दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिद्धारा मङ्सिरभित्र महाधिवेशन हुनुपर्ने माग गर्दै हस्ताक्षर बुझाए

नेपाली कांग्रेसका नेताहरूले आगामी फागुन २१ गतेको निर्वाचन अगाडि नियमित महाधिवेशन भए स्वीकार्ने बताए

काठमाडौँ,१७ कार्तिक । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित महाधिवेशन हुने निश्चित भएमा नेपाली कांग्रेसका विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेकाहरूले स्विकार्ने भएका छन् ।

 

महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाउनु भएको थियो । खड्काले हस्ताक्षर सहितको पत्र आएको जानकारी केन्द्रीय कार्यसमिति बैठकलाई गराइसकनु भएको छ ।

हस्ताक्षर सङ्कलनको नेतृत्व गर्ने मध्यमा कांग्रेस युवा नेता मनोजमणि आचार्यले समयको पदचापलाई मनन गर्दै घोषित निर्वाचन अगाडि नियमित महाधिवेशन हुने भएमा आफूहरू सकारात्मक बन्ने जानकारी दिनु भयो । ‘हाम्रो माग मङ्सिरभित्र नियमित महाधिवेशन होस् भन्ने हो । तर, अहिलेको समयको पदचापलाई ख्याल गरी घोषित निर्वाचन अघि नियमित महाधिवेशन हुने निश्चित भयो भने सकारात्मक बन्छौँ,’ आचार्यले भन्न्ु भयो,‘हाम्रो चाहना महाधिवेशन होस् भन्ने हो । महाधिवेशन हुने निश्चित भएमा सकारात्मक हुनुपर्छ ।’

 

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचन अगाडि नियमित महाधिवेशन हुने निश्चित भएमा आफूहरूले विशेष महाधिवेशन पक्षधरलाई मनाउने बताउनु भयो । ‘निर्वाचन अगाडि नियमित महाधिवेशन निश्चित भएमा विशेष महाधिवेशन पक्षधरलाई मनाउन सकिन्छ,’ केन्द्रीय सदस्य पौडेलले र भन्न्ुा भयो,‘नेतृत्वले महाधिवेशन हुने निश्चिन्तता प्रदान गरोस् हामी उनीहरूलाई मनाउँछौँ ।’

कांग्रेसमा संस्थापन पक्षले आगामी वैशाखमा नियमित गर्ने बताइरहेका छन् । इतर समूहले मङ्सिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने बताइरहेको छ । यही विषयमा कुरा नमिल्दा जारी केन्द्रीय समिति प्रभावित बन्दै आएको हो । शुक्रबार र आइतबारका लागि बोलाइएको केन्द्रीय समिति सूचना टाँस गरेर स्थगित गरिएको छ । मंगलबार दिउँसो एक बजेका लागि केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच