साढे तीन महिनापछि प्रदेशसभा बैठक आज बस्दै

 

 

 

मोरङ — साढे तीन महिनापछि प्रदेश १ मा प्रदेशसभा बैठक आइतबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले प्रदेशसभाको बैठक साढे तीन महिनापछि आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाएको छ ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बैठकका लागि कार्यसूची सार्वजनिक गरिसकेका छन् । उनले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ माथि बैठकमा छलफल हुने कार्यसूची तय गरिएको बताए । मुख्यमन्त्री राजेन्द्रकुमार राईले मंसिर १ मा प्रदेशसभाबाट विश्वासको मत लिएदेखि अनिश्चितकालका लागि बैठक स्थगित भएको थियो ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ५ दलीय गठबन्धनको समर्थनमा कात्तिक १६ मा मुख्यमन्त्री राई नेतृत्वको सरकारले हालसम्म एउटा पनि विधेयक निर्माण गर्न सकेको छैन । तत्कालीन भीमप्रसाद आचार्य नेतृत्वको सरकारले प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलगायत ल्याएको तीन वटा विधेयकमध्ये पनि राई नेतृत्वको सरकारले एउटा विधेयक फिर्ता लिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

सरकारले प्रदेशसभाको समितिमा रहेको केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७८ फिर्ता लिने निर्णय गरेको छ । प्रदेशसभाको समितिमा अर्को प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ छलफलको क्रममा छ ।

सचिव पराजुलीले प्रदेश सरकारले पछिल्लो समय कुनै पनि नयाँ विधेयक नल्याएको बताए । विधेयक अधिवेशन भनिने प्रदेशसभाको चालु नवौं तथा हिउँदे अधिवेशनमा हालसम्म ६ वटा बैठक सम्पन्न भएको तर एउटा पनि विधेयक पारित हुन सकेको छैन । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश आमसञ्चार विधेयक निर्माणका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री राईले प्रदेशसभाको चालु अधिवेशनबाट नै प्रदेशको नामकरण प्रक्रिया अघि बढाउने तयारी गरेकाले बिजनेस अभाव नहुने बताए । हालसम्ममा ५४ वटा विधेयक प्रदेशसभाबाट पारित भएर प्रदेश प्रमुखले प्रमाणीकरणसमेत गरिसकेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खुलातर्फ केन्द्रीय सदस्यमा शिक्षामन्त्री पोखरेलको उम्मेदवारी

काठमाडौं,१० असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुल्ला तर्फ) पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ।चितवनमा आइतबारदेखि

उपाध्यक्ष पौडेल पक्राउ परेकोमा एमालेको आपत्ति

काठमाडौं,९ असार । नेकपा (एमाले)ले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीप्रति घोर भत्र्सना गरेको छ। मंगलबार बसेको संसदीय दलको बैठकले उहाँको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै अविलम्ब

बन्दसत्र सुरु, नेताहरूद्वारा उम्मेदवारी घोषणा

काठमाडौं,९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तेस्रो दिन आज महाधिवेशनको बन्दसत्र औपचारिक रूपमा अघि बढेसँगै नेताहरूले विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

एमालेलाई जनविश्वासको केन्द्र बनाइने महासचिव पोखरेलको दाबी

सुर्खेत,९ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न कठिन परिस्थितिहरूको सामना गर्दै पुनः उठ्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि

सुनसरीमा ईभी कारको ठक्करबाट प्रहरी वरिष्ठ सई यादवको मृत्यु

सुनसरी,९ असार ।  सुनसरीको बर्जु गाउँपालिका–६ नरह चोक नजिक राजमार्गमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ सईको मृत्यु भएको छ। सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी

व्यवस्थापकीय चुनौतीका कारण बन्दसत्र लम्बिने संकेत

काठमाडौं,९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रवक्ता मनिष झाले बन्दसत्र एक दिन थपिन सक्ने बताउनु भएको छ । मंगलबार रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत