इलाको अन्तु पोखरी किन जाने, गएका के भन्छन् ?

इलम, ४ असोज। इलाको श्री अन्तु । इलाम घुम्न जानेका लागी नयाँ पर्यटकीय गन्तव्य हो । श्री अन्तु खास गरी घामको झुल्को हेर्न जाने भन्ने प्रचलन छ । किनकी नेपालमा घाम उदाएको पहिलो पटक यहीबाट देखिन्छ अर्थात नेपालमा घाम झुल्कदाको पहिलो पटक यही ठोकीन्छ । यही दृष्य हेर्न भन्दै पर्यटकहरु श्री अन्तु पुग्ने बताउँछन् । तर यहाँका पर्यटन व्यवसायीले श्री अन्तु आउने पर्यटकलाई यतीमा मात्रै सिमित चाहि पारेका छैनन । यहाँ चिया बगानको बिचमा पोखरी बनाइएका छन् । पोखरीको वरीपरी रिसोर्ट तथा कजेट सहितका रेष्टुरेण्ड, होम स्टेहरु बनाएका छन् ।

 

 

रातमा रम्न र झुम्नका लागी क्याम्प फायरको सुविधा पनि दिएका छन् । चिसो मौसम । रातको समय । मन्द म्यूजिक अनी क्याम्प फायरीङ । साथी तथा परिवारको समुह । गरिने वात चित । सबैकुरा कल्पना गर्दा मात्रै पनि निकै आनन्द आउँछ अन्तुमा । हो यही आनन्द लिनकालागी पर्यटकहरु यहाँ पुग्ने गर्दछन् ।

 

अझ रातको समयमा कृतीम बत्तीहरु लगाएर पुरै अन्तु पोखरीलाई उज्यालो बनँइन्छ । रङ्गी चंगी बत्तीले त्यहाँको माहोल अझ मनमोहक बनाइदिन्छ । अहिले यहाँको आनन्द लिन स्वदेशी मात्रै नभएर विदेशी पर्यटक पनि आउने गर्दछन । देशका बिभिन्न ठाउँ र विदेशका समेत पाहुनाहरुलाई स्वागत र सत्कार गर्न यहाँका पर्यटन व्यवसायीहरु हरेक दिन तयारी अवस्थामा बसी रहेका हुन्छन् । बाटो सबै सहज छ । तर अली साँघुरो छ । स्थानीय सरकारले यहाँको पर्यटन विकासमा उल्लेख्य योगदान गरेको छ । जसले गर्दा पर्यटन र पर्यटन व्यवसायीले सुरक्षीत तरिकाले बस्न र व्यापार गर्न पाएका छन् । तर बाटो फराकीलो बनाउन सके यस क्षेत्रमा पर्यटकहरु अझ सुरक्षीत तरिकाले आउन सक्ने थिए कि भन्ने लाग्छ यहाँका पर्यटन व्यवसायी धन प्रसाद दुलाललाई ।

यस ठाउँमा हरेक दिन पर्यटकहरु बढि रहेका छन् । अव झन चिसोको मौसम सुरु हुन लागेको छ । यो बेलामा अझ यस क्षेत्रमा जाने पर्यटकहरुको संख्या बृद्धि हुन्छ । तर यहाँ हुने फोहोर, अझ प्लाष्टिकजन्य फोहोरको उचीत व्यवस्थापन नहुदा भने श्री अन्तुको सौन्दर्यतालाइनै गिज्याइपो रहेको छ कि । यस तर्फ सरोकारवालाले समयमै ध्यान नदिने हो भने श्री अन्तुले आफ्नो अस्तित्वनै नगुमाउला भन्न सकिन्न ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका