नेकपा एमाले मौन

कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु

 

 

काठमाडौं प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको संसदमा एमसीसीमाथि छलफल हुने भएकाले त्यसअघि केके गर्ने भन्ने विषयमा छलफल गर्न र अजेण्डा तय गर्न सभामुख अग्निप्रसाद सापकोटाले कार्य व्यवस्थाको बैठक बोलाएका हुन्।

करिब ३२ महिनापछि विवादकै बीचमा एमसीसी संसदमा टेवल भएको छ। सत्तारुढ दलहरुभित्रै विवाद भइरहेको अवस्थामा एमसीसीमाथि छलफल सुरु हुँदै छ। सत्ताभित्र रहेका दलहरु यस विषयमा विभाजित रहेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको पार्टी नेपाली कांग्रेस एमसीसी पारित गर्ने पक्षमा छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी विपक्षमा रहेको छ। एकीकृत समाजवादीले खुलेर विरोध गरेको छैन भने माओवादीले विपक्षमा भोट हाल्ने भन्दै आएको छ।

सत्तारुढ गठवन्धनकै बीचमा विवाद भएको अवस्थामा प्रतिपक्ष नेकपा एमाले भने मौन रहँदै आएको छ। आफ्नो पार्टीको सरकार भएको संसदमा टेबल गरेको उक्त प्रस्ताव पारित गर्ने भोट दिने वा नदिने कुनै निर्णय एमालेले गरेको छैन। एमालेले निर्णय नगर्दा एमसीसी पारित हुने वा फेल हुने अंकगणित प्रस्ट हुन सकेको छैन।

कार्य व्यवस्थामा सामान्य छलफलमा कुन कुन दलले भाग लिने र कति दिनसम्म छलफल गर्ने तय हुनेछ। संसद् सचिवलायले सम्भावित कार्यसूचीमा एमसीसी  राखेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाली फुटबलको इतिहासमै पहिलो पटक गम्भीर संकट

काठमाडौँ,११ असार । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको घट्नाले नेपाली खेलकुदको क्षेत्रमा गम्भीर हलचल ल्याइदिएको छ । फिफा

राष्ट्रपतिद्धारा वैकल्पिक विधेयक प्रमाणीकरण

काठमाडौं,१२ असार । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गर्नु भएको छ ।   बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार

परीक्षाको नतिजा पारदर्शी र समयमै छ : शिक्षामन्त्री

काठमाडौं,११ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको बताउनु भएको छ। सामाजिक

दमक क्याम्पसमा बन्दै छ “स्मोकिङ जोन, आफ्नै “स्विमिङ पुल समेत

दमक | ११ असार | तपाईलाई सुन्दा अपत्यारिलो लाग्ला । विद्यार्थी अध्ययन गर्ने थलोमा “स्मोकिङ जोन” पनि बन्नेछ । यदि तपाईं नेपाल बाहिरका अन्तरास्ट्रिय क्याम्पसमा

रास्वपाको दस्तावेजमाथि सुदन किराँतीको टिप्पणी

काठमाडौं,११ असर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि गम्भीर बहस नगरी ताली

बाल विकासलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री कार्कीको जोड

विराटनगर,११ असार । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ । कोसी