सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न

मनोकांक्षा पूरा हुने विश्वासमा विशेषगरी महिलाले छठमा कठोर व्रत बस्छन्।

 

झापा, ११ कात्तिक । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज मङगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भएको छ ।

 

उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अर्घ दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि रहेको छ । बिहानै घाटमा गरिने पूजा गरिन्छ। सूर्योदयकालमा अर्घ दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सम्पन्न हुन्छ। सूर्यको दर्शन गर्दा भक्तहरू भिजेको लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको छ ।

पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतको रूपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास रहेको छ । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वासको चर्चा शास्त्रमा गरिएको छ् ।

यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला, पुरुषले पति, पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर, वधु प्राप्तिको कामना गर्दछन्। सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको संख्या पनि धेरै रहेको छ । यो व्रतले मनले चिताएको पूरा हुने धेरै भक्तजनको विश्वास रहेको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व शनिबारदेखि सुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ नसकिएसम्म ब्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि रहेको छ । कार्तिक शुक्ल सप्तमीका दिन अर्थात् मङगलबार बिहान उदाउँदो सूर्यलाई पूजासहित अर्घ दिएपछि यो पर्व सम्पन्न भएको छ। मनोकांक्षा पूरा हुने विश्वासमा विशेषगरी महिलाले छठमा कठोर व्रत बस्छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दक्षिणपूर्वी एसियाबाट ८६० नेपालीको उद्धार, साउदीमा १ को मृत्यु : परराष्ट्र

काठमाडौं ,१३ कार्तीक। परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियामा सञ्चालित अनलाइन ठगीका केन्द्रमा फसेका नेपालीको उद्धारका लागि सम्बन्धित मुलुकका सरकारी निकायसँग निरन्तर समन्वय र कूटनीतिक पहल भइरहेको

कञ्चनपुर–राजाबासमा नयाँ पुल निर्माण हुने

सप्तरी,१३ कार्तीक । सप्तरी र सुनसरी जिल्ला जोडिएको ऐतिहासिक कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबास सम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण

भोजपुरमा गोरुको विकल्प बन्दै मिनी टिलर

भोजपुर,१३ कार्तीक । दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पका रुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको

गासा छाचु र राजमार्ग बगायो, भारतका दुई राज्यमा उच्च सतर्कता

एजेन्सी,१३ कार्तीक । भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ । बाढीका

अर्नब’ चक्रवातको प्रभाव स् देशभर वर्षा र हिमपातको उच्च जोखिम

काठमाडौँ, १३ कात्तिक । बंगालको खाडीबाट उठेको चक्रवात ‘अर्नब’ कमजोर भए पनि त्यसको प्रत्यक्ष प्रभावका कारण नेपालभर वर्षा, बाक्लो हिमपात र हावाहुरीको जोखिम बढेको छ।

देवानगञ्जमा भन्सार छलीको कपडा र मोटरसाइकल नियन्त्रणमा

सुनसरी,१३ कार्तीक । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ स्थित तिनमुनहान सीमा क्षेत्रबाट प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको ५ लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित