मेचीनगर नगरपालिकाद्वारा अस्थायी, ज्यालादारी र करार सेवाका कर्मचारीहरूको करार सम्झौता रद्द

झापा, ९ कात्तिक। झापाको मेचीनगर नगरपालिकाले कात्तिक १ गतेदेखि लागू हुने गरी अस्थायी, ज्यालादारी र करार सेवामा कार्यरत एक सयभन्दा बढी कर्मचारीहरूको एकैसाथ करार सम्झौता रद्द गर्ने निर्णय गरेको जनाएको छ ।

 

गत असोज २९ गतेको नगर कार्यपालिकाको बैठकले अस्थायी, ज्यालादारी र करार सेवामा कार्यरत कर्मचारीहरुको करार सम्झौता रद्द गर्ने नीतिगत निर्णय गरेको हो। कार्यापालिकाको निर्णय नं.३ मा नेपाल सरकार अर्थ मन्त्रालयको मिति २०८२ असोज ७ गते र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असोज ८ गतेको निर्णय कार्यान्वयन गर्नका लागि यो निर्णय लिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारीले दिनु भयो।

सशर्त अनुदानबाट तलब र अत्यावश्यक सेवा (स्वास्थ्य सेवा, वारुणयन्त्र, नगरप्रहरी, सरसफाइ, चालक र आधारभूत नगर अस्पतालमा हाल कार्यरत कर्मचारी) बाहेक अन्य अस्थायी, ज्यालादारी र करार कर्मचारीहरुको सम्झौता रद्द गर्ने निर्णय भएको उहाँले बताँउनु भयो।

 

हटाइएका तथा करार सम्झौता रद्द भएका कर्मचारीहरुलाई जानकारी दिइएको उहाँले बताँउनु भयो । सङ्घीय सरकारले दिएको निर्देशन र परिपत्रलाई कार्यान्वयन गरिएकाले यसलाई सहज रुपमा लिएर अघि बढ्नुपर्नेमा उहाँको जोड छ। नीतिगत निर्णय गरेर निर्णय कार्यन्वयनको चरणमा रहेको उहाँको विचार छ ।

 

लामो समयदेखि काम गरिरहेका कर्मचारीहरु कटौती गरेको भन्दै कार्यापालिका सदस्यहरुले नै विरोध सुरु गरेका छन् । एक कार्यपालिका सदस्यका अनुसार सङ्घीय सरकारको निर्णय भनेर बैठकमा ल्याइएको र छलफलमा रहेकोमा निर्णय आउँदा हटाइएको भनेर आएको दाबी गर्नुभयो ।

यसपछि विवाद सिर्जना सुरु भएको छ । नगर कार्यापालिका सदस्य र राजनीतिक दलहरुले विरोध सुरु गरेका छन् । नेकपा एमाले मेचीनगरले विज्ञप्ति निकालेर नै विरोध जनाएको छ । नगरपालिकाका १ सय ३८ भन्दा बढी कर्मचारी एकैसाथ निस्कने भएकाले यसले नगरपालिकाको सेवा प्रभावित हुने ती कार्यापालिका सदस्यले दाबी गरेका छन् ।

वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीले आइतवार वडा कार्यालय बन्द गर्नुपरेको जानकारी दिनु भयो । कार्यालयमा कर्मचारी नै नभएका कारणले गर्दा कार्यालयको सेवा प्रभावित बनेको उहाँले बताँउनु भयो। कर्मचारी हटाइएको प्रभाव देखिन थालेको बताँउनु भयो।

कमल गाउँपालिकाले पनि यस्तै निर्णय गरेको थियो । पालिकाको निर्णय भए पनि कर्मचारीहरु हाजिर भइरहेको स्रोतले जनाएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले एक सूचना जारी गरेर करार तथा ज्यालादारी कर्मचारीहरुलाई गाउँपालिकाको निर्णय अनुसार करार सम्झौता रद्द गरेको सार्वजनिक सूचना निकाल्नुभएको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य

पत्रकार पक्राउको विरोधमा जनकपुरमा मौन प्रदर्शन

जनकपुर,१४ कार्तीक । शुक्रबार (हिजो) काठमाडौंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।