जेनजी आन्दोलनमा देश जलेको ताजा झझल्को : दमकबासी भन्छन्– हामी थप असुरक्षित भयाैं

दमक, २ असोज । भदौ २३ र २४ गते भएको सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्धको जेनजी आन्दोलनले देशभरि गहिरो चोट पु¥याएको छ। आन्दोलन शान्तिपूर्ण हुनुपर्ने बेला राजधानीदेखि गाउँ–गाउँसम्म आगजनी, तोडफोड र हिंसात्मक गतिविधिले देशलाई स्तब्ध बनायो। यी दुई दिनमा मात्र ७३ जनाले ज्यान गुमाए भने सयौं घाइते भए। सरकारी भवनहरूमा आगो लगाइयो, नेताहरूको घर समेत जलाइयो। प्रहरी चौकीहरू जलाइएपछि आन्दोलनकारीले हातहतियार लुटे, कैदीहरू जेलबाट भागे। सुरक्षा दिनुपर्ने प्रहरी नै असहाय भएपछि जनताले अझै ठूलो त्रास अनुभव गरिरहेका छन्।

 

दमक बजारमा दशैं नजिकिँदै गर्दा पनि सामान्य चहलपहल छैन। जनताले खुलेर किनमेल गर्न वा बाहिर निस्कन सहज महसुस गरिरहेका छैनन्। दमकमा व्यवसाय गर्दै आउनुभएका भोजराज पौडेलले प्रहरी चौकी र राज्यका मूल्यवान संस्थाहरू जलाउनु क्षम्य नहुने बताउनुभयो। उहाँले यस्तो कार्य गर्नेहरूलाई आजीवन सजाय दिनुपर्ने धारणा राख्नुभयो।

 

दमक–६ निवासीनै अस्मिता गजमेरले कैदी भागेपछि आफूलाई सुरक्षित महसुस गर्न नसकेको अनुभव सुनाउनुभयो। उहाँका अनुसार अहिले बाहिर निस्कन पनि डर लागि रहेको छ। कहाँ कस्ले के गर्ने हो भन्ने मनमा त्रास बोकेर हिड्नु परि रहेको उहाले बताउनुभयो ।

इलाम चुलाचुली–५ का विरमान तामाङले शान्तिपूर्ण आन्दोलन हुनुपर्नेमा नेताहरूको स्वार्थ र भ्रष्टाचारका कारण ठूलो धन जनको क्षति भएको आरोप लगाउनुभयो। घुसपैठ समेत भएको आसंका गरिएपनि त्यसको सत्य तथ्य छनविन गरि दोशीलाई कार्वाही गर्न उहाँले माग गर्नु भएको छ ।

 

आज पनि जनताले उहीँ आवाज उठाइ रहेका छन । भ्रस्टाचार अन्त्य गर्न सरकारले ठोस कदम चालोस्, दोषीलाई सजाय दिओस्, निर्दोष जनताको रगत र पसिनाबाट बनेका सम्पत्तिहरूको रक्षा गरोस्। केवल आश्वासनले होइन, ठोस कार्यले मात्र जनतामा फेरि विश्वास, आशा र सुरक्षाको अनुभूति गर्न सकुन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मकै, जौ र गहुँ खोज्दै हिँड्नुपर्ने बाध्यता हटाउँदै दिब्यदृष्टिको जमरा प्याकेज

झापा , असोज ७।  झापाको कमल–६ मा रहेको दिब्यदृष्टि पूजा सामग्री उद्योगले यस वर्षको बडादशैँका लागि जमरा राख्न आवश्यक मकै, जौ र गहुँ मिश्रित बीउ

विपद्मा बालबालिकाको सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकता दिन विज्ञहरूको जोड

दमक, ७ असोज । विपद् तथा जोखिमको समयमा बालबालिकाको अधिकार र संरक्षण सुनिश्चित गर्न बालमैत्री स्थानीय शासनको आवश्यकता झनै बढ्ने सरोकारवालाहरूले बताउनुभएको छ । जागृति बाल तथा

भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने: मन्त्री वाग्ले

काठमाडौं,७ असोज । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भुक्तानी तथा फछ्र्यौटसम्बन्धी कानुनलाई समयअनुकूल बनाउन विधेयक ल्याइएको बताउनु भयो । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा

दमक–६ बालमैत्री वडा घोषणा, यसरी बन्यो भव्य

दमक, ७ असोज । दमक नगरपालिका वडा नं. ६ बालमैत्री वडा घोषणा भएको छ।बुधबार पशुपति मन्दिरमा भव्य कार्यक्रमको आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको

स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्दैछौँ : मन्त्री यादव

काठमान्डौ ,७ असोाज । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले यसै वर्ष १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनु

ऋण तिर्नै सरकारलाई सास्ती:नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक

काठमान्डौ,७ असोज । नेपाल सरकारको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नजिक पुगेको छ। चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो दुई महिनामै सार्वजनिक ऋण २९ खर्ब