झापा महिला गोल्डकपमा आज आर्मी र पोखरा खेल्दै

दुवै टोलीले सेमिफाइनल प्रवेशका लागि उच्च मनोबलका साथ मैदानमा उत्रिने तयारी गरेका छन् ।
बिर्तामोड, कात्तिक २० । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपअन्तर्गत आज अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मीले आरएस पोखरा एफसीविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । दुवै टोलीले सेमिफाइनल प्रवेशका लागि उच्च मनोबलका साथ मैदानमा उत्रिने तयारी गरेका छन् । पोखरा महिला लिग छनोट प्रतियोगिताबाट महिला लिगमा छनोट भएको टोली हो ।
यस खेलको विजेता टोलीले सेमिफाइनलमा बलियो टिम विभागीयको एपिएफसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि एपिएफले भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लब लाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

अर्कोतर्फ फाइनल प्रवेशका लागि संकटा फुटबल क्लबले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । संकटाले झापा एफसीलाई र पुलिसले चर्च ब्वाइजलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ । विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् । हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिनेछ ।

दर्शकका लागि क्वार्टर फाइनलसम्म टिकट दर सामान्यतर्फ १०० र २०० रुपैयाँ र भिआइपीतर्फ १ हजार रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस पथरी शनिश्चरेमा भट्टराईको उम्मेदवारी घोषणा

पथरी, ४ असोज / नेपाली कांग्रेसको पथरी शनिश्चरे नगर अधिवेशनमा निवर्तमान नगर सचिव दुर्गाप्रसाद भट्टराईले नगर सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १५ औं

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न