बाटोको जाखिम मोलेर कन्याम घुम्नेहरु भन्छन् : ‘कन्याम नघुमी मनै मानेन अनी आयौ’

इलामको सौन्दर्यताले कसैलाई इलाम नआई राख्न सक्छ र भन्ने प्रश्नको जवाफ भेटिन्छ यतीबेला इलाको कन्याय घुम्न आउनेहरुबाट

इलाम, ४ असोज । गत असोज १८ र १९ गते आरी घोप्टे वर्षाका कारण इलाममा बिशाल पहिरो गयो । करिव ३७ जनाको एकै दिन पहिरोका कारण इलाममा मात्रै मृत्यू भयो । कयौ बाटो र पुल भत्क्यो । बग्यो । हजारौ नागरीक बाटोमै अलपत्र परे । परिवार गुमे । आफन्त छुटे । त्यो बेला इलाम भन्ने बित्तिकै सबैको मनममा डर र त्रास मात्रै देखिन्थ्यो । ओ हो इलाम जानु र भन्ने जस्तो भएको थियो । तर जोखिम सँधै उस्तै हुदैन । अनी इलामको सौन्दर्यताले कसैलाई इलाम नआई राख्न सक्छ र भन्ने प्रश्नको जवाफ भेटिन्छ यतीबेला इलाको कन्याय घुम्न आउनेहरुबाट ।

 

 

मेची राजमार्ग पहिरोको जोखिम हुने राजमार्ग हो । कहाँ कति बेला पहिरो जान्छ पत्तै हुन्न । त्यसैले यो बाटो आवात जावतमा प्रशाषनले कडाई गर्यो । त्यो बेला रातको समयमा सवारी चल्नै दिएन । ठाउँ ठाउँमा भत्केका कारणले गर्दापनि बाटो सहज थीएन । तर त्यस्तो असहजतालाई समेत छिचोल्दै सप्तरीबाट परिवार सहित कन्याम घुम्न आउनु भएका धनकुमार लामा भन्नु हुन्छ ‘अहिले सहजता हुदै गएको रहेछ हामी सजीलै आयौ । र कन्यामको आनन्द महसुस गर्यौ । ’

 

कन्याममा चियाबारीको रमाइलो सबै भन्दा बढि आकर्षणको केन्द्र हो । अनी यही बगानको माथी गएर वरीपरिका सबै दृृष्य देखिने डाडा जसलाई लभ डाडा पनि भनिन्छ त्यहाँ गएर तस्बिर खिच्नुको आनन्द पनि बेग्लै छ । यती मात्रै नभएर अहिले त यहाँ बिभिन्न जातीय पोषाक लगाएर तस्बिर खिच्ने, भिडियो बनाउनेको पनि होडवाजी नै छ । अझ घोडा सयरले कन्याममा पर्यटकहरुलाई थाम्न सकेको छ । पर्यटकहरु के गर्दा आनन्दीत हुन्छन् र धेरै बेर अडीन सक्छन त्यस खालका व्यवसाय वा क्षेत्रको विकास गर्न सक्नुनै यस क्षेत्रको पर्यटकीयलाई दिगो पर्नु रहेको बताउनु हुन्छ यहाँ जातीय पोषाकको व्यापार गरिरहनु भएकी पर्यटन व्यवसायी लीलामाया तामाङ ।

 

बाढि पहिरो र जेनजी आन्दोलनले गर्दा अहिले कन्याम घुम्न जाने पर्यटकहरुको संख्यामा कमी आएको छ । सुरक्षीत र वैकल्पीक बाटाहरुको निर्माण र यस ठाउँलाई अझ सौन्दय बनाउन सक्ने हो भने कन्याममा बाह्रै मास पर्यटक आउन सक्ने बताउनु हुन्छ अर्का व्यवसायी गगन तामाङ ।

कन्याम आफैमा सुन्दर छ । प्रकृतीले दिएको एउटा सुन्दर उपहारनै हो भन्दा पनि फरक पर्दैैन । तर अहिले सौन्दर्यताका नाममा यहाँको प्राकृतिक आनन्दमा कमी आइरहेको र फोहोर र प्रदुषण समेत बढ्न थालेको छ । यसको समाधान र व्वस्थापनमा स्थानीय सरकार सजग हुन जरुरी छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका