मतदाता नामावली संकलनमा एक लाख भन्दा धेरै नयाँ मतदाता थपियो

यो महिनाभरी मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने

काठमाण्डौ,२० कार्तिक। आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावली संकलन तथा अद्यावधिकको काम उत्साहजनक रुपमा भइरहेको स्रोतले जनाएको छ । यसबीचमा दशैँ, तिहार र छठका कारण उत्साह कम देखिएको भए पनि केही दिनयता नामावली संकलनमा उत्साह बढ्न थालेको निर्वाचन आयोगले बताएको छ ।

 

आयोगका ७ वटै प्रदेश र सबै जिल्ला निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली सङ्कलन तथा अद्यावधिक काम भइरहेको छ । आयोगले गएको असोज ९ गतेदेखि नामावली सङ्कलन थालेकोमा अहिलेसम्म एक लाख भन्दा धेरै नयाँ मतदाता थपिएको छ ।

आयोगका अनुसार यो महिनाभरी मतदाता नामावलीमा नाम दर्ता गर्न सकिन्छ भने १६ वर्ष उमेर पुगेर नागरिकता बनाएकाहरुले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने नियम छ । तर फागुन २१ गतेको चुनावमा भोट दिनको लागि भने फागुन २० गतेसम्म १८ वर्ष पूरा भएको हुनुपर्ने आयोगले बताएको छ ।

नाम दर्ता गर्न सम्बन्धित निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्ता स्थलमा नेपाली नागरिकताको प्रमाणपत्रका साथ सम्बन्धित व्यक्ति उपस्थित भई जैविक विवरण अर्थात बायोम्याट्रिक दिनु पर्ने छ । यसरी विवरण दिने समय लिनका लागि अनलाइन माध्यमबाट प्रि–रजिष्ट्रेसन अर्थात पूर्वदर्ता पनि गराउन सकिने व्यवस्था छ ।

नागरिकले नागरिकताको प्रमाणपत्रमा रहेकोभन्दा भिन्नै ठेगानामा स्थायी बसोबास गरेको भए नागरिकता प्रमाणपत्रसँगै बसाइँसराइका प्रमाणपत्र वा विवाह गरी हालको स्थायी ठेगानामा आएको हकमा विवाह दर्ता प्रमाणपत्र पेस गर्नु पर्ने नियम आयोगले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय

सकारात्मक परिवर्तनका लागि एकता आवश्यक

ललितपुर ,१४ कार्तीक। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।शनिबार नेपाल उद्योग वाणिज्य

पत्रकार पक्राउको विरोधमा जनकपुरमा मौन प्रदर्शन

जनकपुर,१४ कार्तीक । शुक्रबार (हिजो) काठमाडौंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।