ताप्लेजुङ स्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार कति भक्तजनले दर्शन गरे?

ताप्लेजुङ, ९ कात्तिक । ताप्लेजुङ स्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार एकै दिन छ हजार ३९३ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए। बिहान ३ः०० देखि दिउँसो ३ः०० बजेसम्म लाइनमा बसेर भक्तजनले पूजाअर्चना गरेका हुन् । पाथीभरामा वर्षभर नै भक्तजनको आगमन हुने गरेको छ । तर विशेषगरी दसैँतिहारका समयमा तुलनात्मक रूपमा धेरै भक्तजनको आगमन हुने गरेको छ । त्यसपछि चैतेदसैँको आसपासमा समेत धेरै भक्तजन आउने गर्द छन्।

 

समितिका अनुसार यसअघि गत असोजभर २९ हजार १७४ जना भक्तजनले मन्दिरको दर्शन गरेका छन् । यस्तै आइतबार पनि पाथीभरामा बिहानैदेखि भक्तजनको भीड उपस्थिति देखिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताँउनु भयो । पाथीभरामा सरसफाई गरिएको छ । पाथीभरा क्षेत्र विकास समिति र फुङ्लिङ नगरपालिकाको संयुक्त आयोजनामा शनिबार सरसफाई गरिएको छ।

 

समितिका कार्यकारी निर्देशक हाङ्बाङका अनुसार पाथीभरा धामसहितका क्षेत्रमा सरसफाई गरिएको छ । पाथीभरा क्षेत्रअन्तर्गत काफ्लेपाटी, बलुडाँडा, गुराँसे, फेदी हुँदै पाथीभरा धाम पुग्ने पदमार्ग र धाम परिसरमा सरसफाई गरिएको कार्यकारी निर्देशक हाङ्बाङले बताँउनु भयो।

समुन्द्र सतहदेखि तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित पाथीभरामा गतवर्ष पनि पाथीभरा क्षेत्र विकास समितिको आयोजनामा सरसफाई तथा संयुक्त पूजापाठ गरिएको थियो । प्रसिद्ध तथा पवित्र शक्तिपीठ पाथीभराको महिमालाई कायम राखी पाथीभराको थप प्रवद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यसहित सरसफाइसँगै संयुक्त पूजा आयोजना गरिएको समितिका कार्यकारी निर्देशक हाङ्बाङले बताँउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित

काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज पार्न टेकुबाटै बिक्री सुरु

काठमाडौं,१६ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ

भारतमा व्यावसायिक ग्यासको मूल्य घट्यो, नेपालमा भने असर नपर्ने

काठमाडौं,१६ साउन । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक