नेकपा एमाले मौन

कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु

 

 

काठमाडौं– प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको संसदमा एमसीसीमाथि छलफल हुने भएकाले त्यसअघि केके गर्ने भन्ने विषयमा छलफल गर्न र अजेण्डा तय गर्न सभामुख अग्निप्रसाद सापकोटाले कार्य व्यवस्थाको बैठक बोलाएका हुन्।

करिब ३२ महिनापछि विवादकै बीचमा एमसीसी संसदमा टेवल भएको छ। सत्तारुढ दलहरुभित्रै विवाद भइरहेको अवस्थामा एमसीसीमाथि छलफल सुरु हुँदै छ। सत्ताभित्र रहेका दलहरु यस विषयमा विभाजित रहेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको पार्टी नेपाली कांग्रेस एमसीसी पारित गर्ने पक्षमा छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी विपक्षमा रहेको छ। एकीकृत समाजवादीले खुलेर विरोध गरेको छैन भने माओवादीले विपक्षमा भोट हाल्ने भन्दै आएको छ।

सत्तारुढ गठवन्धनकै बीचमा विवाद भएको अवस्थामा प्रतिपक्ष नेकपा एमाले भने मौन रहँदै आएको छ। आफ्नो पार्टीको सरकार भएको संसदमा टेबल गरेको उक्त प्रस्ताव पारित गर्ने भोट दिने वा नदिने कुनै निर्णय एमालेले गरेको छैन। एमालेले निर्णय नगर्दा एमसीसी पारित हुने वा फेल हुने अंकगणित प्रस्ट हुन सकेको छैन।

कार्य व्यवस्थामा सामान्य छलफलमा कुन कुन दलले भाग लिने र कति दिनसम्म छलफल गर्ने तय हुनेछ। संसद् सचिवलायले सम्भावित कार्यसूचीमा एमसीसी  राखेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल

राष्ट्रिय भेलाको तयारीमा जुट्यो एमाले

काठमाडौं,२७ असोज। नेकपा (एमाले) राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीका लागि पार्टीको पहिलो बैठक