प्रधानमन्त्री सुशीला कार्कीद्धारा मन्त्रपिरिषद् बिस्तारको तयारी, नियुक्त हुने ४ जना मन्त्रीको आजै शपथ हुने

काठमाण्डौं,९ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले थप ४ मन्त्री नियुक्तिका लागि आज आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नाम सिफारिस गर्नु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्री बनाउन गणपतिलाल श्रेष्ठ, सुधा गौतम, बब्लु गुप्ता र खगेन्द्र सुनारको नाम राष्ट्रपतिको कार्यालय पठाइएको छ । यसैबीच यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने भनिएका गणपतिलाललाई भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने गरी सिफारिस गरिएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

 

अन्यमा सुधा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री, बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री र खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्दै हुनुन्छ। उहाँहरूलाई आजै आइतबार दिउँसो साढे २ बजे शीतल निवासमा पदको शपथ खुवाउने कार्यक्रम रहेको छ। आज चार मन्त्री थपिँदा कार्की नेतृत्वको मन्त्रिपरिषद् १२ सदस्यीय हुनेछ। यसअघि मन्त्रिमण्डलमा ८ सदस्य थिए ।

 

जसमा कार्की प्रधानमन्त्री, रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री, ओमप्रकाश अर्याल गृहमन्त्री, अनिलकुमार सिन्हा उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री, महावीर पुन शिक्षा तथा विज्ञान प्रविधि मन्त्री, मदनप्रसाद परियार कृषि तथा पशुपन्छी विकासमन्त्री र जगदीश खरेल सूचना तथा सञ्चारमन्त्री रहनु भएको छ्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित

काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज पार्न टेकुबाटै बिक्री सुरु

काठमाडौं,१६ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ

भारतमा व्यावसायिक ग्यासको मूल्य घट्यो, नेपालमा भने असर नपर्ने

काठमाडौं,१६ साउन । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक