असुरक्षीत बनदै बालकिाहरु

स्कूलबाट घर फर्कएिकी १२ वर्षयि बालकिा लेटाङको जंगलमा मृत भेटइिन्

 

विराटनगर । स्कूलबाट घर फर्किएकी एक जना बालिका मोरङको लेटाङको जंगलमा मृत फेला परेकी छिन् ।

लेटाङ नगरपालिका – ८ ज्यामिरे टोलकी १२ वर्षिय करुण राईको शव आज बिहान मृत लालहीरा सामुदायिक वनभित्र फेला परेको हो ।

उनी फागुन ११ स्कूल छुटी भएर घर फर्किने क्रममा हराएकी थिइन् । ज्यामिरे टोलदेखि करुण अध्ययन गर्ने स्कूल जाते उच्च मावि पुग्न एक घण्टा पैदल हिडेर जानु पर्दछ । ज्यामिरे मोरङको उत्तरी बिगट पहाडी क्षेत्रमा पर्दछ । करुण कक्षा ६ मा अध्ययरत छिन् ।

प्रहरीले यस घटनामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मन्जिल मुकारूङले जानकारी दिए । ‘अनुसन्धानको लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘घटनाको सोधपुछ र अनुसन्धान भइरहेको छ ।’

मृतकको शव नाङ्गो अवस्थामा भेटिएको छ । प्रहरीले उत्खनन गरेर उनको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन लागेको छ । खोजी गर्ने क्रममा शव गाडेर माथिबाट ढुङ्गाले छोपेको अवस्थामा शव भेटिएको हो ।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले उत्खनन गर्दा शव भेटिएको हो । प्रहरीका अनुसार बालिकाको शरीरका विभिन्न भागमा चोट छ । अहिले पनि लेटाङ प्रहरीले घटनास्थलमै रहेर अनुसन्धान गरिरहेको छ ।

बलात्कारपछि हत्या गरेर उनको शव गाडिएको हुनसक्ने प्रहरीको आशङ्का छ । प्रहरीले खाल्डोबाट बालिकाको शव उत्खनन गरेर बाहिर निकाल्दा घटनास्थल तनावपूर्ण बनेको थियो । करिब पाँच सयको सङ्ख्यामा भेला भएका स्थानीयले नाराबाजी र प्रदर्शन गरेर घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानेपानी साधारणसभा रीर्पोट

दमक,२८ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक , झापाले शुक्रबार आफ्नो २९औँ साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष झैँ

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो