दमक, १९ भदौ । चार्ड पर्व लाग्यो । अव दमकमा विप्पन्नका घर घरमा दाल, चामल , नुन तेलका पोका पोका पुक्छन् । एउटा कस्मेटीक योजना जसले क्षणीक भर वाई वाई पाउँछ । तर यसले खास प्रभाव र अस्तित्व राख्दैन । वर्षमा एक पटक १० देखी २० केजीका चामल दिएर स्यावासी कमाउन ध्याउन्न रहेका दमकका जनप्रतिनिधी तीनै विप्पन्नकालागी निरन्तर खरिद गर्ने सहुलीयत पसल खोल्न किन हिचकिचाईरहेका छन् ?
दमकमा सहुलीयत पसल खोल्ने र त्यो पसलमा दमक नगरपालिकाको सुचिमा परेका विपन्नहरुलाई सहुलीयतमा खरिद गर्ने वातावरण बनाउने हो भने त्यो दिगो र प्रभावकारी हुने कुरा समाजशास्त्री डम्बर कुमारी अधिकारी बताउनु हुन्छ । एक पटक चामल बाड्दैमा यसले सामाजीक समनता नआउने भएकोले कम्तिमा सँधै भरी सहुलीयत बजार स्थापना गरिदिने हो भने त्यो चाहि सबैभन्दा प्रभावकारी हुने समाजशास्त्री अधिकारीको भनाई छ ।
सहुलीयत बजार स्थापना गरिनु सबैभन्दा राम्रो र प्रभावकारी कुरा हो । यो काम गर्ने भनेर दमक गरपालिकाका मेयर राम कुमार थापाको टिमले चुनावी एजेण्डा पनि बनाएको थियो । साथै नेकपा एमालेले पनि यसलाई एजेण्डाको रुपमा अघी सारेको थियो । तर अहिले राम कुमार थापाको नेतृत्वमा दमक सरकार बनेको छ । तर अहिले सम्मको कार्यपालिकाको बैठकमा दमकमा सहुलियत पसल खोलेर विपन्नहरुलाई राहत दिने भन्ने बिषयनै प्रवेश नगरेको नगरका प्रवक्ता समेत रहनु भएका दमक वार्ड नं ८ का वार्ड अध्यक्ष धर्मप्रसाद दाहाल दिपेशले जानकारी दिनुभयो ।
बरु वार्ड वार्डबाट , नगरमा मेयर कोष तथा उपमेयर कोषबाट विपन्न परिवारलाई दशैका बेलामा केहि राहत दिइदै आइएको छ । यसले चार्डपर्वका बेलामा भएपनि विपन्नहरुमा राहत मिलोस भन्ने उद्धेश्यले यसो गरिएको दावि प्रवक्ता दाहालको छ ।
तर नगरवासी यस्तो कस्मेटीक पाराको राहत हैन । दिगो र समान किसीमको सबैको पहुच पुग्ने गरिको सहुलीयत पसल खुलोस भन्ने चाहना व्यक्त गर्दछन । दमकमा मजदुरी गरेर जीविको पार्जन गरिरहनु भएका नीरज विक बताउनु हुन्छ । उहाँले सहुलीत पसल खोलेर बजार मुल्य भन्दा केहि सस्तो दिने हो भने त्यसले सँधै राहत मिल्ने र महगीको मारमा नपर्ने बताउनु हुन्छ । त्यसैले उहाँको माग छ यसखाले पसल चाँडै खुलोस ।
दमक नगरपालिका र वार्डको सुचिमा रहेका विप्पन्न परिवारलाई यस्ता राहत वितरण गरिएको दावि नगरपालिका र सम्बन्धीत वार्ड कार्यालयहरुको छ । तर कतिपय विप्पन्नले नगर र वार्डबाटै यसरी वितरण भएको राहत बारेमा पनि आफुहरु जानकार नभएको प्रतिकृया दिएका छन् ।
यसले वार्ड र नगरले वितरण गरिरहेको त्यस्ता राहतका प्याकेटका प्याकेजको पारदशीर्तामा पनि प्रश्न उठ्न सक्ने सम्भावना देखिएको छ । त्यसैले अव देखावटी र प्रचारमुखी राहतका पोका हैन । विप्पन्न, मजदुर र गरिवकालागी सँधै सहज र सहुलीयत ढंगबाट खरिद गर्न सक्ने गरिको सहुलीयत बजार खोलीन आवश्यक छ ।









