काँकरभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयबाट ३ अर्ब ३६ करोडको कृषिजन्य वस्तु निर्यात

काँकरभिट्टा,१८ कार्तिक। प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ३६ करोड ७८ लाख ६० हजार बराबरको कृषिजन्य वस्तु निर्यात भएको बताएको छ ।

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका हुन् । उक्त तीन महिनामा सबैभन्दा धेरै अलैँची रु एक अर्ब ५१ करोड ८१ लाख, चिया रु ७५ करोड ६६ लाख, प्लाइउड रु २७ करोड ७४ लाख, भेनियर रु २७ करोड २८ लाख, अम्लिसो रु १९ करोड ५९ लाख मूल्य बराबरको निर्यात भएको र्कायले बताएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार अदुवा रु ११ करोड ९० लाख, ताजा तरकारी रु नौ करोड ४७ लाख, जडीबुटी रु एक करोड २४ लाख, मसुरो दाल रु सात करोड ४१ लाख मूल्य बराबरको निर्यात भएको हो । सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वीनाकाबाट रु एक अर्ब ४५ करोड १३ लाख ६५ हजार मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको जानकारी पाइएको छ ।

आयात हुने मुख्य कृषिजन्य वस्तुहरूमा आलु, कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, मकै, पशु दाना लगायत रहेका हुन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो रु छ करोड २० लाख, चामल चार करोड ९६ लाख, तरकारी रु तीन करोड छ लाख मूल्य बराबरको आयात भएको र्कायलयले बताएको छ ।

ताजा फलफूल रु २३ करोड ६७ लाख, लसुन रु १७ करोड ९९ लाख, आलु रु ३० करोड ७७ लाख मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनकारी दिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच