बाटोको जाखिम मोलेर कन्याम घुम्नेहरु भन्छन् : ‘कन्याम नघुमी मनै मानेन अनी आयौ’

इलामको सौन्दर्यताले कसैलाई इलाम नआई राख्न सक्छ र भन्ने प्रश्नको जवाफ भेटिन्छ यतीबेला इलाको कन्याय घुम्न आउनेहरुबाट

इलाम, ४ असोज । गत असोज १८ र १९ गते आरी घोप्टे वर्षाका कारण इलाममा बिशाल पहिरो गयो । करिव ३७ जनाको एकै दिन पहिरोका कारण इलाममा मात्रै मृत्यू भयो । कयौ बाटो र पुल भत्क्यो । बग्यो । हजारौ नागरीक बाटोमै अलपत्र परे । परिवार गुमे । आफन्त छुटे । त्यो बेला इलाम भन्ने बित्तिकै सबैको मनममा डर र त्रास मात्रै देखिन्थ्यो । ओ हो इलाम जानु र भन्ने जस्तो भएको थियो । तर जोखिम सँधै उस्तै हुदैन । अनी इलामको सौन्दर्यताले कसैलाई इलाम नआई राख्न सक्छ र भन्ने प्रश्नको जवाफ भेटिन्छ यतीबेला इलाको कन्याय घुम्न आउनेहरुबाट ।

 

 

मेची राजमार्ग पहिरोको जोखिम हुने राजमार्ग हो । कहाँ कति बेला पहिरो जान्छ पत्तै हुन्न । त्यसैले यो बाटो आवात जावतमा प्रशाषनले कडाई गर्यो । त्यो बेला रातको समयमा सवारी चल्नै दिएन । ठाउँ ठाउँमा भत्केका कारणले गर्दापनि बाटो सहज थीएन । तर त्यस्तो असहजतालाई समेत छिचोल्दै सप्तरीबाट परिवार सहित कन्याम घुम्न आउनु भएका धनकुमार लामा भन्नु हुन्छ ‘अहिले सहजता हुदै गएको रहेछ हामी सजीलै आयौ । र कन्यामको आनन्द महसुस गर्यौ । ’

 

कन्याममा चियाबारीको रमाइलो सबै भन्दा बढि आकर्षणको केन्द्र हो । अनी यही बगानको माथी गएर वरीपरिका सबै दृृष्य देखिने डाडा जसलाई लभ डाडा पनि भनिन्छ त्यहाँ गएर तस्बिर खिच्नुको आनन्द पनि बेग्लै छ । यती मात्रै नभएर अहिले त यहाँ बिभिन्न जातीय पोषाक लगाएर तस्बिर खिच्ने, भिडियो बनाउनेको पनि होडवाजी नै छ । अझ घोडा सयरले कन्याममा पर्यटकहरुलाई थाम्न सकेको छ । पर्यटकहरु के गर्दा आनन्दीत हुन्छन् र धेरै बेर अडीन सक्छन त्यस खालका व्यवसाय वा क्षेत्रको विकास गर्न सक्नुनै यस क्षेत्रको पर्यटकीयलाई दिगो पर्नु रहेको बताउनु हुन्छ यहाँ जातीय पोषाकको व्यापार गरिरहनु भएकी पर्यटन व्यवसायी लीलामाया तामाङ ।

 

बाढि पहिरो र जेनजी आन्दोलनले गर्दा अहिले कन्याम घुम्न जाने पर्यटकहरुको संख्यामा कमी आएको छ । सुरक्षीत र वैकल्पीक बाटाहरुको निर्माण र यस ठाउँलाई अझ सौन्दय बनाउन सक्ने हो भने कन्याममा बाह्रै मास पर्यटक आउन सक्ने बताउनु हुन्छ अर्का व्यवसायी गगन तामाङ ।

कन्याम आफैमा सुन्दर छ । प्रकृतीले दिएको एउटा सुन्दर उपहारनै हो भन्दा पनि फरक पर्दैैन । तर अहिले सौन्दर्यताका नाममा यहाँको प्राकृतिक आनन्दमा कमी आइरहेको र फोहोर र प्रदुषण समेत बढ्न थालेको छ । यसको समाधान र व्वस्थापनमा स्थानीय सरकार सजग हुन जरुरी छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको