खेलकुद महासंघ गठन

दमक नगर खेलकुद महासंघ गठन ,अध्यक्ष बने सापकोटा

दमक /
नेपाल खेलकुद महासंघ दमक नगर कमिटी गठन भएको छ । शनिबार नेकपा एमालेको पार्टी कार्यालयमा सम्पन्न प्रथम नगर अधिवेशनले कमिटी गठन गरेको हो । नव गठित कमिटीको अध्यक्षमा अर्जुन सापकोटा (टीका) चयन हुनु भएको छ ।     उहाँ युवा संघ नेपालको दमक नगर कमिटीमा आवद्ध हुनुहुन्थ्यो । उपाध्यक्षमा सुशील तामाङ चयन हुनु भएको छ ।
यस्तै ,सचिव रोशन सिम्खाडा,सह सचिव गंगाराज बुडाथोकी,सगर कार्की, चयन हुनु भएको छ । यो कमिटीले दमकमा रहेका युवा तथा खेलकुदको क्षेत्रमा प्रबर्द्धनका विभिन्न कार्यक्रम गर्ने र युवाहरूलाई एकीकृत गर्ने अध्यक्ष सापकोटाले उज्यालो खबरसगको कुराकानीका क्रममा जानकारी दिनु भयो । दमक नगरपालिकाले गठन गरेको दमक खेलकुद समितीसग समेत सहकार्य गरेर आफ्ना गतिविधि अघी बढाउने उहामे बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नयाँ सरकारको हुकुमी निर्देशनले शिक्षामा बढ्यो अन्यौलता

अहिलेको अवस्थामा सरकारको निर्णयबाट संविधानको उल्लङ्घन भएको देखिन्छ । तर यो उल्ंघननै भएपनि यसको प्रतिवाद गर्न पालिका सरकारले हिम्मत देखाएनन ।

चन्द्रगढी महिला गोल्डकपः आज पुलिस र आयोजक खेल्दै

भद्रपुर, ७ बैशाख । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आज (सोमबार) विभागीय टोली नेपाल पुलिस क्बल र आयोजक

प्रधानमन्त्री बालेन शाहको निर्वाचन क्षेत्रका नागरीक भन्छन् : महगी बढेको पीडा सुनाउने ठाउँ भेटेनौ

दमक,७ वैशाख। दमक ३ का कर्ण बहादुर बस्नेत । अटो रिक्सा कुदाएर गुजारा चलाउनु हुन्छ । घरबाट बाहिर निस्कदा अटो रिक्सामा आज कसरी पेट्रोल हाल्ने