केपि ओलीको निर्वाचन क्षेत्रका मतदाता निर्वाचनबारेमा के भन्छन् ?

दमक १९ कार्तिक । फागुन २१ गते प्रतिनिधीसभाको चुनावको मिती घोषणा भएको छ । यो चुनाव अरुबेलाको जस्तो नियमीत पनि हैन । नयाँ अवस्थाको माग गर्दै यूवा पुस्ताको आन्दोलनको बलबाट चुनाव हुन लागेको हो । त्यसकारण पनि यो चुनाव यूवामैत्री र यूवा केन्द्रित हुन पर्छ भन्ने अहिलेका मतदाताको भनाई छ । उसो हो भने झापा क्षेत्र नं ५ का मतदाता चाहि के भन्छन् र के चाहन्छन् ? अघील्ला चुनावबाट जीतेर गएकाले गरेको काम र अव आउने उम्मेद्धवारबाट उनीहरु के अपेक्षा गर्छन भन्नेबारेमा जनताकै घरदैलोमा गएर तयार पारिएको ।

 

झापाको क्षेत्र नं ५ । चुनावि सन्दर्भमा यो निकै महत्वपूर्ण र अर्थपूर्ण निर्वाचन क्षेत्र हो । किनकी यस निर्वाचनबाट नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले एकलौटी चुनाव जीतीरहेको क्षेत्र हो । अनी यही क्षेत्रका चुनाव जीतेर गएपछि उहाँ प्रधानमन्त्री समेत बन्नु भएको छ । त्यो पनि पटक पटक । यो क्षेत्रको विकासमा उहाँको भूमिका र भएको परिवर्तनका बारेमा यस क्षेत्रका नागरिक उत्साही छन् । उहाँकै पहल र योगदानबाट बनेका सडकमा उभीएर अहिले प्रतिकृया दिनेहरु भनिरहेका छन् देशले परिवर्तन चाहेको छ यो अव यो क्षेत्रमा पनि यो चुनावमा चाहि परिवर्तन गर्ने हो कि पनि भनेका छन् । दमक ९ का प्रेम चुडाल भन्नु हुन्छ झापा जिल्ला लाल किल्ला पहिले देखीनै बनाउँदै आएको हो । ओलीले यस क्षेत्रका साना साना विकासका कुरामा पनि चासो दिएर काम गरेपनि केहि कुरामा बढि लगानी गरेर अहिले सम्म त्यसबाट परिणाम निकाल्न नसक्नु र समग्र देशमै यही गतीमा विकास चाहि किन गर्न नसक्नु भएको भन्दै प्रश्न पनि गर्नु भएको छ ।

 

यस्तै यही ठाउँका लाल बहादुर थापा कतिपय नेताहरु चुनाव जीतेर गएपछि मतदातानै विर्सने । आफ्नो गाउँमा के हुदै छ ? के आवश्यकता छ जस्ता कुराहरु समेत पत्तो नपाउने र अनी आफै ठालु पल्टेर बस्ने मात्रै पनि छन् । त्यसैले आगामी निर्वाचनमा जनताको भावना बुझ्ने , जनताका मागलाई संवोधन गर्न सक्ने गरीका उम्मेदवारलाई मतदान गर्ने सोचमा उहाँ हुनुहुन्छ ।

पेषाले सिटि सफारी सञ्चालन गर्नुहुने याम बहादुर विष्टलाई पनि लागेको छ यो क्षेत्रमा केपि ओलीका कारण विकास चाहि भएको छ । तर अझै धेरै आवश्यकताहरु छन् । यद्यपी उहाँको शारिरिक अवस्था र स्वास्थ्यगत दृष्टिले यो पटक चाहि बिश्राम गरेर नयाँ पुस्तालाई यस क्षेत्रबाट अवसर दिनु पर्ने सुझाव दिनु हुन्छ । चुनाव जीतेर गएपछि पार्टि र आफ्नो नेतृत्वको एस मेन मात्रै भएर भन्दा पनि जनताका आवश्कयता बुझ्ने र काम गर्ने नेतालाई भोट हाल्ने उहाँले प्रतिकृया दिनु भएको छ ।

चुनावि माहोल बनाउन राज्यले आफ्ना गतिविधि गरिरहेको छ। दलहरु पनि आ आफ्नो राजनैतिक शक्ति प्रदर्शन गर्न भन्दै बिभिन्न कार्यक्रममा व्यस्त हुन थालेका छन् । यसले गर्दा यदी राज्यले सबैसग समन्वय गर्न सक्यो र सुरक्षाको प्रत्याभूति दिलाउन सक्यो भने जनतामा पनि फागुन २१ के प्रतिक्षामा छन् । देशलाई कोल्टे फेर्न आतुर देखिएका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक–७ को वडा अध्यक्ष बन्ने चिरन न्यौपानेको आकांक्षा, १५ बुँदे विकास योजना सार्वजनिक

पशुहाटलाई व्यवस्थित, सफा, सुरक्षित र आधुनिक कृषि तथा पशु व्यापार केन्द्रका रूपमा विकास गर्ने

मकै, जौ र गहुँ खोज्दै हिँड्नुपर्ने बाध्यता हटाउँदै दिब्यदृष्टिको जमरा प्याकेज

झापा , असोज ७।  झापाको कमल–६ मा रहेको दिब्यदृष्टि पूजा सामग्री उद्योगले यस वर्षको बडादशैँका लागि जमरा राख्न आवश्यक मकै, जौ र गहुँ मिश्रित बीउ

विपद्मा बालबालिकाको सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकता दिन विज्ञहरूको जोड

दमक, ७ असोज । विपद् तथा जोखिमको समयमा बालबालिकाको अधिकार र संरक्षण सुनिश्चित गर्न बालमैत्री स्थानीय शासनको आवश्यकता झनै बढ्ने सरोकारवालाहरूले बताउनुभएको छ । जागृति बाल तथा

भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने: मन्त्री वाग्ले

काठमाडौं,७ असोज । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भुक्तानी तथा फछ्र्यौटसम्बन्धी कानुनलाई समयअनुकूल बनाउन विधेयक ल्याइएको बताउनु भयो । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा

दमक–६ बालमैत्री वडा घोषणा, यसरी बन्यो भव्य

दमक, ७ असोज । दमक नगरपालिका वडा नं. ६ बालमैत्री वडा घोषणा भएको छ।बुधबार पशुपति मन्दिरमा भव्य कार्यक्रमको आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको

स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्दैछौँ : मन्त्री यादव

काठमान्डौ ,७ असोाज । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले यसै वर्ष १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनु