नागरिकमा डर भरिएको छ ‘हामी साथमा छौ भन्न मोटरसाईकल र्याली निकाल्ने छौ ’

दमक १३ कार्तिक । विवेश शर्मा भट्टराई । उहाँ नेकपा एमाले दमक नगर कमिटीको सचिवालय सदस्य र जनर्गीय संगठन संयन्त्र समितीको संयोजक हुनुहुन्छ । र यस अघी उहाँ यूवा संघ दमकको अध्यक्ष समेत हुनुहुन्थ्यो ।

अहिले उहाँकै नेतृत्वमा दमकमा एमालेले एक हजार बढिको संख्यामा मोटरसाईकल र्याली निकाल्दै छ । कार्तिक १५ गते बिहान ११ बजे दमक चोक स्थित गोर्खा डिपार्टमेण्टमा भेला भएर दमक नगर परिक्रमा गर्ने कार्यतालीका बनाइएको छ । यसबारेमा कुराकानी गर्न भट्टराई उज्यालो खवरको कार्यालयमा आउनु भयो ।

भूमिराज जी हामीले सानो सानो सोचेको मोटरसाईकल र्याली त निकै भव्य हुने भयो ’ भन्नु भयो । त्यसपछि औपचारीक रुपमा उज्यालो खवरको कार्यक्रम सत्य संवादमा उहाँसग हामीले सवाल जवाफ गर्यौ । जेन जी आन्दोलनका क्रममा सबै भन्दा बढि प्रहार एमाले पार्टि र यही पार्टिका नेता तथा कार्यकर्तामाथी प्रहार भयो । तर यस्तो बेलामा सचेत भएर सुध्रने भन्दा पनि प्रतिशोध शैलीमा प्रदर्शन भन्दै मोटरसाईकल र्याली किन आयोजना गर्नु परेको भन्दै प्रश्न गर्यौ ।

यसको जवाफ दिदैै भट्टराईले भन्नुभयो ‘जेन जी आन्दोलनपछि आम नागरिकमा डर र त्रास बढेको छ । राज्य भएको महसुस गर्न सकिएको छैन । प्रहरी र प्रशाषनलाई कमजोर बनाइएको छ । लुटिएका हतियार अझै फिर्ता गराउन नसक्नु र प्रहरीलाई एउटा लौरो समेत दिएर आत्मबल बढाउन नसक्नु अहिलेको सरकारको कमजोरी हो ।

यस्तो बेलामा नागरिकमा गरिरहेको आत्मबललाई बजबुद बनाउन हामीले मोटरसाईकल र्याली गरेका हौ । ’ अनी यसले नागरिकमा सुरक्षाको प्रत्याभूति बढ्न सक्छ कि झन मुठभेड हुने सम्भावनाले अझ सुरक्षा चुनौती बढाउँछ भनेर प्रतिप्रश्न गयौै । त्यसपछि उहाँले के भन्नुभयो ? हेरौ तलको सत्य संवादको भिडियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बिर्तामोडमा नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ

झापा,१४ कार्तिक । गोप्य सूचनाको आधारमा प्रहरीले बिर्तामोड नगरपालिका–४ पश्चिम बस स्ट्यान्ड छेउको एउटा डेरामा छापा मार्दै नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

नेपाललाई पायल्स फ्रि देश बनाउने अभियान चलाँउदै एन्जल फाउन्डेशन

दमक,१४ कार्तिक । नेपालमा रहेका अधिकांश मानिसहरु अहिले पायल्स,फिसर,फ्रिस्टुला जस्ता रोगहरुबाट ग्रषित छन् । यस खाले रोगहरु ढिला पत्ता लाग्ने र गोप्य ठाउँहरुमा हुने भएकाले

विद्युत आपूर्तिबन्दले उद्योग संकटमा, कोशीका मुख्यमन्त्री कार्कीको ध्यानकर्षण

  दमक, १३ कार्तिक । नेपाल विद्युत प्राधिकरणद्वारा विद्युत आपूर्ति बन्द गरिँदा कोशी प्रदेशका विभिन्न उद्योगहरू प्रभावित बनेका छन्। यसले स्थानीय रोजगारीदेखि समग्र अर्थतन्त्रमा असर

चक्रवात ‘मोन्था’ को प्रभाव : २ दिन सर्‍यो झापा महिला गोल्डकप

बिर्तामोड,  १४ कात्तिक । भोलि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ ।

झापामा ६५ मिलिलिटर वर्षा, मैनाचुलील मापन केन्द्रभने बिग्रियो

दमक, १४ कार्तिक । झापामा गएरातीदेखी निरन्तर पानी परिरहेको छ । राती भारी वर्षा भएपनि अहिले बिहान वर्षात सामान्य छ । तर पानी निरन्तर परिरहेकोले

चक्रवात “मोन्था” के हो

दमक, १४ कार्तिक | बङ्गालको उपसागरमा विकसित भएको शक्तिशाली उष्णकटिबंधीय चक्रवात “मोन्था” अहिले सक्रिय अवस्थामा छ । भारत र म्यानमारको तटीय क्षेत्रमा यसको प्रत्यक्ष प्रभाव