Search
Close this search box.
"आलेको निर्देशनमा भगवानको चित्र निर्माण"

पशुपतिनाथ मन्दिर क्षेत्रमा रहेका पर्खालको तस्विरहरू

 

 

 

काठमाडौंपशुपतिनाथ मन्दिर परिसरका पर्खाल भगवानका चित्रले सजिएका छन्। संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशनमा भगवानको चित्र निर्माण गरिएको हो।

महाशिवरात्रि  पर्वअघि सक्ने गरी पाशुपात क्षेत्रको पर्खालमा पेन्टिङ भइरहेको संलग्न चित्रकारले बताए। पेन्टिङमा घरको बाहिरी भित्तामा प्रयोग गरिने ‘वेदर कोट’ प्रयोग गरिएको छ।

पेन्टिङ कम्तिमा १० वर्ष टिक्ने बताइएको छ।

एउटा चित्र बनाउन बनाउन दुईदिन लाग्नेछ। चार दिनदेखि चित्र बनाउने काम भइरहेको छ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp