बिर्तामोडको अधुवा खोलामा डुबेर एक बालकको मृत्यु

बिर्तामोड, १९ कात्तिक । बिर्तामोडको अधुवा खोलामा डुबेर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान बुधबार ९ः४५ बजे बिर्तामोड वडा नं. ४ मेघाबारी टोल बस्ने बिक्रम माझीका छोरा २ वर्ष ५ महिनाका दिवांश माझी खेल्ने क्रममा घर छेउमै रहेको अधुवा खोलामा डुबेका हुन् । बालक डुबिरहेको अवस्थामा उनका हजुरबुबाले देखेर उद्धार गरी उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो ।

थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएर पोष्टमार्टमको लागि शव प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालयले बताएको छ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एमाले विकासको नायक हो : केपी ओली

काठमाडौ २ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले नेकपा एमाले विकासको नायक रहेको बताउनु भएको छ । एमालेको राष्ट्रियभेलालाई सम्बोधन गर्दै उहाँले भन्नु

अस्ट्रेलियाको क्रिसमस टापुमा रातो गंगटाको वार्षिक बसाइँसराइ सुरु

क्रिस्मस् (आईल्याण्ड),२ मंसिर । अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटो (रेड क्र्याब) आफ्नो वार्षिक प्रजनन यात्राका लागि जंगलबाट समुद्रतर्फ निस्किएका छन् । वर्षायामको पहिलो वर्षासँगै

जलवायु जोखिम प्रतिवेदन : अस्ट्रेलिया प्रभावित देशहरूको शीर्ष ३० भित्र

क्यानबेरा,२ मंसिर । जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी घटनाबाट सबैभन्दा बढी प्रभावित हुने देशहरूको विश्वव्यापी सूचीमा अस्ट्रेलिया २६ स्थान माथि उक्लिएको छ । सन्

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी महँगियो

काठमाडौं ,२ मंसिर। अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा डिसेम्बरमा डेलिभरी हुने सुनको मूल्य ०.२९ प्रतिशतले बढेर

अछामबाट सुत्केरीको हेलिकप्टर मार्फत उद्धार

अछाम,२ मंसिर । जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २० वर्षीया महिलाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश

बिर्तामोडमा एकैदिन दुई स्कुल बस दुर्घटना, दुई घाइते

बिर्तामोड, २ मंसिर । झापामा स्कुल बस दुर्घटना बढ्दै गएको छ । थोत्रा गाडी र चालकको लापरवाहीका कारण बालबालिका बोक्ने स्कुल बसहरु दुर्घटना हुने क्रम