तीहारको बजार, दमकमा देखियो यस्तो भीड, उपहार किन्नेको लर्को, कसले के किने ?

दमक, ३ कार्तिक । दमकको बजारमा केहि दिन देखी भीड बढेको छ । खासगरी खाद्यन्न र कपडा पसलमा ग्राहक तथा उपभोक्ताको भीड बढि देखिन्छ । अनी पुजाका सामाग्री र भाई मसला बेच्ने पसलहरुमा ग्राहकहरुको भीडभाड देखिन्छ ।

तर यस्तो बेलामा व्यापारीले कस्ता सामान बेचिरहेका छन् । उपभोक्ताले सहि मुल्यमा पाएका छन् कि छैनन । गुणस्तरीय र किफायती सामानको व्यापार भएको छ कि छैन भन्ने कुरा चाहि सरकारी निकायबाट अनुगमन भएको छैन ।
व्यापारीले जसरी बेचीरहेका छन् उपभोक्ता तथा ग्राहकले त्यसैगरी किन्नु पर्ने बाध्यता छ ।

यही सन्दर्भमा आफ्ना दाजुभाईलाई उपहार किन्न भनेर दमकको बजारमा आउनु भएकी उपभोक्ता हेम कुमारी बोहोरा बजारमा व्यापारीको मन लाग्दी मुल्य भएको प्रतिकृया दिनु हुन्छ । एउटै सामान एउटा पसलमा एक मुल्य अर्को पसलमा अर्कै मुल्य । अनी फेरी यती धेरै महगो बजार भएको छ कि किन्ने आँट नै आएको छैन ।

 

यस्तै दमक बजारमा तिहारको किनमेल गर्दै गर्दा भेटिनु भएकी खीनमाया कोईराला भन्नु हुन्छ बजारमा भीड छ । दाजु भाईलाई उपहार किन्नै पर्यो ।सस्कृती संरक्षण गर्न पनि बजारमा जे छ त्यो त लैजानै पर्यो ।

 

तिहारको चहलपहल बढेसँगै दशैको तुलनामा भन्दा तिहारमा अलि धेरै ग्राहक आँउने गरेका छन्। तिहारको लागि कपडा किन्दा कोहि दिदि बहिनी दाजु भाइ सगै ल्याएर रोजाएर कपडा किन्नु हुन्छ भने कुनै दिदि बहिनि एकलै आएर कपडा किन्नु भएको बताँउनु हुन्छ ४०० ६०० ८०० १०० को सञ्चालक हरि प्रसाद तिवारि।

हरि प्रसाद तिवारि मात्र होइन अर्का व्यावसायि रक्षा फेन्सिको सञ्चालक मनिस पौडेल पनि उस्तै प्रतिकृया दिनु हुन्छ। दशैमा जेन जिको असर भएकाले कम ग्राहक आँउथे तर तिहारमा भने धेरै आउने गर्छन्। पहिले भन्दा अहिले तिहारको सामान किन्ने चलन धेरै फरक भएको छ। दाजु भाइ दिदि बहिनि सँगै आएर खुसीका साथ कपडा आवश्यक्ता अनुसार रोजाएर सामान किन्ने गरेको छन्।

बजारमा व्यापार बढेको छ । तर बजार अनियन्त्रीत छ । उपभोक्ता सुरक्षीत छन भन्ने भान गर्न सकीएको छैन । राज्यको निष्कृयताका कारण उपभोक्ताको अधिकार हनन भइरहेको छ । यस्तो बेलामा मानव अधिकारवादी र उपभोक्ता अधिकारवादी संघ सस्थापनि घाम तापेर मात्रै बसेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको