थप अनुसन्धान जारी

धरान–४ को जंगलमा बीभत्स अवस्थामा भेटिएको शवको पहिचान

 

 

झापा /

सुनसरीको धरान–४ को जंगलमा बीभत्स अवस्थामा भेटिएको शवको सनाखत भएको छ ।

मृतक झापा दमक ५ का ४३ वर्षीय दिपक सिग्देल भएको पहिचान भएको सुनसरी प्रहरी प्रमुख एसपी सन्जयसिह थापाले जानकारी दिए ।

कोशी राजमार्गको भेडेटार सडक खण्ड नजिकैको जंगलमा घाँसदाउराका लागि गएका गाउँलेले गत बुधबार पहिलोपटक शव देखेका थिए । थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । जेब्रा झोलामा मान्छेको खुट्टा र टाउको देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।

बिहीवार अर्को झोलामा जिउ फेला परेको थियो । त्यसपछि प्रहरीले उनको स्केच सार्वजनिक गरेको थियो । सुनसरी प्रहरीका अनुसार सोमबार उनका परिवारका सदस्य आएर मृतक दिपक सिग्देल भएको पुष्टि गरेका हुन ।

एसपी थापाका अनुसार वैदेशिक रोजगारीबाट फर्केका दिपक घरबाट बाहिर हिडिरहने गरेका थिए । यसपटक कहिलेदेखी घरमा सम्पर्कविहीन थिए भन्ने खुलिनसकेको एसपी थापाले बताए । ‘सनाखत भएको छ, थप अनुसन्धान जारी छ’, उनले भने ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल

राष्ट्रिय भेलाको तयारीमा जुट्यो एमाले

काठमाडौं,२७ असोज। नेकपा (एमाले) राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीका लागि पार्टीको पहिलो बैठक