साढे तीन महिनापछि प्रदेशसभा बैठक आज बस्दै

 

 

 

मोरङ — साढे तीन महिनापछि प्रदेश १ मा प्रदेशसभा बैठक आइतबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले प्रदेशसभाको बैठक साढे तीन महिनापछि आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाएको छ ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बैठकका लागि कार्यसूची सार्वजनिक गरिसकेका छन् । उनले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ माथि बैठकमा छलफल हुने कार्यसूची तय गरिएको बताए । मुख्यमन्त्री राजेन्द्रकुमार राईले मंसिर १ मा प्रदेशसभाबाट विश्वासको मत लिएदेखि अनिश्चितकालका लागि बैठक स्थगित भएको थियो ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ५ दलीय गठबन्धनको समर्थनमा कात्तिक १६ मा मुख्यमन्त्री राई नेतृत्वको सरकारले हालसम्म एउटा पनि विधेयक निर्माण गर्न सकेको छैन । तत्कालीन भीमप्रसाद आचार्य नेतृत्वको सरकारले प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलगायत ल्याएको तीन वटा विधेयकमध्ये पनि राई नेतृत्वको सरकारले एउटा विधेयक फिर्ता लिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

सरकारले प्रदेशसभाको समितिमा रहेको केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७८ फिर्ता लिने निर्णय गरेको छ । प्रदेशसभाको समितिमा अर्को प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ छलफलको क्रममा छ ।

सचिव पराजुलीले प्रदेश सरकारले पछिल्लो समय कुनै पनि नयाँ विधेयक नल्याएको बताए । विधेयक अधिवेशन भनिने प्रदेशसभाको चालु नवौं तथा हिउँदे अधिवेशनमा हालसम्म ६ वटा बैठक सम्पन्न भएको तर एउटा पनि विधेयक पारित हुन सकेको छैन । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश आमसञ्चार विधेयक निर्माणका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री राईले प्रदेशसभाको चालु अधिवेशनबाट नै प्रदेशको नामकरण प्रक्रिया अघि बढाउने तयारी गरेकाले बिजनेस अभाव नहुने बताए । हालसम्ममा ५४ वटा विधेयक प्रदेशसभाबाट पारित भएर प्रदेश प्रमुखले प्रमाणीकरणसमेत गरिसकेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल

राष्ट्रिय भेलाको तयारीमा जुट्यो एमाले

काठमाडौं,२७ असोज। नेकपा (एमाले) राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीका लागि पार्टीको पहिलो बैठक