चार्डपर्वमा राहतका प्याकेज

दमकमा सहुलियत पसल खोल्ने चुनावी एजेण्डा कता हरायो ?

विप्पन्न, मजदुर र गरिवकालागी सँधै सहज र सहुलीयत ढंगबाट खरिद गर्न सक्ने गरिको सहुलीयत बजार खोलीन आवश्यक छ

दमक, १९ भदौ । चार्ड पर्व लाग्यो । अव दमकमा विप्पन्नका घर घरमा दाल, चामल , नुन तेलका पोका पोका पुक्छन् । एउटा कस्मेटीक योजना जसले क्षणीक भर वाई वाई पाउँछ । तर यसले खास प्रभाव र अस्तित्व राख्दैन । वर्षमा एक पटक १० देखी २० केजीका चामल दिएर स्यावासी कमाउन ध्याउन्न रहेका दमकका जनप्रतिनिधी तीनै विप्पन्नकालागी निरन्तर खरिद गर्ने सहुलीयत पसल खोल्न किन हिचकिचाईरहेका छन् ?

 

 

दमकमा सहुलीयत पसल खोल्ने र त्यो पसलमा दमक नगरपालिकाको सुचिमा परेका विपन्नहरुलाई सहुलीयतमा खरिद गर्ने वातावरण बनाउने हो भने त्यो दिगो र प्रभावकारी हुने कुरा समाजशास्त्री डम्बर कुमारी अधिकारी बताउनु हुन्छ । एक पटक चामल बाड्दैमा यसले सामाजीक समनता नआउने भएकोले कम्तिमा सँधै भरी सहुलीयत बजार स्थापना गरिदिने हो भने त्यो चाहि सबैभन्दा प्रभावकारी हुने समाजशास्त्री अधिकारीको भनाई छ ।

 

 

सहुलीयत बजार स्थापना गरिनु सबैभन्दा राम्रो र प्रभावकारी कुरा हो । यो काम गर्ने भनेर दमक गरपालिकाका मेयर राम कुमार थापाको टिमले चुनावी एजेण्डा पनि बनाएको थियो । साथै नेकपा एमालेले पनि यसलाई एजेण्डाको रुपमा अघी सारेको थियो । तर अहिले राम कुमार थापाको नेतृत्वमा दमक सरकार बनेको छ । तर अहिले सम्मको कार्यपालिकाको बैठकमा दमकमा सहुलियत पसल खोलेर विपन्नहरुलाई राहत दिने भन्ने बिषयनै प्रवेश नगरेको नगरका प्रवक्ता समेत रहनु भएका दमक वार्ड नं ८ का वार्ड अध्यक्ष धर्मप्रसाद दाहाल दिपेशले जानकारी दिनुभयो ।

 

बरु वार्ड वार्डबाट , नगरमा मेयर कोष तथा उपमेयर कोषबाट विपन्न परिवारलाई दशैका बेलामा केहि राहत दिइदै आइएको छ । यसले चार्डपर्वका बेलामा भएपनि विपन्नहरुमा राहत मिलोस भन्ने उद्धेश्यले यसो गरिएको दावि प्रवक्ता दाहालको छ ।

 

 

तर नगरवासी यस्तो कस्मेटीक पाराको राहत हैन । दिगो र समान किसीमको सबैको पहुच पुग्ने गरिको सहुलीयत पसल खुलोस भन्ने चाहना व्यक्त गर्दछन । दमकमा मजदुरी गरेर जीविको पार्जन गरिरहनु भएका नीरज विक बताउनु हुन्छ । उहाँले सहुलीत पसल खोलेर बजार मुल्य भन्दा केहि सस्तो दिने हो भने त्यसले सँधै राहत मिल्ने र महगीको मारमा नपर्ने बताउनु हुन्छ । त्यसैले उहाँको माग छ यसखाले पसल चाँडै खुलोस ।

 

 

दमक नगरपालिका र वार्डको सुचिमा रहेका विप्पन्न परिवारलाई यस्ता राहत वितरण गरिएको दावि नगरपालिका र सम्बन्धीत वार्ड कार्यालयहरुको छ । तर कतिपय विप्पन्नले नगर र वार्डबाटै यसरी वितरण भएको राहत बारेमा पनि आफुहरु जानकार नभएको प्रतिकृया दिएका छन् ।

 

यसले वार्ड र नगरले वितरण गरिरहेको त्यस्ता राहतका प्याकेटका प्याकेजको पारदशीर्तामा पनि प्रश्न उठ्न सक्ने सम्भावना देखिएको छ । त्यसैले अव देखावटी र प्रचारमुखी राहतका पोका हैन । विप्पन्न, मजदुर र गरिवकालागी सँधै सहज र सहुलीयत ढंगबाट खरिद गर्न सक्ने गरिको सहुलीयत बजार खोलीन आवश्यक छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक–७ को वडा अध्यक्ष बन्ने चिरन न्यौपानेको आकांक्षा, १५ बुँदे विकास योजना सार्वजनिक

पशुहाटलाई व्यवस्थित, सफा, सुरक्षित र आधुनिक कृषि तथा पशु व्यापार केन्द्रका रूपमा विकास गर्ने

मकै, जौ र गहुँ खोज्दै हिँड्नुपर्ने बाध्यता हटाउँदै दिब्यदृष्टिको जमरा प्याकेज

झापा , असोज ७।  झापाको कमल–६ मा रहेको दिब्यदृष्टि पूजा सामग्री उद्योगले यस वर्षको बडादशैँका लागि जमरा राख्न आवश्यक मकै, जौ र गहुँ मिश्रित बीउ

विपद्मा बालबालिकाको सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकता दिन विज्ञहरूको जोड

दमक, ७ असोज । विपद् तथा जोखिमको समयमा बालबालिकाको अधिकार र संरक्षण सुनिश्चित गर्न बालमैत्री स्थानीय शासनको आवश्यकता झनै बढ्ने सरोकारवालाहरूले बताउनुभएको छ । जागृति बाल तथा

भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने: मन्त्री वाग्ले

काठमाडौं,७ असोज । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भुक्तानी तथा फछ्र्यौटसम्बन्धी कानुनलाई समयअनुकूल बनाउन विधेयक ल्याइएको बताउनु भयो । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा

दमक–६ बालमैत्री वडा घोषणा, यसरी बन्यो भव्य

दमक, ७ असोज । दमक नगरपालिका वडा नं. ६ बालमैत्री वडा घोषणा भएको छ।बुधबार पशुपति मन्दिरमा भव्य कार्यक्रमको आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको

स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्दैछौँ : मन्त्री यादव

काठमान्डौ ,७ असोाज । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले यसै वर्ष १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनु