मेचीनगर नगरपालिकाद्वारा अस्थायी, ज्यालादारी र करार सेवाका कर्मचारीहरूको करार सम्झौता रद्द

झापा, ९ कात्तिक। झापाको मेचीनगर नगरपालिकाले कात्तिक १ गतेदेखि लागू हुने गरी अस्थायी, ज्यालादारी र करार सेवामा कार्यरत एक सयभन्दा बढी कर्मचारीहरूको एकैसाथ करार सम्झौता रद्द गर्ने निर्णय गरेको जनाएको छ ।

 

गत असोज २९ गतेको नगर कार्यपालिकाको बैठकले अस्थायी, ज्यालादारी र करार सेवामा कार्यरत कर्मचारीहरुको करार सम्झौता रद्द गर्ने नीतिगत निर्णय गरेको हो। कार्यापालिकाको निर्णय नं.३ मा नेपाल सरकार अर्थ मन्त्रालयको मिति २०८२ असोज ७ गते र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असोज ८ गतेको निर्णय कार्यान्वयन गर्नका लागि यो निर्णय लिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारीले दिनु भयो।

सशर्त अनुदानबाट तलब र अत्यावश्यक सेवा (स्वास्थ्य सेवा, वारुणयन्त्र, नगरप्रहरी, सरसफाइ, चालक र आधारभूत नगर अस्पतालमा हाल कार्यरत कर्मचारी) बाहेक अन्य अस्थायी, ज्यालादारी र करार कर्मचारीहरुको सम्झौता रद्द गर्ने निर्णय भएको उहाँले बताँउनु भयो।

 

हटाइएका तथा करार सम्झौता रद्द भएका कर्मचारीहरुलाई जानकारी दिइएको उहाँले बताँउनु भयो । सङ्घीय सरकारले दिएको निर्देशन र परिपत्रलाई कार्यान्वयन गरिएकाले यसलाई सहज रुपमा लिएर अघि बढ्नुपर्नेमा उहाँको जोड छ। नीतिगत निर्णय गरेर निर्णय कार्यन्वयनको चरणमा रहेको उहाँको विचार छ ।

 

लामो समयदेखि काम गरिरहेका कर्मचारीहरु कटौती गरेको भन्दै कार्यापालिका सदस्यहरुले नै विरोध सुरु गरेका छन् । एक कार्यपालिका सदस्यका अनुसार सङ्घीय सरकारको निर्णय भनेर बैठकमा ल्याइएको र छलफलमा रहेकोमा निर्णय आउँदा हटाइएको भनेर आएको दाबी गर्नुभयो ।

यसपछि विवाद सिर्जना सुरु भएको छ । नगर कार्यापालिका सदस्य र राजनीतिक दलहरुले विरोध सुरु गरेका छन् । नेकपा एमाले मेचीनगरले विज्ञप्ति निकालेर नै विरोध जनाएको छ । नगरपालिकाका १ सय ३८ भन्दा बढी कर्मचारी एकैसाथ निस्कने भएकाले यसले नगरपालिकाको सेवा प्रभावित हुने ती कार्यापालिका सदस्यले दाबी गरेका छन् ।

वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीले आइतवार वडा कार्यालय बन्द गर्नुपरेको जानकारी दिनु भयो । कार्यालयमा कर्मचारी नै नभएका कारणले गर्दा कार्यालयको सेवा प्रभावित बनेको उहाँले बताँउनु भयो। कर्मचारी हटाइएको प्रभाव देखिन थालेको बताँउनु भयो।

कमल गाउँपालिकाले पनि यस्तै निर्णय गरेको थियो । पालिकाको निर्णय भए पनि कर्मचारीहरु हाजिर भइरहेको स्रोतले जनाएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले एक सूचना जारी गरेर करार तथा ज्यालादारी कर्मचारीहरुलाई गाउँपालिकाको निर्णय अनुसार करार सम्झौता रद्द गरेको सार्वजनिक सूचना निकाल्नुभएको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित

काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज पार्न टेकुबाटै बिक्री सुरु

काठमाडौं,१६ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ

भारतमा व्यावसायिक ग्यासको मूल्य घट्यो, नेपालमा भने असर नपर्ने

काठमाडौं,१६ साउन । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक