श्री अन्तु डाँडा घामको झुल्को हेर्न पुग्नै पर्ने ठाउँ, कसरी जाने ? केके देखिन्छ त्यहाँ ?

इलाम ४ असोज । देशकै प्रमुख र्पयटक स्थल इलाम मानिन्छ। पर्यटकहरु प्राकृतिक सुन्दर्तामा एक दिन भए पनि रमाउन विभिन्न ठाँउबाट इलाम आँउने गर्दछन्। सूर्योदय नगरपालिकामा पर्ने आकर्षक पर्यटकीय गन्तव्य हो श्री अन्तु । कन्यामको प्राकृतिक सुन्दर्ताको आन्नद लिए पछि पर्यटकहरु सुर्यको पहिलो झुल्को र्हेन श्री अन्तु जाने गर्दछन् । झिसमिसेमा जङगलको उकालो बाटो हिडेर सुर्य उदाएको र्हेन अन्तु डाँडा पुगेपछि त्यहाँको दृश्ष्य र मौसमले मनलाईनै आनन्दित बनाइदिन्छ ।

 

उकालो बाटो हिडेको थकान सुर्य उदाएको र्हेनको पर्खाइ सबै एकै छिनमा मेटाइ दिन्छ जतिबेला सुर्योदय हुन्छ। जब सुर्य उदाउन सुरु हुन्छ त्यो समय सबै र्पयटकको आँखा ध्यान एकटक भएर सुर्य तिर हुन्छ। जुन देखेर पर्यटकहरु उत्साहीत हुन्छन् । खुसीले चिच्याउँछन् । रमाउँछन् ।

 

पर्यटकमा देखीने खुसी उत्साह मानौकि बर्सौ देखीको प्रतिक्षा प्रप्त भएको जस्तो । हरियाली वातावरण, सल्लाघारीबीचको डाँडामा बनाइएको व्यवस्थित भ्यु टावर, चराको चिरबीर, सुर्य उदाए पछिको किरण ,र्पयटकको भिड र आकर्षक पार्कले पनि अन्तुडाँडाको सौन्दर्यलाई थप सिंघारेको छ ।

 

दशैं तिहारको समयमा स्कुल कलेज छुटि छन् । यसै अवसरमा साथीहरुसंग कन्याम हँदै श्री अन्तु घुम्न आँउदा रमाइलो भएको बताँउनु हुन्छ विरटानगरबाट घुम्न आँउनु भएको र्पयटक समीर रेग्मी। श्री अन्तु डाडाबारे गुगलबाट थाहा पाएको र सुर्य उदाएको र्हेन आएको प्रतिकृया दिनुभयो ।

 

 

देश तथा विदशबाट सिजनामा दैनीक जसो २० देखी ३० हजार सम्म र्पयटक आँउने यहाँ आउने गर्दछन् । असोज, कातिक ,मङसीरमा धेरै र्पयटक आँउने गरेको यहाँका स्थानीयहरुले जानकारी दिनु भएको छ । यसरी आउने पर्र्यटकको व्यवस्थापन गर्न स्थानीयहरुले बिभिन्न कटेज खोलेका छन् । रेष्टुरेण्ट तथा बार सहितका होटलहरुको सुविधा छ । पर्यावरणीय रुपमा पनि आनन्दमय यो ठाउँ स्थानीय व्यवसायीको स्वागत र सत्कारले अझ भव्य बनाउने प्रयास गरिरहिएको स्थानीय व्यवसायी रतन गोले तामाङ ।

 

यहाँ खासगरी पूर्वि नेपाल र भारतको पूर्वि राज्यबाट अधिकांश पर्यटकहरु आउने गरेका छन् । यहाँको सौन्दर्य र आनन्दमयीका भिडियोहरु यहाँ आउने आगन्तुकहरुले सामाजीक सञ्जालमा पोष्ट गर्नु हुन्छ र त्यहि देखेर देश तथा विदेशबाट समेत पर्यटकहरु श्री अन्तुको आनन्द लिन आउने गरेका छन् । प्रकृती र पर्यावरणमा रमाउनेकालागी श्री अन्तु निकै महत्वपूर्ण क्षेत्र रहेकोले पनि सबैको रोजाईमा पर्ने गरेको स्थानीय पर्यटन व्यवसायी समीर ढकालको भनाई छ ।

श्री अन्तु पछिल्लो समय मानव अतिक्रमणमा पर्ने हो कि भन्ने चिन्ता बढ्न थालेको छ । यो प्राकृतीक स्थललाई मानव निर्मित विभिन्न संरचनाले यसको सौन्दर्यता र महत्वलाई घटाइ रहेको छ । यसलाई प्राकृतीक रुपमै जोगाई राख्न अव भने मानवीय संरचना बनाउन नदिन स्थानीय सरकारले कडाई गर्न पर्छ । हैन भने यसको आस्तित्वनै जोखीममा पर्ने सम्भावना बढ्ने देखिन्छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुरक्षा परिषद् बैठकः सुनसरी घटना र शान्ति सुरक्षाबारे छलफल हुँने

काठमाडौं,१४ साउन । प्रधानमन्त्री बालेन शाहले सुरक्षा परिषद्को बैठक बोलाउनु भएको छ् । परिषद्का अध्यक्ष समेत रहनु भएको प्रधानमन्त्री शाहले आज बिहान साढे ११ बजे

विराटनगर विमानस्थलमा जुत्ताभित्र ब्राउन सुगर बरामद

विराटनगर,१४ साउन । विराटनगर विमानस्थलको नियमित सुरक्षा जाँचका क्रममा काठमाडौं पठाउन लागिएको स्पोट्र्स जुत्ताभित्र लुकाइएको ब्राउन सुगर बरामद भएको छ । घटनामा संलग्न आरोपमा एक

दुई पुस्ताको बिचमा, हामी

आज पनि कतिपय परिवारमा बाबु र छोरा बिच सम्पर्क नभएको देख्छु । छोरीसँग सञ्चार छ तर छोरासँग छैन । त्यसैगरी साथीको एक्लो छोरो विदेशमा समय खेर फाल्दै थियो ।

गढीमाई मन्दिरको ताला फोडेर बहुमूल्य गहना चोरी

रौतहट,१३ साउन । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ । गत साउन १० गते

सरकारद्वारा ९ विधेयक संसदमा पेस गर्न स्वीकृति

काठमाडौं,१३ साउन । सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका