विद्युत आपूर्तिबन्दले उद्योग संकटमा, कोशीका मुख्यमन्त्री कार्कीको ध्यानकर्षण

 

दमक, १३ कार्तिक । नेपाल विद्युत प्राधिकरणद्वारा विद्युत आपूर्ति बन्द गरिँदा कोशी प्रदेशका विभिन्न उद्योगहरू प्रभावित बनेका छन्। यसले स्थानीय रोजगारीदेखि समग्र अर्थतन्त्रमा असर परेको भन्दै कोशी प्रदेशका हिकमत कुमार कार्कीले चिन्ता देखाउनु भएको छ ।

प्रेस विज्ञप्तिमार्फत मुख्यमन्त्री कार्कीले नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच करिब दुई दशकदेखि चलेको डेडिकेटेड लाइन र ट्रंकलाइन सम्बन्धी असमझदारी तथा महशुल बक्यौता विवादले समस्या निम्त्याएको बताउनुभएको छ।

गत भदौ २३ र २४ गते भएको प्रदर्शनमा उद्योग, सुपर मार्केट, कलकारखाना र सञ्चार क्षेत्रसमेतमा आगजनी र तोडफोडका घटनाले सुरक्षा र लगानी वातावरणमा नकारात्मक प्रभाव पारेको मुख्यमन्त्री कार्कीको भनाइ छ।

 

उहाँले विद्युत आपूर्ति बन्द हुँदा रोजगारी सिर्जना गर्ने प्रमुख क्षेत्र ठप्प हुन गएको र यसले समग्र अर्थतन्त्रमा गम्भीर असर पार्ने भन्दै विवाद समाधानका लागि तत्काल वार्ता र संवाद थाल्न सम्बन्धित पक्षहरूलाई आग्रह गर्नुभएको छ।

 

मुख्यमन्त्री कार्कीले नेपाल सरकारले उद्योगीहरूसँग छिटो वार्ता गरी उद्योग सञ्चालन सहज बनाउन पहल थालिसकेको जनाउँदै, राज्य र निजी क्षेत्रबीच लामो समयसम्म असमझदारी रहनु दुःखद भएको टिप्पणी गर्नुभएको छ।

 

उहाँ अनुसार, निजी क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण स्तम्भ भएकाले सरकारले यसको विश्वास पुनःस्थापना गरी दिगो आर्थिक गतिशीलता कायम गर्नुपर्ने बताइएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज पार्न टेकुबाटै बिक्री सुरु

काठमाडौं,१६ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ

भारतमा व्यावसायिक ग्यासको मूल्य घट्यो, नेपालमा भने असर नपर्ने

काठमाडौं,१६ साउन । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक

सबै पालिकामा विपद् व्यवस्थापन टोली बनाउने कांग्रेसको लक्ष्य

काठमाडौं,१६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद् व्यवस्थापनमा केवल भावना र इच्छाशक्ति पर्याप्त नहुने भन्दै त्यसका लागि आवश्यक सीप र ज्ञान पनि अनिवार्य

सरकारसँग ८ बुँदे सहमतिपछि गणेश यादवको आज अन्त्येष्टि गरिने

सिरहा,१६ साउन । सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको अन्त्येष्टि आज गरिने भएको छ। सुनसरीको घटनालाई लिएर गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर

जनकपुरधाममा सद्भाव र्यालीमै हिन्दू सम्राट सेनाको नाराबाजी

जनकपुर,१६ साउन । जनकपुरधाममा शनिबार विहान निकालिएको सद्भाव र्यालीको बीचमा हिन्दू सम्राट सेनाले विरोध प्रदर्शन गरेको छ । हिजो (शुक्रबार) बसेको सर्वपक्षीय बेठकमा भएको निर्णय