झापा महिला गोल्डकपमा आज झापा र संकटा प्रतिस्पर्धा गर्दै

बिर्तामोड, कात्तिक १९ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आजको तेस्रो क्वार्टर फाइनल खेलमा घरेलु टोली झापा एफसी र काठमाडौँको संकटा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।

 

दुवै टोलीले सेमिफाइनल प्रवेशका लागि उच्च मनोबलका साथ मैदानमा उत्रिने तयारी गरेका छन् । झापा एफसी आज आफ्नै मैदानमा र आफ्नै समर्थकको उपस्थितिमा खेल्दैछ, जसले टोलीमा थप ऊर्जा र आत्मविश्वास भर्ने अपेक्षा गरिएको छ । स्थानीय दर्शकहरूको उत्साहले घरेलु टोलीलाई जितका लागि थप प्रेरणा दिने विश्वास गरिएको छ । यसअघि सम्पन्न महिला लिग छनोट प्रतियोगिताबाट दुवै टोली महिला लिगमा छनोट भएका हुन, जसले आजको भिडन्तलाई थप प्रतिस्पर्धात्मक बनाएको छ ।

 

संकटा क्लबको टिममा नेपाल यु–२० राष्ट्रिय टोलीका खेलाडीहरूको बाहुल्यता छ । साथै, टोलीमा भुटानकी राष्ट्रिय खेलाडी छिरिङ याङ्देनको सहभागिताले आक्रमण पंक्तिमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ । त्यस्तै, झापा एफसीले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ । पछिल्लो पटक सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न महिला लिग छनोट खेलमा संकटा क्लबले झापालाई ४–० ले पराजित गरेको थियो । त्यस खेलको ‘रिभेन्ज’ लिन झापा आज मैदानमा बदला लिने लक्ष्यसहित उत्रिँदैछ भने संकटा दोस्रो भेटमै पुनः जित निकाल्ने उद्देश्यमा छ ।

 

दर्शकका लागि टिकट दर सामान्यतर्फ १०० र २०० रुपैयाँ र भिआइपीतर्फ १ हजार रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ । विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र सर्वाेत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् । हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारतमा व्यावसायिक ग्यासको मूल्य घट्यो, नेपालमा भने असर नपर्ने

काठमाडौं,१६ साउन । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक

सबै पालिकामा विपद् व्यवस्थापन टोली बनाउने कांग्रेसको लक्ष्य

काठमाडौं,१६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद् व्यवस्थापनमा केवल भावना र इच्छाशक्ति पर्याप्त नहुने भन्दै त्यसका लागि आवश्यक सीप र ज्ञान पनि अनिवार्य

सरकारसँग ८ बुँदे सहमतिपछि गणेश यादवको आज अन्त्येष्टि गरिने

सिरहा,१६ साउन । सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको अन्त्येष्टि आज गरिने भएको छ। सुनसरीको घटनालाई लिएर गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर

जनकपुरधाममा सद्भाव र्यालीमै हिन्दू सम्राट सेनाको नाराबाजी

जनकपुर,१६ साउन । जनकपुरधाममा शनिबार विहान निकालिएको सद्भाव र्यालीको बीचमा हिन्दू सम्राट सेनाले विरोध प्रदर्शन गरेको छ । हिजो (शुक्रबार) बसेको सर्वपक्षीय बेठकमा भएको निर्णय

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन