६३ वर्षीय वृद्धले गरे १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

 

 

विराटनगर । बालिकाले लगाएको बेल्ट र कडीको पहिचानपछि मोरङको लेटाङ–८ ज्यामिरेकी १२ वर्षीय करुणा राईको बलात्कारपछि हत्या गर्ने आरोपी पत्ता लगाएको छ । हत्यामा संलग्न ६३ वर्षीय दिपक गिरीलाई आज जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको छ । सो क्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले आरोपी पत्ता लगाउन दशी प्रमाणको रुपमा पहिलोपटक बेल्ट र कडी फेला परेको बताए ।

‘बालिका घर फर्कने बाटोमा जङ्गल छेउमा खोल्सीमा स्कुलको लोगो रहेको बेल्टको बक्कल र कडी, जुत्ताको सोलको भाग, ज्याकेटको बटम, फरकको खीपहरू खरानीको थुप्रोमा डढेको अवस्थामा फेला परेको र सो नजिकै लाइटर समेत फेला परेको थियो,’ जिसीले भने,‘सोही आधारमा शंका लागेर गिरीलाई सोधपुछ गर्ने क्रममा बयान दिएको र बालिकाको शव फेला परेको हो ।’

‘बालिकाको घरदेखि ३ किमि दक्षिण लेटाङ नगरपालिका–८ लाल हिरा सामुदायिक वनमा बालिकको शव ढुङ्गाले छोपेको अवस्थामा फेला परेको थियो,’ जिसीले भने, ‘बाटोमा एक्लै देखेर बालिकालाई पछ्याउँदै गएर बीच जङ्गलमा पुगेपछि बालिकालाई फकाई फुल्याई गरी जङ्गलबीच भित्रको बाटोबाट जाँदा छोटो पर्छ यताबाट जाउँ भने पछि बालिका समेत पछि लागिन् ।’

केही पर पुगेपछि गिरीले बालिकालाई शारीरिक सम्पर्कको लागि प्रस्ताव गर्दा अस्वीकार गरेपनि बालिकालाई जबर्जस्ती करणी गरेको पाइएको प्रहरीको भनाइ छ । ‘जबर्जस्ती करणीपछि सो कुरा बुबालाई भन्दिन्छु भन्दै बालिका भाग्न खोजेकी थिइन्,’ उनले भने, ‘पोल खोल्न सक्ने डरले नीज बालिकालाई जमिनमा लडाई घाँटी थिच्दै मुख थुनेर हत्या गरेर सोही स्थान नजिकै रहेको खोल्सीमा शवलाई घोप्टो पारी ढुंगाले छोपेको पाइयो ।’

गिरीले शव छोपेपछि बालिकाको सबै लुगा कपडा र जुत्तासमेत आफैले बोकेर ल्याई आफ्नै घर पछाडि रहेको खोल्सीमा जलाएर घर फर्केको प्रहरीको भनाइ छ । गिरीलाई कर्तव्य ज्यान र जवरजस्ती करणी मुद्दामा आजै मोरङ अदालतमा म्याद थप गरिसकिएको छ । उनलाई मुलुकी अपराधसंहिता ऐन २०७४ को परिच्छेद ५ को दफा ४१ बमोजिम जन्म कैद हुनसक्ने जिसीले बताए । गत बुधबार स्कुलबाट फर्कने क्रममा गिरीले बालिकालाई बाटैबाट बेपत्ता पारेका थिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अदालतको बीमापोष्ट हटाउने आदेशप्रति पत्रकार संघको आपत्ति

काठमाडौं,४ जेठ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले जिल्ला अदालत काठमाडौंले अनलाइन सञ्चार माध्यम बीमापोष्ट डटकमविरुद्ध जारी गरेको अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ

चीनमा भूकम्प, नागरिकलाई सुरक्षित स्थानमा सारियो

चीनको दक्षिणी ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रस्थित लिउझोउ सहरमा सोमबार बिहान ५।२ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय प्रशासनका अनुसार भुकम्पले गर्दा बिहान ४ बजेसम्म १३

सोती लोकमार्ग सडक निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं,४ जेठ । रास्वपाका सांसद केपी खनालले दक्षिणमा भारत र उत्तरमा चीनको नाग्लाकोट नाकासम्म जोड्ने सोती लोकमार्ग सडक निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्

पत्रकारको हरिबिजोग देखेर मन खिन्न हुन्छ : सांसद सुनार

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले रिपोर्टिङमा खटिएका संसदीय पत्रकारहरुले भोग्नुपरेको कठिनाइबारे सरकारको ध्यानाकर्षण गराउनु भयो । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै

वायु प्रदूषणका कारण झापामा क्यान्सर पीडित बढी रहेका छन् : इन्दिरा राना मगर

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले औद्योगिक क्षेत्र र वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु

’बाँदर मार्नुपर्छ’ भन्ने अभिव्यक्तिप्रति सांसद तामाङको आपत्ति

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले संसदमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा