बज्ने बित्तिकै बत्ती निभाएर सुतिसक्छन । यस्ता अनेकन समस्या दमकले झेलीरहेको छ । आधुनीक शहरको रुपमा विकास हुदै गएको यो शहरलाई रात्रीकालीन रुपमा पनि व्यवसाय सञ्चालन गर्न दिन र त्यसमा सुरक्षाको प्रत्याभूति राज्यले गर्नु पर्ने धारणा राख्नु हुन्छ दमक बजारमा द बर्गर हाउस एण्ड चिकेन क्रन्चीका सञ्चालक दीक्षीत ढकाल । उहाँले करोड हाराहारीमा लगानी गरिएका यसखाले व्यवसायले आफु कसरी सुरक्षीत भएर व्यवसाय चलाउने भन्ने सबै उपाय सोचेर गरेको भएपनि राज्य तहबाट हुने सुरक्षाका काम हुनै नसकेको बताउनु हुन्छ ।

दमकको चमक बढाउन र दमकलाई आन्तरीक पर्यटनको विकास गर्न पनि यसखाले रात्रीकालीन व्यवसाय सञ्चालन गरिन आवश्यक छ । नेपाल चेम्वर अफ कर्मस दमकका अध्यक्ष राजेन्द्र ढकालले सुरक्षाका उपाय अपनाएर र ग्राहकले पनि आफ्नो इमान्दारीतामा रहेर सेवा दिने र दिने हो भने दमकमा रात्रीकालिन व्यवसायको सम्भावना छ । बरु सबै क्षेत्रमा सम्भव नभएर कुनै निश्चित क्षेत्रलाई त्यसखालको व्यापारीक हव तोकेर गर्ने हो भने सुरक्षा व्यवस्थापन तथा व्यवसाय सञ्चानमा समेत एकरुपता आउन सक्ने सुझाव ढकालको छ ।

 

दमकमा रात्रीकालीन होटल–रेष्टुरेन्ट जस्ता व्यवसाय सञ्चालन गर्ने माग बढ्दो छ, जसले स्थानीय अर्थतन्त्र, रोजगारी र पर्यटनलाई टेवा दिने गर्दछ तर शान्ति–सुरक्षा, सामाजिक स्वीकार्यता र व्यवस्थापन चुनौतीपूर्ण पक्षले गर्दा सम्भावना धेरै भए पनि सफल कार्यान्वयनका लागि कानूनी साथै सुरक्षको व्यवस्था राम्रो हुँदा व्यावसाय राम्रो हुने दमकका व्यावसायको माग छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पथरी शनिश्चरेमा ‘विद्यार्थीसँग साहित्य’ अभियान

पथरी, ७ असोज / मानिसहरुलाई सृजनशील बनाउने माध्यमका रुपमा रहेको साहित्य र कलाको थप प्रवद्र्धन गर्न विद्यालयका विद्यार्थीहरुमा त्यस सम्बन्धि प्रशिक्षणात्मक सिकाईका लागि मोरङको पथरी

दमक–७ को वडा अध्यक्ष बन्ने चिरन न्यौपानेको आकांक्षा, १५ बुँदे विकास योजना सार्वजनिक

पशुहाटलाई व्यवस्थित, सफा, सुरक्षित र आधुनिक कृषि तथा पशु व्यापार केन्द्रका रूपमा विकास गर्ने

मकै, जौ र गहुँ खोज्दै हिँड्नुपर्ने बाध्यता हटाउँदै दिब्यदृष्टिको जमरा प्याकेज

झापा , असोज ७।  झापाको कमल–६ मा रहेको दिब्यदृष्टि पूजा सामग्री उद्योगले यस वर्षको बडादशैँका लागि जमरा राख्न आवश्यक मकै, जौ र गहुँ मिश्रित बीउ

विपद्मा बालबालिकाको सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकता दिन विज्ञहरूको जोड

दमक, ७ असोज । विपद् तथा जोखिमको समयमा बालबालिकाको अधिकार र संरक्षण सुनिश्चित गर्न बालमैत्री स्थानीय शासनको आवश्यकता झनै बढ्ने सरोकारवालाहरूले बताउनुभएको छ । जागृति बाल तथा

भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने: मन्त्री वाग्ले

काठमाडौं,७ असोज । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भुक्तानी तथा फछ्र्यौटसम्बन्धी कानुनलाई समयअनुकूल बनाउन विधेयक ल्याइएको बताउनु भयो । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा