विकासमा आलटाल

दमकको ट्राफिक भवन निर्माण कसका कारण अलपत्र भइरहेको छ ?

गत आर्थीक वर्षमा यो भवन निर्माणकालागी भनेर कोशी प्रदेश सरकारले ४० लाख रुपैँया बजेट बिनियोजन गरेको थियो । तर ट्राफिक प्रहरीको हेड क्वाटरबाट भवन निर्माणको स्विकारपत्र समयमा ल्याउन नसक्दा बजेट फ्रिज भएको कोशी प्रदेश स्थित मुख्यमन्त्री कार्यालय श्रोतले जनाएको छ ।

 

दमक, १७ भदौ । दमकमा एउटा सरकारी भवन बन्न थालेको वर्षौ भयो । ठीङङ उभीएको छ । तर यसको रुप रङ्ग केहि छैन । भीत्र पसेर हेर्यो भने अझै बिजोग अवस्था देखिन्छ । वर्षौदेखी अलपत्र छोडीएको यो भवन हो दमक स्थित ट्राफिक प्रहरी कार्यालयको भवन । २०७६ साल बैशा २३ गते एक वर्ष भित्रैमा निर्माण सम्पन्न गर्ने भन्दै सिलान्यास गरिएको यो भवन ६ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।

 

तत्कालीन १ नम्बर प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख डिआइजी केदार रिजाललको प्रमुख आतिथ्यतामा सिलान्यास भएको यो भवन बजेट अभावमा भन्दा पनि आएको बजेट पनि खर्च गर्ने प्रकृया पुरा नभएका कारण नबनेको बुझीएको छ ।

 

 

गत आर्थीक वर्षमा यो भवन निर्माणकालागी भनेर कोशी प्रदेश सरकारले ४० लाख रुपैँया बजेट बिनियोजन गरेको थियो । तर ट्राफिक प्रहरीको हेड क्वाटरबाट भवन निर्माणको स्विकारपत्र समयमा ल्याउन नसक्दा बजेट फ्रिज भएको कोशी प्रदेश स्थित मुख्यमन्त्री कार्यालय श्रोतले जनाएको छ । यता यो भवन निर्माणमा समन्वय गर्न बनेको उपभोक्ता समिती भने मुख्यमन्त्री हिकमत कुमार कार्कीकै कारण यो भवनले समयमा पूर्णता नपाएको अरोप लगाएको छ । समितीका सचिव चन्द्र खत्रीले पटक पटक बजेट माग गर्न गएको, हुन्छ हुन्छ भन्ने आश्वाशन पाइयो तर समयमा बजेट बिनियोजन नगरादिएका कारण यो अहिले सम्म अलपत्र परेको हो ।उहाले  उल्लेख गर्नुभयो ।

 

चालु आर्थीक वर्षमा पनि कोशी प्रदेश सरकारले बजेट बिनियोजन गरेको छ । सो बजेट चाहि समयमै कार्यान्वायनमा पठाइदिन उहाँले अनुरोध गर्नु भएको छ ।

 

 

बाहिरबाट हेर्दा निकै आधुनीक भवन जस्तो देखिने यसको भित्री स्वरुप अहिले भने लठीभद्र छ । जताततै निर्माणका सामाग्रीहरु छरिएका छन् ।

 

बिजुलीका तार, काठ, फलामका टुक्रा तथा रडहरु यत्रतत्र छरिएका छन् । यसले दुर्घटना हुने जोखिम त बढाइरहेको छ नै यही निर्माणाधीन भवनमै बसीरहेका दमकका ट्राफिक प्रहरीहरुलाई प्रशाषनीक काम र अन्य गतिविधि सञ्चालन गर्न समेत समस्या भइरहेको छ । कतिबेला कहाँ बन्ने हो ? कुन ठेकेदार आएर यहाबाट सर्नुस भन्लान , एक ठाउँमा टेवल कुर्सी राखेर काम गर्न समेत दुविधा भएको यहाँका इन्चार्ज बिजय राईले जानकारी दिनुभयो ।

 

 

 

झण्डै तीन करोड रुपैँयामा सकिने काम अहिले सम्म करिव ६० प्रतिशत सकिएको छ । यस अवधी सम्म अधिकमत लगानी कोशी प्रदेशकै छ । कोशी प्रदेश सरकारबाट १ करोड बढि लगानी भइसकेको छ भने सुरुवाती चरणमा दमक नगरपालिकाले ३० लाख लगानी पनि गरिदिएको थियो ।

 

चालु आर्थीक वर्षमा कोशी प्रदेश सरकारले करिव ७० लाख रुपैँया बजेट बिनियोजन गरेको छ । सो बजेट ट्राफिकको प्रदेश कार्यालय मार्फत वा हेड क्वाटर मार्फतनै काम हुने गरि बजेट पठाउने र यो आर्थीक वर्षभित्रमा यसको निर्माण गर्ने काम सम्पन्न गर्ने तयारी रहेको कोशी प्रदेश मुख्यमन्त्री हिकमत कुमार कार्कीका प्रमुख स्वकिय सचिव  जीवन कार्कीले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका