मतदाता नामावली संकलनमा एक लाख भन्दा धेरै नयाँ मतदाता थपियो

यो महिनाभरी मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने

काठमाण्डौ,२० कार्तिक। आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावली संकलन तथा अद्यावधिकको काम उत्साहजनक रुपमा भइरहेको स्रोतले जनाएको छ । यसबीचमा दशैँ, तिहार र छठका कारण उत्साह कम देखिएको भए पनि केही दिनयता नामावली संकलनमा उत्साह बढ्न थालेको निर्वाचन आयोगले बताएको छ ।

 

आयोगका ७ वटै प्रदेश र सबै जिल्ला निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली सङ्कलन तथा अद्यावधिक काम भइरहेको छ । आयोगले गएको असोज ९ गतेदेखि नामावली सङ्कलन थालेकोमा अहिलेसम्म एक लाख भन्दा धेरै नयाँ मतदाता थपिएको छ ।

आयोगका अनुसार यो महिनाभरी मतदाता नामावलीमा नाम दर्ता गर्न सकिन्छ भने १६ वर्ष उमेर पुगेर नागरिकता बनाएकाहरुले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने नियम छ । तर फागुन २१ गतेको चुनावमा भोट दिनको लागि भने फागुन २० गतेसम्म १८ वर्ष पूरा भएको हुनुपर्ने आयोगले बताएको छ ।

नाम दर्ता गर्न सम्बन्धित निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्ता स्थलमा नेपाली नागरिकताको प्रमाणपत्रका साथ सम्बन्धित व्यक्ति उपस्थित भई जैविक विवरण अर्थात बायोम्याट्रिक दिनु पर्ने छ । यसरी विवरण दिने समय लिनका लागि अनलाइन माध्यमबाट प्रि–रजिष्ट्रेसन अर्थात पूर्वदर्ता पनि गराउन सकिने व्यवस्था छ ।

नागरिकले नागरिकताको प्रमाणपत्रमा रहेकोभन्दा भिन्नै ठेगानामा स्थायी बसोबास गरेको भए नागरिकता प्रमाणपत्रसँगै बसाइँसराइका प्रमाणपत्र वा विवाह गरी हालको स्थायी ठेगानामा आएको हकमा विवाह दर्ता प्रमाणपत्र पेस गर्नु पर्ने नियम आयोगले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारतमा व्यावसायिक ग्यासको मूल्य घट्यो, नेपालमा भने असर नपर्ने

काठमाडौं,१६ साउन । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक

सबै पालिकामा विपद् व्यवस्थापन टोली बनाउने कांग्रेसको लक्ष्य

काठमाडौं,१६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद् व्यवस्थापनमा केवल भावना र इच्छाशक्ति पर्याप्त नहुने भन्दै त्यसका लागि आवश्यक सीप र ज्ञान पनि अनिवार्य

सरकारसँग ८ बुँदे सहमतिपछि गणेश यादवको आज अन्त्येष्टि गरिने

सिरहा,१६ साउन । सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको अन्त्येष्टि आज गरिने भएको छ। सुनसरीको घटनालाई लिएर गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर

जनकपुरधाममा सद्भाव र्यालीमै हिन्दू सम्राट सेनाको नाराबाजी

जनकपुर,१६ साउन । जनकपुरधाममा शनिबार विहान निकालिएको सद्भाव र्यालीको बीचमा हिन्दू सम्राट सेनाले विरोध प्रदर्शन गरेको छ । हिजो (शुक्रबार) बसेको सर्वपक्षीय बेठकमा भएको निर्णय

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन