प्रचण्डद्धारा जेनजीको विद्रोहलाई समर्थन गर्दै उनीहरूको भावना आत्मसात गर्ने प्रतिबद्धता

काठमाडौँ,१९ कार्तिक । नेपाली कम्युनिस्ट पार्टीका नवनियुक्त संयोजक पुष्पकमल दाहाल प्रचण्डले १० वटा पार्टीबिच भएको एकता इतिहासकै अविस्मरणीय दिन भएको जिकिर गर्नॅ भएको छ ।

बुधबार भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभामा बोल्दै उहाँले यो ऐतिहासिक दिन कसैले मेटाएर नमेटिने जिकिर गर्नु भयो।
‘यहाँ सबै घटकमा एउटै विचार देखेँ । एक ढिक्का भएर देशका समस्या समाधान गर्न सक्छौँ भन्ने आत्मविश्वास बढेको छ । नयाँ शक्ति निर्माण भयो,‘आजको दिन नेपाली कम्युनिस्ट इतिहासमा अविस्मरणीय दिन बनेको छ । एक दुई घटकबिच एकता भएको छ । तर १० वटा घटकबिच एकता भएको थिएन । यो एकताका लागि मात्र होइन देशका सङ्कट समाधानका लागि बनेको एकता हो । यो इतिहास अब कसैले मेटाएर मेटिँदैन ।’ उहाँले भन्नु भयो ।

डिजिटल प्लेटफर्ममार्फत जेनजीले गरेको विद्रोहलाई प्रचण्डले समर्थन गर्दै उनीहरूको भावनालाई आत्मसात गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य

पत्रकार पक्राउको विरोधमा जनकपुरमा मौन प्रदर्शन

जनकपुर,१४ कार्तीक । शुक्रबार (हिजो) काठमाडौंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।